गढवामा अति विपन्नका लागि साझेदारीमा घर निर्माण, हस्तान्तरण तथा गृह प्रवेश

आलोक भावुक

गढवा, १४ पुष । भत्किएको घर हटाएर नयाँ घर निर्माणका खातिर गढवा गाउँपालिकाले अन्य सहयोगी संस्थाहरु संग साझेदारी गरेर अति बिपन्न असहाय र निमुखाहरुको घर निर्माण कार्य अन्तर्गत गत बर्ष ४ वटा हस्रतान्तरण भैसकेको र यस वर्ष बाट ३ मध्ये २ वटा घर निर्माण गरी परिवारलाई हस्तान्तरण तथ गृह प्रवेश कार्यक्रम गरी सम्पन्न भएको छ।

महिलामुखी आवासीय सशक्तिकरण परियोजनाअन्तर्गत गढवा गाउँपालिका–४ र ५ का दुई परिवारलाई भूकम्प प्रतिरोधात्मक घरको हस्तान्तरण तथा गृहप्रवेश कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले “यो केवल घर निर्माण मात्र होइन, विपन्न र असहाय परिवारको आशा, आत्मविश्वास र सम्मानको पुनर्निर्माण भएको बताउनुभयो। आर्थिक अवस्था कमजोर भएका, एकल महिला, अति विपन्न, असहाय तथा अशक्तहरूको पहिचान गरी वडाको सिफारिसमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो,” उहाँले भन्नु भयो। उहांका अनुसार करिब सात लाखको लागतमा भूकम्प प्रतिरोधात्मक दुई कोठे घर र एक शौचालय निर्माण गरिएको हो।

अब चिसोले छोप्दैन, छाना टुट्ला भनेर डर लाग्दैन”- प्रमिला चौधरी

गढवा–४ कटियानगाउँ निवासी प्रमिला चौधरीका आँखा घरको चुकुल समाउँदै आँसु झर्ने गरी झल्झलाएका थिए।

“हामी जस्ता मान्छेलाई कहिल्यै घर बनाउँला भनेर लाग्दैनथ्यो। पानी परे ढल्थ्यो, हावा चल्यो भने टुट्ला कि जस्तो हुन्थ्यो। अहिले भने मेरो छोराछोरीलाई चिसोले छोप्दैन, छाना टुट्ला भनेर डर लाग्दैन। सहयोग गर्नुहुने गढवा गाउँपालिका लगायत सबैलाई धेरै धेरै धन्यवाद…,” भावुक हुँदै भन्नु भयो ।

“मरेपछि मात्रै पक्का घर देखौंला भनेर सोचेको थिएँ” जिबि बि.क.

त्यसैगरी कक्रहवा निवासी जिवि बिक लामो सास फिँदैं भन्नुभयो “अहिलेको घर बनाएको हेर्दा लाग्छ कि मरेपछि मात्रै पक्का घर देखौंला भनेजस्तो जिन्दगीमा बाचेको बेला नै देख्न पाइयों। काम गर्न नसक्ने, रोगले थला पार्ने, दिनभरि चिन्तामा बित्थ्यो। अब यो घरले फेरि बाँच्ने हिम्मत दिएको छ।” उहांका अनुसार साझेदारीमा भएको सहयोगले उहांहरूको जीवनमा “डिजल बलेझैं उज्यालो” फर्किएको छ।

गढवा गाउँपालिकाको कार्यालय, ग्रामीण महिला उत्थान केन्द्र दाङ र NIVAS संस्थाको साझेदारीमा सञ्चालित “महिला परिवारलाई सुरक्षित आवासमार्फत सुदृढीकरण तथा भूमिमा महिलाको स्वामित्व सचेतना/पेरवी परियोजना” (SWFHA) अन्तर्गत उक्त घरहरू निर्माण भएका हुन्।

आज पुष १४ गते गढवा गाउँपालिका वडा नम्बर ४ की प्रमिला चौधरी र गढवा गाउँपालिका वडा नम्बर ५ की जिवि बिकका घरहरू औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो।

कार्यक्रममा संस्थाका अध्यक्ष आस्मानी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा ४ नम्बर वडा अध्यक्ष हरिभगत चौधरी र ५ नम्बर वडा अध्यक्ष लेखबहादुर थापाको विशिष्ट अतिथ्यमा सम्पन्न भएको हो।

गढवा गाउँपालिकाको कार्यालय, निवास संस्था र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको संयुक्त साझेदारीमा गढवा गाउँपालिका वडा नम्बर ४ कटियानगांउ निवासी प्रमिला चौधरी र गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवा निवासी जिवि बिकको घर हस्तान्तरण गरिएको छ।

कार्यक्रममा बोल्दै त्यस्तै वडा नं.४ का अध्यक्ष हरिभगत चौधरी र वडा नं.५ का अध्यक्ष लेखबहादुर थापाले विपन्न परिवारका लागि गरिएको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनु भयो।

कार्यक्रममा बोल्दै ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङकी अध्यक्ष आसपानी चौधरी कार्यक्रमपछि प्रमिला र जिवि दुबैका मुहारमा समान भाव देखेर “अब चुलोबाट उठ्ने धुवाँ मात्र हैन, भित्र आशा पनि निस्किन्छ।”भन्नु भयो। यो महिला सशक्तिकरण र महिला सुरक्षाको बिकाश भैरहेको बताउनुभयो। यस्ता  कार्यक्रमहरु स्थानीय सरकार संग समन्वय गरेर गर्न पाउदा आफु लाई आत्मसन्तुष्टि मिल्ने बताउनुभयो।

परियोजनाले महिलाको स्वामित्व, आवासीय सुरक्षा र भूमिको पहुँच सुदृढ गर्दै आएको छ। साझेदारीमा निर्माण भएको घर निर्माण कम्पनी ईङ्क्लुसिप डिजाइनर एण्ड बिल्डर्सले निर्माण गरेको हो।

कार्यक्रम संस्थाका अध्यक्ष आसमानी चौधरीको सभाध्यक्षता, तथा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य, ४ नम्बर वडाध्यक्ष हरिभगत चौधरी र ५ नम्बर वडाध्यक्ष लेखबहादुर थापाको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो।

 

घरको शिलान्यास कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, ४ नम्वर वडाध्यक्ष हरिभगत चौधरी,५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङकी अध्यक्ष आसमानी चौधरी, गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, ग्रामीण महिला उत्थान केन्द्रकी कायक्रम संयोजक पार्वती बस्नेत, घर निर्माण कम्पनी ईङ्क्लुसिप डिजाइनर एण्ड बिल्डर्सका शंकरदेव चौधरी, पत्रकार, सामुदायिक सहजकर्ता आशा श्रेष्ठ, कल्पना चौधरी, बाबुराम यादव,विभिन्न महिला उद्यमी समूहका सदस्यहरु लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण ग्रामीण महिला उत्थान केन्द्रकी कायक्रम संयोजक पार्वती बस्नेतले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID