गढवा गाउँपालिकामा प्राविधिक तथा व्यावसायिक शिक्षा समन्वय समिति गठनसम्बन्धी छलफल

आलोक भावुक

गढवा,२३ असार । स्थानीय तहमा प्रविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) समन्वय समिति गठन तथा परिचालनसम्बन्धी जानकारीमूलक कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको आयोजनामा तथा गढवा गाउँपालिकाको समन्वय र सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष पोख्रेलले मन्तव्य दिंदै भने, “गाउँपालिकाका युवाहरूमा सीप विकास गरी रोजगारी सृजना गर्नु आजको प्रमुख आवश्यकता हो। प्राविधिक तथा व्यावसायिक शिक्षा समन्वय कार्यक्रमले सीपमूलक शिक्षालाई व्यवहारिक बनाउन सहयोग पुर्‍याउनेछ।” उहाँले थप गर्नुभयो, “स्थानीय तहमै समन्वय समिति गठन भएसँगै योजना निर्माण, तालिम संचालन र रोजगारीसँग जोड्ने कार्य प्रभावकारी रूपमा अघि बढ्नेछ।”

अध्यक्ष पोख्रेलले रोजगार प्रवर्द्धनलाई प्राथमिकता दिँदै स्थानीय स्रोत, सीप र बजारको मागअनुसार तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। “हामी युवालाई विदेश पठाउनेभन्दा पनि यहीँ रोजगारी सिर्जना गर्न चाहन्छौं। यसको लागि निजी क्षेत्र, तालिम प्रदायक संस्था र सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय अपरिहार्य छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका उप-सचिव‌ राम हरि रिजालले प्राविधिक तथा व्यावसायिक शिक्षा समन्वय समितिको गठन प्रक्रिया, कार्यक्षेत्र, जिम्मेवारी तथा रोजगारी सृजनामा यसले पुर्‍याउने योगदानबारे विस्तृत जानकारी गराउनु भएको थियो।

लुम्बिनी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयको आयोजनामा तथा गढवा गाउँपालिकाको समन्वय र सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा समन्वय समिति गठनको उद्देश्य, कार्यक्षेत्र र प्रभावकारी कार्यान्वयनका उपायहरूबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो।

कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि, गाउँपालिका पदाधिकारी, शैक्षिक संस्था, तालिम प्रदायक संस्था, निजी क्षेत्र र सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमले गढवा गाउँपालिकामा सीप विकास, उद्यमशिलता र रोजगारी प्रवर्द्धनमा नयाँ दिशा दिने वि

श्वास लिइएको छ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID