गढवा गाउँपालिकामा बालबालिकाको लगानी योजना तर्जुमा कार्यक्रम सुरु 

गढवा, २१ जेठ । गढवा गाउँपालिकामा बालबालिकाको अधिकार र हितलाई प्राथमिकता दिँदै दुई दिने ‘बालबालिकाको लगानी योजना तर्जुमा कार्यक्रम’ सम्पन्न भएको छ।

‘बालमैत्री स्थानीय शासन : बाल अधिकारको सम्मान’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको यस कार्यक्रममा स्थानीय तहबाट बालबालिकाको क्षेत्रमा हुने लगानीलाई योजनाबद्ध र प्रभावकारी बनाउने उद्देश्य राखिएको छ ।

कार्यक्रम गढवा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सुरु भएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक, बाल क्लबका प्रतिनिधि, सामाजिक संघसंस्था तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको छ ।

कार्यक्रममाबाट बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, तथा सहभागिता सुनिश्चित गर्न आगामी नीति तथा कार्यक्रमहरूमा बालमैत्री बजेटको व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका निर्बाह गर्ने अपेक्षा गरिएको छ।

साथै, बालबालिकाको आवाज योजनामा समावेश गर्ने र तिनको लागि अनुकूल वातावरण सिर्जना गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको थियो।

गढवा गाउँपालिकामा सम्पन्न ‘बालबालिकाको लगानी योजना तर्जुमा कार्यक्रम’मा बालबालिकासम्बन्धी विभिन्न विषयहरूमा समग्र छलफल गरिएको थियो। कार्यक्रममा बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, पोषण, बालश्रम तथा बालविवाहको न्यूनिकरण, बालमैत्री वातावरणको निर्माण, बालबालिकाको सशक्त सहभागिता, सिर्जनात्मक गतिविधि, खेलकुद तथा मनोरञ्जनको अवसर, र बालमैत्री बजेट सुनिश्चित गर्ने विषयमा विस्तृतरूपमा छलफल गरिएको थियो। साथै, योजनाको तर्जुमा गर्दा बालबालिकाको आवाज समेटिने, उनीहरूलाई लक्षित गर्दै स्थानीय नीति, कार्यक्रम तथा बजेट निर्माण गरिने प्रतिबद्धता सहभागी सरोकारवालाहरूबाट व्यक्त गरिएको थियो। दुईदिने बालबालिकाको लगानी योजना तर्जुमा कार्यक्रममा बालमैत्री स्थानीय शासनको विज्ञ विकिरण गौतमले सहजीकरण गरिरहनुभएको छ।

गढवा गाउँपालिकाले बालमैत्री स्थानीय शासनको अभ्यासलाई संस्थागत गर्दै बाल अधिकारको संरक्षण र प्रवर्धनमा निरन्तर सक्रियता देखाउँदै आएको छ।

योजना तर्जुमा कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको थियो। कार्यक्रममा उपाध्यक्ष शारदा कुमारी चौधरी, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सम्बन्धित शाखा प्रमुख, प्रहरी,संघ संस्था, लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *