साहुले भारतीयलाई बेचिदिएकी काजलकली सौराहामा ढली
काजलकली ढलेको पहिलो पटक होइन। एक महिनाको अवधिमा ऊ तीन पटक ढलिसकी। अघिल्ला दुई पटक औषधीले काम गर्यो। ऊ जेनतेन उठ्न सकेकी थिई। यसपटक काजलकली उठ्ने सम्भावना कम छ। पाँच दिनअघि ढलेकी ऊ लम्पसार अवस्थामै छ। काजलकली चितवनको सौराहामा पालिएको पोथी हात्तीको…

