गढवामा सांग्रिला बैंकद्वारा साइबर अपराधविरुद्ध वित्तीय साक्षरता अभियान

गढवा १४ भदौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड गढवा शाखाले गढवा गाउँपालिका–६ मदपुर स्थित नसहवा सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरूलाई लक्षित गरी शनिबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता दाङ सब–क्लस्टर हेड आस कुमार जरेजुले गर्नुभएको थियो भने प्रमुख अतिथि गढवा गाउँपालिका–६ का वडा सदस्य गोविन्दबहादुर रोका रहनुभएको थियो। साथै वडा सदस्य मोतिसरा बिक, महिला स्वास्थ्य स्वयंसेविका धना थापा र उपभोक्ता समूहका सदस्य रामबहादुर घर्ती अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

५०–६० जना उपभोक्ता तथा बैंकका कर्मचारीहरूको सहभागिता रहेको कार्यक्रममा हाल बढ्दै गएको साइबर क्राइम, ठगी तथा विभिन्न किसिमका स्क्यामिङबारे सचेतना मुलक जानकारी दिनुका साथै बचत, ऋण, बीमा र रेमिट्यान्ससम्बन्धी विषयमा जानकारी दिइएको थियो।

प्रशिक्षण दिँदै सांग्रिला बैंक गढवा शाखाका प्रबन्धक तेजबहादुर नेपालीले वित्तीय साक्षरताले मात्र सुरक्षित र दिगो वित्तीय व्यवहार सम्भव हुने बताए। “आजको डिजिटल युगमा बैंकिङ सेवासँगै सचेतना अनिवार्य छ। वित्तीय ज्ञानले मात्र ग्राहकलाई ठगी, धोका र अनलाइन अपराधबाट जोगाउन सक्छ,” नेपालीले भने।

कार्यक्रमको सहजीकरण शाखाका कर्जा कर्मचारी देव नारायण चौधरीले गर्नुभएको थियो।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *