गढवाको एनआईसी बैंकमा लगाइएको ताला सहमतिपछि खुल्यो

गढवा, १५ पौष  गढवामा रहेको एनआइसी एसिया बैंकमा लगाइएको ताला सहमतिपछि बिहिवार खुलेको छ ।

एनआइसी बैंक राजपुर शाखाबाट गढवा गाउँपालिका वडा नम्बर – ६ का रामदास यादवले तीन करोड कर्जा लिनुभएको थियो तर बैंकले बिना जानकारी बिन समन्वय एक्कासी सटरखोली सामान मनपरी दररेटमा मनपरी ढंंगले लिलाम प्रक्रियामा लगेपछि उध्धोग बाणिज्य र स्थानीय व्यवसायीहरुले तालाबन्दी गरेका थिए ।

बिहीवार इलाका प्रहरी कार्यालय गढवामा बैंकका प्रतिनिधि र व्यवसायीका प्रतिनिधिबीच भएको छलफलपछि लोड गरिएको सामान झार्ने, पुनर्मूल्यांकन गर्ने, बैंकले पसलमा लगाएको तालाबन्दीको अवधिको ब्याज मिनाहाको लागि पहल गर्ने, एक महिना अवधिभर कुनै पनि लिलाम प्रक्रिया अघि नबढाउने सहमति पछी बैंकमा लगाइएको ताला खोलिएको गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरले जानकारी दिनुभयो।

आन्दोलनमा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीसहित गढवा उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढासहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालसहितका पदाधिकारीहरु, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का, निवर्तमान अध्यक्ष जगतप्रसाद पोख्रेललगायतका व्यवसायीहरु सहभागीता रहेको थियो ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *