झापामा एम्बुलेन्सको ठक्करबाट घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ । गत साउन ४ गते झापाको कन्काई नगरपालिका–३ स्थित सुरुङ्गा– कुमरखोद सडकखण्डमा भएको सो दुर्घटनामा घाइते भएका स्कुटर चालक २३ वर्षीय राजेश कार्की आइतबार उपचारको क्रममा निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मे १ च १६५४ नं को एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १-०१-०१५ प २१४८ नं. को स्कुटरलाई ठक्कर दिँदा झापा गाउँपालिका–६ बस्ने राजेश कार्की र उनको श्रीमती २० वर्षीया शर्मिला कार्की घाइते भएका थिए ।
दुवैको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा राजेश कार्कीलाई १४ गते थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो । उपचारको क्रममा उनको आज बिहान ६ बजे मृत्यु भएको थियो । एम्बुलेन्स र एम्बुलेन्स चालक चन्द्रबहादुर बिक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
Please follow and like us: