गढवा बजारमा खाद्य डिभिजन कार्यालयद्वारा छड्के अनुगमन

गढवा, ६ असार। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर दाङले गढवा गाउँपालिकाको गढवा बजारमा छड्के अनुगमन गरेको छ।

अनुगमन टोलीले बजारका होटल तथा किराना पसलहरूमा म्याद सकिएका सामान, लेबलविहीन तेल, सरसफाइ अवस्था, तथा व्यवसाय दर्ता र नवीकरण अवस्थाबारे चेकजाँच गरेको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङका प्रमुख पदम बरालका अनुसार अनुगमनको उद्देश्य बजारमा उपभोक्ता स्वास्थ्य सुरक्षाको अवस्था अवलोकन गर्नु रहेको थियो।

छड्के अनुगमनमा कार्यालयका सूचना अधिकारी सुदर्शन गोसाईं, गढवा गाउँपालिका–६ का वडा सदस्य दिनामणि आचार्य, गढवा गाउँपालिकाको संघसंस्था शाखाबाट सुरेश पौडेल, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बस्याल, इलाका प्रहरी कार्यालय गढवा, नगर प्रहरी तथा स्थानीय पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।

टोलीले १४ वटा होटल तथा किराना पसलमा निरीक्षण गरेको थियो। निरीक्षणको क्रममा व्यवसायीहरूलाई आवश्यक सुधारका लागि सुझाव दिइएको तथा अवधि सकिएका वस्तु तत्काल हटाउन निर्देशन दिइएको जनाइएको छ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *