राजपुर गाउँपालिकाद्वारा बाल विकासका विद्यार्थीलाई विद्यालय पोसाक वितरण

आलोक भावुक

राजपुर, १९ साउन। राजपुर गाउँपालिकाले बाल विकास तहमा अध्ययनरत बालबालिकालाई विद्यालय पोसाक वितरण गरेको छ।

आज श्रीशंकर माध्यमिक विद्यालय, खरदरियामा आयोजित कार्यक्रममा बाल विकास कक्षामा अध्ययनरत १६ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको हो।

कार्यक्रममा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति देवी यादव, वडा नं. ३ का वडा अध्यक्ष रामप्रसाद अहिर, वडा नं. ३ की दलित महिला सदस्य मीना विश्वकर्मा, शिक्षा शाखा प्रमुख कामना चौधरी ,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुनिता चौधरी, विद्यालयका प्रधानाध्यापक अशोक प्रसाद यादव तथा बाल विकास सहजकर्ता बिन्दु यादव,शिक्षक नुतन सेन ठकुरी ,बाल क्लबको अध्यक्ष प्रेमबहादुर यादव लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै उपाध्यक्ष धनपति देवी यादवले प्रारम्भिक बाल शिक्षाको गुणस्तर अभिवृद्धि गर्न तथा बालबालिकालाई विद्यालयप्रति आकर्षित बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनु भयो। गाउँपालिकाले आगामी दिनमा पनि बालबालिकाको शैक्षिक विकास र सहज सिकाइ वातावरण निर्माणका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID