गढवामा नेपाल स्काउटको ७४औं स्थापना दिवस मनाइयो

गढवा,५ असार । नेपाल स्काउटको ७४औं स्थापना दिवस गढवा गाउँपालिकामा स्थानीय स्काउटको आयोजनामा उत्साहपूर्वक मनाइएको छ।

जनता माध्यमिक विद्यालय गढवाको परिसरमा स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थी, स्काउट प्रशिक्षक, शिक्षक तथा गाउँपालिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्काउटका मूल्य, आदर्श र समाजसेवाको महत्वबारे चर्चा गरिएको थियो।

कार्यक्रममा बोल्दै स्थानीय वक्ताहरूले स्काउटले युवाहरूमा अनुशासन, सेवा भावना र नेतृत्व क्षमताको विकासमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए। साथै, यस दिवसले स्काउट आन्दोलनप्रति अझै प्रतिबद्धता जनाउने अवसर भएको उनीहरूको भनाइ थियो।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *