चलचित्र पत्रकार संघ चितवनको अध्यक्षमा पुनः अर्याल”

सागर रावल

भरतपुर,४ चैत्र।  चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा गोविन्द अर्याल पुनः चयन भएका छन् । संघको आज (बुधबार) सम्पन्न अधिवेशनबाट अर्यालको नेतृत्वमा १३ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

संघको उपाध्यक्षमा बन्दना देवकोटा, सचिवमा सुशिल पन्त, सहसचिवमा आयुष न्यौपाने र कोषाध्यक्षमा युवराज क्षेत्री चयन भए । त्यस्तै, सदस्यहरुमा कुल प्रसाद काफ्ले, प्रेम प्रसाद सापकोटा, बबिलाल तामाङ, सन्तोष बस्ताकोटी, आरजु देवकोटा, आशिष अधिकारी, गीता शर्मा र अस्मिता पराजुली (मनोनित) चयन भएका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा रामेश्वर रिजाल र प्रेम प्रसाद सापकोटा चयन भएको अध्यक्ष अर्यालले जानकारी दिए । चलचित्र पत्रकार संघको राष्ट्रिय महाधिवेशन आगामी वैशाख ५ गते काठमाडौँमा हुँदै छ ।

अधिवेशन अघि भएको साधारण सभामा बोल्दै चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीले चितवनलाई फिल्म नगरी बनाउन प्रशस्त सम्भावना रहेको बताए । चितवनको पर्यटकिय स्थलको प्रचारप्रसारमा सघाउन चलचित्र पत्रकारहरुलाई आग्रह गर्दै उनले नेपाली चलचित्रको प्रवद्र्धन गर्न संघको उल्लेखनीय योगदान रहेको बताए ।

पछिल्लो समय मिडियालाई सामाजिक सञ्जालले डो¥याउनु चुनौतीको विषय बनेको उनले बताए । त्यस्तै, सम्पूर्ण पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा पत्रकार कल्याणकारी कोषको नाममा आर्थिक अनियमितता भइरहेको उनले आरोप लगाए । कल्याणकारी कोषका लागि संकलन गरिएको रकम महासंघका पदाधिकारीले तलब भत्तामा खर्चिएको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नारायण अधिकारी, पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष दिपेन्द्र अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टर चितवनका अध्यक्ष राजेन्द्र आचार्य, चलचित्र पत्रकार संघ चितवनका पूर्व अध्यक्ष रविचन्द्र अधिकारी लगायत सहभागी थिए ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID