राजपुरमा खानेपानी समितिको कडा नीति : बैठकमा अनुपस्थित सदस्यलाई ५ सय जरिवाना

आलोक भावुक

राजपुर, २५ कार्तिक। राजपुर गाउँपालिका–६ स्थित गंगदी तथा नयाँ बस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो बैठकमा अनुपस्थित हुने सदस्यलाई ५०० रुपैयाँ जरिवाना गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ।

समितिका अध्यक्ष पूर्णबहादुर चौधरीका अनुसार बैठकमा हाजिर नहुने सदस्यहरूको घरमै पुगेर जरिवाना असुल गर्ने गरिएको छ।

उहाँले बताउनुभयो, “बैठकमा सहभागी हुन सबैलाई बारम्बार अनुरोध गरिँछ, तर उपस्थित नहुनेहरूलाई जिम्मेवारीबोध गराउनका लागि यो कदम चालिएको हो।”

उहाँका अनुसार जरिवानाबाट संकलित रकम विद्युत प्राधिकरणमा बत्तीको बिल तिर्ने प्रयोजनका लागि खर्च गरिँदै आएको छ।

समितिले यस कदमले सदस्यहरूमा जिम्मेवारी र सहभागिताको भावना बढ्ने विश्वास व्यक्त गरेको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID