
गढवा,१४कार्तिक । गढवा गाउँपालिका ६, बालखुट्टी चौरस्थित देवी मन्दिर परिसर कार्तिक १५ गतेदेखि कात्तिक २२ गते सम्म संचालन भएको श्रीमद्भागवत धनधाञ्याचल ज्ञान महायज्ञ एवम् श्रृंगारिक महाआरती सम्पन्न भएको छ।
श्रीमद्भागवत धनधाञ्याचल ज्ञानमा कुल करिब ११ लाख ५३ हजार ३ सय ४९ रुपैयाँ नगद र जिन्सी गरी संकलन भएको आर्थिक समितिका संयोजक बिन्ती राम यादवले जानकारी दिनुभयो।
जसमा नगद र उठाउन बाकी गरी ८ लाख ४५ हजार ८ सय ४९ नगद र करिब ३ लाख ७ हजार ५ सय बराबरको धान संकलन भएको छ भने करिब ८ लाख रुपैयाँ खर्च भएको संयोजक यादवले जानकारी दिनुभयो।
राधाकृष्ण मन्दिर स्थापना, धार्मिक पार्क निर्माण र धर्मशाला निर्माण कार्य अघि बढान मन्दिर व्यवस्थापन समितिले श्रीमद्भागवत धनधाञ्याचल सप्ताह सञ्चालन गरेको थियो।
महायज्ञमा प्रसिद्ध कथा वाचक कोमल उपाध्यायले श्रीमद्भागवत कथा वाचन गर्नु भएको थियो । दैनिक रुपमा हुने श्रृंगारिक महाआरतीमा स्थानीय भक्तजन तथा बाहिरी क्षेत्रबाट आएका श्रद्धालुहरूको बाक्लो सहभागिता रहे पनि अपेक्षा गरिए अनुसार दान संकलन हुंन नसकेको मन्दिर व्यवस्थापन मुल समितिका अध्यक्ष राजेश यादवले जानकारी दिनुभयो।

महायज्ञकै अवसरमा राधाकृष्ण मन्दिरको औपचारिक सिलान्यास समेत गरिएको छ। हाम्रो उद्देश्य अनुसार दान संकलन नभए पनि हाम्रो उद्देश्य राधाकृष्ण भव्य मन्दिर निर्माण गर्नु थियो र हामी त्यस तर्फ अगाडी बढ्यो राधा कृष्ण मन्दिरको निर्माण गरेर मात्र रोकिन्ने अध्यक्ष यादवले भन्नु भयो ।




