जसपाले मतदानका लागि सांसदलाई ह्विप जारी नगर्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद्मा लिने विश्वासको मत लिने क्रममा मतदानका लागि जसपाले ह्विप जारी नगर्ने निर्णय गरेको छ। आइतबार बसेको  उक्त दलको पदाधिकारी बैठकले मतदानका लागि ह्विप जारी नगर्ने निर्णय गरेको हो।

जसपाको बैठक डा. बाबुराम भट्टराईकाे निजी निवास टोखामा बसेको थियो। बैठकले प्रधानमन्त्री ओलीले लिने विश्वासको मतमा पक्ष र विपक्षमा मतदानको अधिकार सांसदलाई नै दिने निर्णय गरेको छ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *