गढवा गाउँपालिकाद्वारा कृषकहरुलाई चारा काट्ने मेसिन प्रदान 

गढवा, १४ बैशाख । गढवा गाउँपालिकाले गाईभैसीलाई खुवाउने घाँस (चारा) काट्ने च्यापकटर मेसिन कृषकहरु वाई प्रदान गरेको छ । पालिकाको पशु विकास शाखाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अन्तर्गतका दश जना व्यवसायीक रुपमा पशु पालन गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ति मेसिन उपलब्ध गराएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल जानकारी दिनु भयो ।

“व्यवसायीक रुपमा पशु पालन गर्ने कृषकलाई यो चारा काट्ने मेसिनले थप सहयोग पुराउने हामीले विश्वास लिएका छौं’- अध्यक्ष पोख्रेलले भन्नु भयो । उहाँले भन्नु भयो ‘यति मात्र होइन, यस पालिकामा रहनु भएका कृषकहरुको हक हितका लागि पनि पालिकाले स्तरिय कार्यक्रम ल्याएको छ जो उहाँहरुको हितमा छ।

त्यस्तै उपाध्यक्ष शारदा कुमारी चौधरीले आधुनिक समयको पहिचान गरेर कृषि पेशालाई अंगाल्नु पर्ने कुरामा जोड दिनु भयो। कृषि पेशाबाट पनि थुप्रै कृषकले आफ्नो आय स्तरलाई बलियो बनाएको थुप्रै उदाहरण भएको बताउंदै कृषकलाई प्राविधिक कुराको पनि ज्ञान हुनु आवश्यक भएको बताउनु भयो ।

पचास प्रतिशत अनुदानमा च्यापकटर मेसिन पाएपछि कृषकहरु खुशी भएका छन् । पशु पालक कृषकहरुलाई यो च्यापकटर मेसिनले सहज हुने उनीहरुको विश्वास छ ।

चारा काट्ने च्यापकटर मेसिन प्राप्त गर्ने कृषकमा गढवा गाउँपालिका वडा नम्बर ४ का कैलास चौधरी, ६ का ओम प्रकाश यादव र मिनावती, १ का शिव थापा, ४ का प्रभात न्यौपाने, ६ का प्रभावती यादव, कामेश्वर यादव, गिता कुमारी यादव, ३ का राम गोपाल यादव, २ का मिन्तीराम लोध रहेका छन् ।

च्यापकटर हस्तान्तरण कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, विभिन्न वडाका वडाध्यक्षहरु, लेखा शाखाका प्रमुख सम्भुराज आचार्य, पशु विकास शाखाका प्रमुख अन्नतराज रेग्मी लगाएतको उपस्थितिमा च्यापकटर मेसिन कृषकलाई प्रदान गरिएको हो।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *