
गढवा,१३ पुष । शिक्षक सेवा आयोगद्वारा २०८२ सालमा सञ्चालन गरिएको निम्न माध्यामिक तहको परीक्षामा न्यु भिक्टोरिया ट्युसन सेन्टरले देउखुरी क्षेत्रमा उत्कृष्ट नतिजा हांसिल गरेको छ। संस्थाबाट सहभागिता जनाएका ४७ मध्ये ३६ जना विद्यार्थी उत्तीर्ण हुँदा केन्द्रले ७७ प्रतिशत नतिजा प्राप्त गरेको ट्युसन सेन्टरका सञ्चालक सत्यपाल यादवले जानकारी दिनुभयो।
शिक्षा क्षेत्रमा निरन्तर उत्कृष्टता कायम राख्दै आएको सो संस्थाले यो उपलब्धिलाई आफ्नो प्रतिबद्धता, मेहनत र गुणस्तरीय शिक्षणको प्रमाणका रूपमा लिएको छ। सफलतापूर्वक नतिजा ल्याएका विद्यार्थीहरूलाई सम्मान तथा बधाई कार्यक्रमको आयोजना गर्दै संस्थाले विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकाप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।
कार्यक्रमका क्रममा वक्ताहरूले न्यु भिक्टोरिया ट्युसन सेन्टरले शिक्षाको क्षेत्रमा देखाउँदै आएको भूमिका र निरन्तर उत्कृष्टताका कारण यस क्षेत्रमा शैक्षिक स्तर उकासिन मद्दत पुगेको बताएका थिए। उनीहरूले भविष्यमा पनि विद्यार्थीहरूलाई योग्य र प्रतिस्पर्धी बनाउन संस्थाले अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।
विद्यार्थी, अभिभावक र शैक्षिक सरोकारवालाहरूको निरन्तर साथ र विश्वासका कारण संस्थाले पुनः आफू अब्बल रहेको प्रमाणित गर्न सफल भएको न्यु भिक्टोरिया ट्युसन सेन्टरका सञ्चालक सत्यपाल यादवले बताउनुभयो।





