पछिल्लो २४ घण्टामा देशभर २६० जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर २६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार २३७ पीसीआर  र २३ एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो। २४ घण्टामा ११ हजार ८९८ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा पीसीआर परीक्षण ८ हजार ६० र एन्टिजेन परीक्षण ३ हजार ८३८ भएको छ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *