अविश्वासको प्रस्ताव दर्ता र एमाले सांसदको सामूहिक राजीनामा सँगसँगै
पत्रपत्रिकाबाट | काठमाडाैं, २३ वैशाख

प्रधानमन्त्री केपी ओलीविरुद्धको गठबन्धनले एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षका सांसदको राजीनामा र ओलीविरुद्ध अविश्वास प्रस्ताव सँगसँगै हुने गरी छलफल अघि बढाएको छ । ओलीले २७ वैशाखमा विश्वासको मत नपाए अल्पमतको सरकारको नेतृत्व गर्दै चुनावसम्म जाने रणनीति बनाएको आँकलन गरिएकाले त्यसलाई…

माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता
गणतन्त्र नेपाल संवाददाता

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । आज संसद सचिवालयमा एक पत्र दर्ता गर्दै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी दिएको हो । मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय…

साँघुरिँदै विकल्प : सामूहिक राजीनामाको तयारीमा खनाल–नेपाल पक्ष
पत्रपत्रिकाबाट | काठमाडाैं, २२ वैशाख

प्रधानमन्त्री केपी ओलीले संसदबाट ‘विश्वासको मत’ लिएलगत्तै आफूहरूमाथि ‘कारबाही’ गर्ने सूचना पाएपछि एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले त्यसअघि नै पदबाट राजीनामा दिने तयारी गरेका छन् । खनाल–नेपाल पक्षमा रहेका ३५ सांसदमध्ये २२ जना…

निर्दयी कोरोना ! विवाहको भोलिपल्टै दुलहीलाई कोरोनाले छोयो, आठ दिनपछि अस्पतालमै बितिन
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ पैंयुटारकी २३ वर्षीया युवतीको वैशाख ११ गते बिहे भएको थियो। भक्तपुर चाँगुनारायण नगरपालिका- ८ सुडालका युवकसँग उनको मागी बिहे भएको थियो। दुबै पहिले परिचित थिएनन्। आफन्त-आफन्तबीच चिनजानको आधारमा उनीहरूको वैवाहिक सम्बन्ध जोडिन पुगेको थियो। उनीहरूको चैतमै इङ्गेजमेन्ट…

केपी ओलीका ४ दाउ-जिते पनि हारे पनि आफैँ प्रधानमन्त्री !
गणतन्त्र नेपाल संवाददाता

सामान्यतः अंकगणित जोड–घटाऊ, गुणा–भागमा आधारित हुन्छ । बीजगणितचाहिँ अप्ठ्यारा सूत्रहरूले जेलिएको हुन्छ । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा लिने ‘विश्वासको मत’ बीजगणित जस्तै जेलिएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सपाट जोड–घटाऊले मात्रै बैशाख २७ को हिसाब–किताब…

आफ्नैबाट हेपिँदै शंकर : अर्का सांसदले पनि छोडे साथ
गणतन्त्र नेपाल संवाददाता

बुटवल । अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन्। अल्पमत हुँदा हुँदै पनि संसद छलेर मुख्यमन्त्री बनेका पोखरेलदेखि बिपक्षीहरु क्रुद्ध छन्। उनिहरुले मुख्यमन्त्रीलाई बहिष्कार…

चे–ग्वेभाराको विश्वचर्चित लेख : ‘क्रान्ति संगीतमय हुँदैन, मुक्तिको यात्रा कठोर हुन्छ’
राजेन्द्र महर्जन

प्रिय साथी, हुन त टिप्पणी लेख्न अलि ढिलो भइसकेको छ, तापनि आफ्नो वाचा पूरा गर्ने आशासहित मैले अफ्रिकाको यात्राको क्रममा यी टिप्पणीहरु लेखिरहेको छु। माथि उल्लेखित शीर्षकअनुरुप टिप्पणीहरु लेख्ने प्रयत्न गर्नेछु। मलाई आशा छ – पाठकहरुका लागि यो रुचीकर हुनेछ।…

ओलीलाई विश्वासको मत नदिने नेपाली कांग्रेसको निर्णय
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको प्रभावशाली नेताहरुको बैठकले पहिला ओलीलाई विश्वासको मत लिनबाट रोक्ने र दोस्रो अर्को सरकार बनाउनेबारे छलफल…

सरकारलाइ समर्थन नरहेकाे कुराकाे औपचारिक जानकारी गराउने टुंगाेमा माओवादी
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नेकपा माओवादी केन्द्रले सरकारलाइ समर्थन नरहेकाे कुराकाे औपचारिक जानकारी गराउने भएकाे छ । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेकाे स्थायी कमिटी बैठकले सरकारलाइ दिएकाे समर्थन पुष ५ गते यतादेखि नै नरहेकाे औपचारिक जानकारी सरकारलाइ गराउने निर्णय गरेकाे हाे ।…