सिपि नेपालको सहयोगमा जनता मावि गढवामा चार कोठे पक्की शौचालयको शिलन्यास

गढवा, २५ माघ । क्रियटिङ पोसिबिलिटिज नेपालको आर्थिक सहयोगमा जनता माध्यमिक विद्यालय गढवामा चार कोठे अपाङ्गमैत्री, किशोरीमैत्री पक्की शौचालयको बुधबार शिलन्यास गरिएको छ।

वुधवार गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव र सिपि नेपालकी विद्यार्थी संयोजक दिपा चौधरीले संयुक्तरुपमा शौचालयको शिलन्यास गर्नु भएको हो ।

३७ लाख ७ हजार ३ सय ९९ रुपैयाँको लागतमा चार कोठो पक्की शौचालयको शिलन्यास गरिएको क्रियटिङ पोसिबिलिटिज नेपालका बिध्यार्थी संयोजक हेमराज शर्माले जानकारी दिनु भयो

शिलन्यास कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले सिपि नेपालले गर्ने हरेक गतिविधि फाइदामुखी नभई सेवामुखी भएको बताउनुभयो। सिपिले गरिने हरेक क्रियाकलाप जनताको पक्षमा भएको भन्दै आगामी दिनमा पनि सहकार्य र समन्वयको लागि अनुरोध गर्नु भयो ।

शौचालयको शिलन्यास गर्दै जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसुरत यादवले क्रियटिङ पोसिबिलिटिज नेपालले बिपद लगायतको अन्य विभिन्न क्षेत्रमा गरिने सहयोग र सरहनिय रहेको बताउदै प्रशंसा गर्नु भयो।

शिलन्यास कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी ,शिक्षा शाखा प्रमुख श्याम विक, जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव, विध्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज पोख्रेल, गढवा गाउँपालिकाका सव-इन्जिनियर चन्द्रप्रकाश वलि, सिपि नेपालका विद्यार्थी संयोजक दिपा चौधरी ,श्याम चौधरी र हेमराज शर्मा लगायत विद्यालय ब्यवस्थापन समिती तथा शिक्षक अभिभावक संघ पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *