आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाण्डाै, २ माघ । यती एयरलाइन्सको एटीआर विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर शोक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ ।

सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारले घटनाप्रति दुःख व्यक्त गरेको बताउनु भएको छ ।

आइतबार बिहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११:०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका- १५ नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *