गढवा, १४ जेठ । १८ औँ गणतन्त्र दिवसको अवसरमा गढवा गाउँपालिकाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सञ्चालन बिहिबार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
“रक्तदान जीवनदान” भन्ने मुल नारासहित आयोजना भएको उक्त कार्यक्रम ३२ जनाले रक्तदान गर्नु भएको हो।
स्वास्थ्य क्षेत्रको सशक्तिकरण तथा समाजमा मानवसेवा र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो।
उक्त कार्यक्रम गढवा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा, नेपाल रेडक्रस सोसाइटी गढवा उपशाखाको समन्वयमा तथा रक्त संचार सेवा केन्द्र लमही, दाङको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।
गढवा गाउँपालिकाले स्थानीयबासी, युवायुवती, सामाजिक संघसंस्था, स्वास्थ्यकर्मी तथा इच्छुक महानुभावहरूले स्वस्फुर्त रुपमा रक्तदान गर्नु भएको थियो।
गणतन्त्र दिवसजस्तो ऐतिहासिक अवसरमा रक्तदान जस्तो जीवनदायी अभियानको संयोजनले समुदायमा सकारात्मक सन्देश फैलाउने विश्वास गरिएको छ।
रक्तदान कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले,५ नम्बर वडाध्यक्ष लेखराज थापा, गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरी,नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सचिव आलोक भावुक, कोषाध्यक्ष टंकेश्वर भण्डारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, लगायतको सहभागिता रहेको थियो।
