नेकपा दाङका गिरफ्तार ३ नेता रिहा,चुनाव खारेजी अभियान शसक्त बन्दै

शान्तिपुर्ण कार्यक्रमबाट गिरफ्तार परेका नेपाल कम्युनिस्ट पार्टी दाङका तिन नेता रिहा हुनु भएको छ।
शान्तिपुर्ण ढंगले आसन्न मंसिर ४ गतेको संसदीय निर्वाचन खारेजी अभियान अन्तर्गत भित्तेलेखन कार्यक्रमबाट गिरफ्तार नेताहरु रिहाई हुनु भएको छ।

आज घोराहीबाट गिरफ्तार भएका अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य एवम पार्टीका जिल्ला सचिवालय सदस्य अशोका सी , पार्टीको सहायक संगठन युवा संगठन नेपालका जिल्ला सचिव एवम पार्टीका जिल्ला कमिटी सदस्य पदम सी , पार्टीका जिल्ला कमिटी सदस्य रेमन्त सी रिहा हुनु भएको छ।

करिब सात घण्टा पश्चात् रिहाइ भएका नेता-कार्यकर्तालाई पार्टीका घोराही नगर कमिटी इन्चार्ज कमरेड महान सी लगाएतका नेता र कार्यकर्ताहरुले खादा र अविर लगाई स्वागत गरेको नेकपा घोराही उपमहानगर कमिटीले जनाएको छ।

यस्तै नेकपाले गिरफ्तार परेका नेता-कार्यकर्तालाई अबिलम्ब रिहा नगरे प्रतिरोध संघर्ष अगाडि बढाउने चेतावनी समेत दिएको थियो ।


नेकपा दाङले आज गिरफ्तारीको प्रवाह नगरी जिल्लाव्यापी चुनाव खारेजी अभियानलाइ तिब्र बनाएको छ । पार्टीले जिल्लाव्यापी भित्तलेखनलाइ तिव्रता दिएको छ ।
नेकपा तुलसीपुर उपमहानगर कमिटीले उपमहानगरपालिका विभिन्न वडा , टोलमा भित्तेलेखनलाई तिब्रता दिएको नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज विकाश सीले जानकारी दिनुभयो ।

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *