गढवामा LGPASS अभिमुखीकरण सम्पन्न, कार्यसम्पादन सुधारमा जोड

आलोक भावुक

दाङ, ३ चैत । गढवा गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (LGPASS) सम्बन्धी तीन दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको समन्वय तथा सहजीकरणमा आयोजित कार्यक्रमले आगामी वर्षको कार्यसम्पादन सुधार गर्ने लक्ष्य लिएको छ।
कार्यक्रमको पहिलो दिन राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले LGPASS सम्बन्धी प्रशिक्षण दिनु भएको थियो। दोस्रो दिन गढवा गाउँपालिकाका योजना शाखा प्रमुख रेशमलाल शर्माले सामाजिक विकास क्षेत्रका विषयमा सहजीकरण गरे भने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले आर्थिक तथा पूर्वाधार विकास क्षेत्रबारे जानकारी गराउनु भएको थियो । वरिष्ठ लेखा अधिकृत शिवलाल ओलीले आर्थिक विकास क्षेत्रका विषयमा सहजीकरण गर्नु भएको थियो भने वन, वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी विषयमा पनि प्रशिक्षण प्रदान गरिएको थियो।
तेस्रो दिन राजपुर गाउँपालिकाका सूचना तथा प्रविधि शाखा प्रमुख शरद रेग्मीले LGPASS प्रणालीको प्रयोगात्मक अभ्यास गराउनु भएको थियो ।
समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले कार्यसम्पादन मूल्याङ्कन सुधार गर्न सबै शाखा र कर्मचारीले सूक्ष्म रूपमा काम गर्नुपर्ने बताउनुभयो । “कार्यसम्पादन मूल्याङ्कन अनुशासनजस्तै हो, यसमा लापरबाही स्वीकार्य हुँदैन,” उहाँले भन्नु भयो। उहाले राम्रो नतिजाका लागि टिमवर्क आवश्यक रहेको उल्लेख गर्दै सबैलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनु भयो।
उपाध्यक्ष शारदाकुमारी चौधरीले नतिजा कमजोर आए जनप्रतिनिधि र कर्मचारीमाथि प्रश्न उठ्ने बताउँदै कार्यसम्पादन सुधारलाई प्रतिष्ठाको विषयका रूपमा लिनुपर्नेमा जोड दिनु भयो । जिम्मेवारीबाट पन्छिने प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गरिने बताउनुभयो।
गाउँपालिका अध्यक्ष पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, शाखा प्रमुख, वडा सचिव तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, वडा नं. ६ का अध्यक्ष वीरबहादुर आले मगर र वडा नं. ३ का सदस्य आशाराम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख रेशमलाल शर्माले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID