लुम्बिनी प्रदेशका सरकारका ७ मन्त्रीद्वारा शपथ ग्रहण

देउखुरी २९ माघ । लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिनु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष नव नियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिनु भएको हो । एमालेबाट मुख्यमन्त्री सहित ५, माओवादीबाट ३ र अन्य साना दलबाट एक र एक जना गरी १० जनाको मन्त्रीमण्डल बनाइएको छ।

दुई जना मन्त्री यस अघिनै  नियुक्त भइसक्नु भएको थियो । नेपालको संविधानको धारा १७२ बमोजिम मन्त्रीहरुको शपथ ग्रहण गराइएको छ। माओवादी संसदीय दलका नेता जोखबहादुर महराले अर्थिक मामिला मन्त्री, इन्द्रजित थारुले भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा शपथ लिनु भएको छ।

एमालेबाट विष्णु पन्थीले स्वास्थ्य मन्त्री, दुर्गाप्रसाद चौधरीले वन तथा वातावरण मन्त्री, तुलसीराम शर्माले कृषि तथा भूमि व्यवस्था मन्त्रीको रुपमा शपथ लिनु भएको छ।

जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकास मन्त्री र राप्रपाका जानकीप्रसाद यादवले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रीको रुपमा शपथ लिनु भएको छ । यसअघि नियुक्त हुनु भएका दुई जना मन्त्रीको पनि  जिम्मेवारी तोकिएको छ।

एमालेका उपनेता चेतनारायण आचार्यलाइ खानेपानी, ग्रामीण तथा शहरी विकास र माओवादी केन्द्रकी कृष्णा केसिलाइ आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रीको जिम्मेवारी तोकिएको छ।

तर, आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्रीको जिम्मेवारी तोकिएकी कृष्णा केसी शपथ ग्रहण स्थलमा उपस्थित हुनु भएन। उहाँले विना बिभागीय मन्त्रीबाट राजिनामा दिनु भएको थियो । तर, उहाँको राजिनामा थामथुम पारिएको छ।

लुम्बिनी सरकारमा विश्वासको मत दिएका नागरिक उन्मुक्ति, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री बन्ने अवसर पाएनन्। बाँकी दललाई संसदीय समितिमा समेट्ने योजना  मुख्यमन्त्री लीला गिरीको छ।

लुम्बिनीमा मुख्यमन्त्रीले शपथ लिएको ठीक एक महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । गत पुस २८ मा शपथ लिनु भएका मुख्यमन्त्री लिलाले गिरी माघ २८ मा मन्त्रिपरिषद् पूर्णता दिनु भएको छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *