यी हुन् माधव नेपालको पक्षमा देखिएका एमालेका ३४ जना सांसद

अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयलाई चुनौती दिँदै एमालेका २२ जना सांसदले शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्।

आइतबार राति प्रतिनिधिसभामा भएको मतदानमा वरिष्ठ नेता नेपालसहित २२ जनाले देउवालाई मत दिएका छन् भने नेपाल पक्षकै १० जना सांसद भने अनुपस्थित भएका छन्।

संसद भवन पुगरेर पनि मतदान गर्ने बेलामा उनीहरु योजनाबद्ध रुपमा बाहिरिएका हुन्। नेपाल पक्षकै सांसद भीम रावलले अन्तिम समयमा राजीनामा नै दिएका छन् भने झलनाथ खनाल उपचारका लागि दिल्लीमा छन्।

उनले देउवाको पक्षमा मतदान गर्न आह्वान गरेका थिए। १२१ सदस्यीय एमाले संसदीय दलमा नेपालको पक्षमा ३४ जना देखिएका छन्। ओली पक्षमा खुल्दै आएका आठ जनाले आइतबार देउवालाई मत दिए।

देउवाले संसदको १६५ मत प्राप्त गरेर विश्वासको मत पाएका छन्। १३६ मत चाहिने भए पनि देउवाले आफ्नै पार्टी कांग्रेस, माओवादी, जसपा, जनमोर्चा र नेपाल पक्षको सहयोगमा १६५ मत पाएका हुन्।

यी हुन् ओलीलाई चुनौती दिँदै देउवालाई भोट हाल्ने २२ सांसद

माधवकुमार नेपाल
मुकुन्द न्यौपाने
विरोध खतिवडा
भवानी खापुङ
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
पार्वती विशुंखे
हिरा केसी
कृष्णकुमार श्रेष्ठ किसान
गोपाल बम
प्रेमबहादुर आले
लक्ष्मी चौधरी
निरादेवी जैरू
कलिला खातुन
सविना हुसेन
कृष्णलाल महर्जन
रामकुमारी झाँक्री
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण

माधव नेपालको पक्षमा देखिएका एमालेका ३४ जना सांसद को-को हुन्?

सुरेन्द्र पाण्डे
घनश्याम भुसाल
गोकर्ण बिष्ट
योगेश भट्टराई
झपट रावल
यज्ञराज सुनुवार
सोमप्रसाद पाण्डे
दीपकप्रकाश भट्ट
नारायण खतिवडा
राजबहादुर बुढा

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *