गढवा बजारमा देउखुरी पब्लिक स्कुलद्वारा सरसफाई कार्यक्रम सम्पन्न

गढवा,२३ जेठ ।विश्व वातावरण दिवस तथा विद्यालयको आफ्नै अभियान अन्तर्गत शुक्रवारलाई “किताब बिनाको दिन” का रूपमा मनाउने उद्देश्यले देउखुरी पब्लिक स्कुलले आज मिति २०८२ साल जेठ २३ गते गढवा बजार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

उक्त सरसफाई कार्यक्रम इलाका प्रहरी कार्यालय गढवाको समन्वयमा गढवा बजार क्षेत्रमा संचालन गरिएको थियो। कार्यक्रमपश्चात आयोजित समापन समारोहमा बोल्दै गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेलले विद्यार्थीहरूको शैक्षिक उन्नति मात्र नभई सामाजिक कार्यमा समेत सहभागी गराउने विद्यालयको प्रयास सराहनीय रहेको बताए। उनले “बुक बिना” अभियानले सैद्धान्तिक तथा नैतिक शिक्षामा जोड दिएको भन्दै विद्यालयको खुलेर प्रशंसा गरे।

अध्यक्ष बसेलले विद्यार्थीहरू केवल पाठ्यपुस्तकमै सीमित नहुनु पर्ने, पुस्तकबाहेकका शिक्षा तथा व्यावहारिक ज्ञानमा पनि ध्यान दिनु आवश्यक रहेको बताए।

त्यसैगरी, इलाका प्रहरी कार्यालय गढवाका सई दामोदर डाँगीले सरसफाई अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।

विद्यालयका शिक्षक कुबेर गिरीका अनुसार शुक्रवार विशेष कार्यक्रम अन्तर्गत गढवा बजार क्षेत्र, विद्यालय परिसर सरसफाई तथा वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरिएको थियो।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *