श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम गढवामा सम्पन्न 

गढवा, २५ माघ ।श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम मंगलवार गढवा – ५ बाँकीमा सम्पन्न भएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगार सेवा केन्द्र गढवाद्वारा श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ५ बाट सञ्चालन गरिएको छ ।

गढवा गाउँपालिका वडा नम्बर – ५का वडाध्यक्ष लेखराज थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले नेपालको श्रम संस्कृतिका आफ्नै मौलिक विशेषताहरु रहेको बताउदै श्रम र श्रमिकको सम्मान गर्ने संस्कार हाम्रो श्रम संस्कृतिमा अपेक्षित रुपमा स्थापित हुननसकेको बताउनुभयो । परम्परागत रुपमा सदीयौँदेखि हामीले अपनाउँदै आएको र रुपान्तरित हुननसकेको विकृत श्रम संस्कृतिले मुलुकलाई समेत वर्षौँदेखि पछाडि धकेलिरहेको बताउनुभयो । यो स्थितिमा सुधार गर्दै काम गर्ने संस्कृति तथा श्रमको सम्मान हुने वातावरणको सृजना गर्न सरकारले नीतिगत, संस्थागत एवं कार्यक्रमगत रुपमा थुप्रै प्रयासहरु गर्दै आएको र रोजगारीको थुप्रै अवसरहरु रहेकोले सुचिकृत हुनको लागि प्रक्रियागत रूपमा अघि बढ्न उपस्थित सबैमा अनुरोध गर्नु भयो।

कार्यक्रम वडा नम्बर ५मा गठित टोल विकास संस्थाका अध्यक्ष, सचिव र केही अन्यको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका रोजगार शाखा प्रमुख अशोक कुमार यादवले गर्नु भएको थियो।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *