प्रेस चाैतारीमा प्रियाशनलाई तीन प्रदेशकाे जिम्मेवार

घाेराही, २६ जेठ । प्रेस चाैतारी नेपालले नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरण र नयाँ सदस्यता वितरणकाे काममा संगठनकाे तर्फबाट उपाध्यक्ष सविन प्रियाशनलाई तीन ओटा प्रदेशकाे जिम्मेवारी दिइएकाे छ ।

उपाध्यक्ष प्रियाशनलाई लुम्बिनी, गण्डकी र काेशी प्रदेशकाे जिम्मेवारी दिइएकाे अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयाे । उहाँका अनुसार नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्डअनुसार जस्ताको तस्तै कार्यान्वयन हुनुपर्छ भन्ने प्रेस चौतारी नेपालको स्पष्ट निर्णयअनुसार कार्यान्वयनका लागि चार उपाध्यक्षलाई जिम्मेवारी तोकिएको हाे ।

उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेशमा गणेश पाण्डे । कोशी, लुम्बिनी र गण्डकी प्रदेशमा सविन प्रियाशन । कर्णाली, सुदुरपश्चिम प्रदेशमा राजेश राई । मधेश प्रदेश र बागमति प्रदेशमा देविका जिएम गुरुङलाई तोकिएको छ ।

गढवा गाउँपालिकाको समग्र बिकासमा युवाको सहभागिता बिषयक अन्तक्रिर्या कार्यक्रम

गढवा, २६ जेठ। गढवा गाउँपालिकाको समग्र बिकासमा युवाको सहभागिता बिषयक अन्तक्रिर्या कार्यक्रम बिहिवार गढवामा सम्पन्न भएको छ ।

गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका बिभिन्न वडाका युवाहरुको उपस्थिति रहेको थियो।

अन्तक्रिया कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले पालिकाको समग्र विकासका लागि सामुहिक भावनाले काम गर्नु आवश्यक रहेको बताउदै आम युवाको भावना समेटेर काम गर्न सके विकासले फड्को मार्ने बताउनुभयो। युवाको भावना पन्छाएर पालिका समृद्ध नबन्ने भएकाले युवा लक्षित कार्यक्रम ल्याउन पालिकाले युवाहरु संग अन्तक्रिया कार्यक्रमको आयोजना गरेको बताउदै सुझाव अनुसार आगामी कार्यक्रम तय गरिने बारे तयारी भैरहेको जानकारी दिनु भयो। युवालाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष चौधरीले युवाले नेतृत्व लिएर उपभोग भन्दा उत्पादनमुखि हुनु पर्ने बताउनु भयो ।

अन्तक्रिया कार्यक्रममा सहभागी युवाहरुले नीति तथा कार्यक्रम बनाउँदा पालिकाले युवालाई प्राथमिकतामा राख्नु पर्ने बताएका थिए । पालिकाले पहिलो पटक पालिकाको समग्र बिकासको लागि युवाहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको भन्दै तारिफ समेत गरेका हुन्।

अन्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले युवा शसक्तिकरण आजको आवस्यकता रहेको औँल्याउनुभयो । युवाहरु जिम्मेवार र उद्यमशील बने मात्र समाज समृद्ध हुने उहाँहरुको भनाई रहेको थियो ।

त्यसैगरी अन्तक्रिया कार्यक्रममा बोल्दै गढवा गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख अशोक कुमार यादवले युवाहरुको सहभागिता बिना गढवा गाउँपालिका समृद्ध गाउ पालिका बन्न नसक्ने बताउनु भयो । युवाहरुको सक्रियता र संलग्नलाई बिना देशको बिकाश सम्भव नरहेको बताउनुभयो।

कार्यक्रमको प्रशिक्षकमा गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा रहनु भएको थियो ।

कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, वडा सदस्यहरु दिनमणी आचार्य, राधेश्याम थारु कुमाल, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, रोजगार शाखाका प्रमुख अशोक कुमार यादव, ईन्जिनियर बिशाल भण्डारी, रोजगार शाखा सत्यपाल यादव लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण रोजगार सेवा केन्द्रका प्रमुख अशोक कुमार यादवले गर्नु भएको ।

 

गढवाका किसानलाई बाख्रा उपहार, व्यावसायीकतामा जोड

गढवा, २६ जेठ। गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरका निम्न आयस्तर भएका १५ जना महिला किसानलाई निःशुल्क बाख्रा र एक बयर बोका वितरण गरिएको छ । गढवा गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा बाख्रा र बोका उपहार स्वरुप प्रदान गरेको गढवा गाउँपालिका हेफर प्रोजेक्टका नेपालका कार्यक्रम संयोजक बसन्त कुमार शर्माले बताउनुभयो। ‘बाख्रापालन व्यवसायमार्फत महिला किसानहरुको जीवनस्तर उकास्ने हाम्रो प्रयास हो’ संयोजक शर्माले बन्नु भयो ।

आर्थिक समृद्धीका लागि साझेदारी कार्यक्रम’भोकालाई एक छाक भोजन होईन, जिउने जुक्ति सिकाऔ भन्ने मुल नाराका साथ गढवा गाउँपालिका द्वारा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्धमशिलता साझेदारी परियोजना अन्तर्गत हरीयाली उद्धमी महिला समूह गढवा ७ मानपुरका सदस्यहरु लाई १५ जना लाई उन्नत जातको बाख्रा, १ जना सदस्य लाई बयर बोका उपहार प्रदान गरिएको हो ।

गढवा गाउँपालिकाको ड्रिम प्रोजेक्टको रुपमा रहेको हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा विभिन्न कार्यक्रमहरु सञ्चालन भैरहेको छ ।बिहीबार एक कार्यक्रमको बिच गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बाख्रा तथा बिउ बोका हस्तान्तरण गर्नु भएको हो।

त्यसैगरी बिहिवार नै गढवा गाउँपालिका वडा नम्बर ६ पिपलडाँडामा रहेको हरीयाली उद्धमी महिला समूह मतपुर लाई पनि १६ वटा बाख्रा हस्तान्तरण गरिएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र ६ नम्बर वडाका वडाध्यक्ष विर बहादुर आले मगरले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो

‘गढवा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना’ संचालन गरेको छ । निम्न आयस्तर भएका किसानको जीवनयापनमा सजिलो होस् भनेर स्थानिय पालिकाले ग्रामीण महिला उत्थान केन्द्र संग सहकार्य साझेदारी गरेको पालिका पोख्रेलले बताउनु भयो । घरको कामसँगै बाख्रापालन गरेर महिलालाई जीविकोपार्जन गरेर आत्मनिर्भर बनाउन पालिकाले माउँ बाख्रा तथा समूहलाई बीउका लागि बोका उपलब्ध गराइरहेको अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो। ‘उन्नत जातका बाख्रापालन गरी पालिका लाई मासुमा आत्मनिर्भर बनाउन बाख्रापालन कार्यक्रममा जोड दिइरहेका छौँ, बाख्रापालक किसानलाई प्रोत्साहन गर्दै पालिकाले आवश्यकता र किसानको मागको आधारमा विभिन्न सहयोगका कार्यक्रम गर्नेछ’, अध्यक्ष पोख्रेलले भन्नु भयो।

महिलाको आम्दानीसँग जोड्नका लागि बाख्रापालन, कृषिमा बिशेष जोड दिईएको छ। समूहको संस्थागत विकासका लागि मासिक बैठक बस्ने, प्राविधिक छलफल, खोर निर्माणमा अनुदान, माउँ बाख्रा भएकालाई खोर बनाउन सहयोग, क्षमता विकासका विभिन्न तालिम, साना पशुका लागि जुकामाटेको औषधि, समूह निर्माण, ओरेन्टेसन कक्षा, तरकारी खेती, कृषि तथा पशुमा आधारित सबै खाले सुझाव र स्वरोजगार गर्नका सबै खाले सहयोग गर्ने परियोजना संयोजक बसन्त कुमार शर्माले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै वडा नम्बर ७ का वडाध्यक्ष राहुलदेव चौधरीले महिलाहरुले आय आर्जन र आत्मनिर्भर बन्नको लागि स्थानीय सरकारले करोडौ रकम खर्चेर ठुलो सपना साझेदार कार्यक्रम गरेको भन्दै बाख्रा पालनमा आत्मनिर्भर बन्नु पर्ने बताउनु भयो ।

हरीयाली उद्धमी महिला समूह गढवा ७ मानपुर अध्यक्ष बिमला थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

बाख्रा तथा बोका उपहार प्रदान कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, वडा नम्बर ७ का वडाध्यक्ष राहुलदेव चौधरी, कर्मठ सहकारी संस्थाका अध्यक्ष देवीमाया थापा, हर्दवा महिला उपहार समुह हर्दवाका अध्यक्ष गंगा घर्ती, गढवा गाउँपालिका हेफर प्रोजेक्ट नेपालका कार्यक्रम संयोजक बसन्त कुमार शर्मा लगाएतकाले बोल्नु भएको थियो ।कार्यक्रमको सहजिकरण कैलाश चौधरी र जयकला बिकले गर्नु भएको थियो ।