नेतृ पम्फा भुषाललाई मातृ शोक

नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य पम्फा भुषाललाई मातृ शोक परेको छ । प्रतिनिधिसभा सदस्य भुषालकी आमाको ९३ वर्षको उमेरमा आज विहान ७ बजे उनको निवास ललितपुरमा निधन भएको हो ।              भुषालकी आमा इन्द्रकला भुषालको आजै विहान १० बजेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी भएको छ । नेतृ भुषाललाई परेको मातृ शोकप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दु:ख व्यक्त गरेका छन् ।    भुषालको ललितपुरस्थित निवासमा पुगेका अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्दाञ्जली व्यक्त गर्नुभएकाे थियाे।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *