शीतलहरबाट जनजीवन प्रभावित लमही गढवाको चोक–चोकमा दाउरा बाल्न थालियो 

शिशु खनाल

देउखुरी, १५  पुस । देउखुरी सहित तराईमा चिसो बढेसँगै यहाको जनजीवन प्रभावित भएको छ । तराईमा केहीदिन देखि शुरु भएको शीतलहरले देउखुरी लगायत तराई जिल्लामा जनजीवन प्रभावित बनेको छ ।

शीतलहरसँगै चिसो हावा चलेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् । शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेको स्थानीय बताउँछन् । चिसो बढेसँगै देउखुरी र यस आसपासका स्थानमा चोक, बाटोमा स्थानीयहरु घर, लमही बजार र आसपासका विभिन्न चोकहरुमा (काठको मुढा बालेर आगो) ताप्न थालेका छन् । अत्यधिक जाडो बढेपछि स्थानीयहरूले चोकचोकमा मुढा बालेर शरीर न्यानो बनाउने प्रयास गरिरहेका छन् । विशेषगरी बजारका पसले, व्यापारी तथा दैनिक मजदुरी गर्ने वर्गलाई चिसोले बढी सताएको छ ।

लामो समयदेखि घामको मुख देख्न नपाएपछि उनीहरू कामसँगै आगोको सहारा लिन बाध्य छन् । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले आगो ताप्न ठाउँठाउँमा मुडा राखिदिएको छ । अत्यधिक शीतलहर बढेपछि लमहीका विभिन्न स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले चोकचोकमा आगो बाल्न दाउरा वितरण गरेका छन् । नेपाली सेना ज्वाला दल गण अर्जुनखोलाका प्रमुख दिपक बुढाथोकीको कमान्डमा चिसो प्रभावित स्थानीय तथा यात्रुलाई दाउरा वितरण गरि आगो बालिएको हो ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय गढवाक प्रहरी निरीक्षक डबल बहादुर बमको पहलमा गढवा बजारको चोकहरुमा आगो बाल्न सुरु गरिएको छ।

चोकमा बालिएको आगोबाट बजार क्षेत्र र सर्व साधारणहरु राहत महसुस गरेका छन् । संकटको यस घडीमा अन्य निकायको उपस्थिति न्यून रहेको अवस्थामा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले दाउराको व्यवस्था गरी सहयोग गरेको स्थानीयले बताएका छन् । चिसोको प्रभाव बढ्दै जान थालेपछि लमहीमा  सामुदायिक वनले सोमबार विहानै देखि लमही बजारका विभिन्न चोकमा दाउरा बाल्न व्यवस्था सुरु गरेको हो । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले लमही बजार क्षेत्रको मुख्य चोक, लमही बसपार्क, धमिला बोटा, गोल घर, साहामार्ग, वि.सि.यो. रोड, कान्छी रोड, लमही गल्ली र हाइवे सडक छेवैमा दाउरा बाल्न थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–। बढ्दो चिसोबाट स्थानिय र यात्रुवर्ग लाई जोगाउन तत्काल राहतको कार्यक्रम सुरु गरिएको हो । लमही नगरपालिका, ५ नं.को वडा कार्यालय, नेपाली सेना ज्याला दल गण, वडा प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ हेक्वा गण अर्जुन खोलाको समन्यमा लमही क्षेत्रमा दाउरा बालिएको हो । बजार क्षेत्रका आवश्यक स्थानमा दाउरा वितरण गरिरहेका छौँ ।’

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID