गढवामा मृत अवस्थामा पुरुषको शव फेला

गढवा, २३ असार। गढवामा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन्।

गढवा-७ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदान नजिक सोमबार दिउँसो ४:३० बजे एक जना पुरुष मृत अवस्था भेटिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनु भएको छ।

प्रहरी निरीक्षक कार्कीका अनुसार अन्दाजी ६०-६२ वर्षको देखिने पुरुष मृत अवस्थामा खेलमैदानको वाल नजिकै भेटिएका हुन्। मृतक गढवा गाउँपालिका वडा नम्बर ५ धर्मपुरका देवनारायण चौधरी रहेको प्रहरीको भनाई छ।

हल्का सेतो रङको हाप पाइन्ट र निलो रङको टिसर्ट लगाएको पुरुष मृत अवस्था भेटिएका हुन्। शबलाई आफ्नो नियन्त्रणमा लाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ। अत्यधिक मदिरा सेवनका कारण मृत्यु हुन सक्ने प्रारम्भिक अनुमान गरिएतापनि पुष्टी भने भैनसेको प्रहरीले जनाएको छ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *