गढवा गाउँपालिकामा साढे चार करोडको लागतमा कोल्डस्टोर निर्माण हुँदै

गढवा, ३२ जेठ । गढवा गाउँपालिका वडा नम्बर ३ गोबिन्दनगरमा साढे चार करोड लागतमा कोल्ड स्टोरको निर्माण कार्य सुरु भएको छ।

गढवा गाउँपालिकामा ठुलो प्रोजेक्टको रुपमा रहेको सित भण्डार निर्माण हुन लागेको हो।

बिहिबार एक समारोहका बीच गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिका वडा नम्बर ३ गोबिन्दनगरमा बन्न लागेको कोल्डस्टोरको विधिवत् रुपमा शिलान्यास गर्नु भएको हो।

तिन सय मेट्रिक टन क्षमता भएको कोल्डस्टोर संघिय सरकारको बिशेष अनुदान लगानीको कुल ४ करोड ६८ लाख २८ हजर २३ रुपैयाँ ७३ पैसा लागतमा निर्माण कार्य सुरु भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

कोल्डस्टोर निर्माण पछि पालिकाका किसानलाई आलु,फलफूल लगायत कृषि उपज भण्डारन गर्न सहज हुने अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।कोल्डस्टोरको निर्माणको ठेक्का सि ब्रदर्स कन्स्ट्रक्सन प्रालीले ठेक्का परेको छ।

शिलान्यास समारोहमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, वडा नम्बर ३का वडाध्यक्ष तुलसी राम अधिकारी,प्राविधिक शाखा प्रमुख बिनय कुमार यादव, ३ नम्बर वडाका वडा सदस्यहरु, स्थानीय लगाएतको उपस्थिति रहेको थियो।

एक महिने होजियारी बुनाई तालिमको गढवामा समापन

गढवा, ३२ जेठ। गढवा गाउँपालिका र नेपाल इन्द्र फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालित एक महिने होजियारी बुनाई तालिमको बुधबार गढवामा समापन गरिएको छ ।नेपाल इन्द्र फाउण्डेशनका अध्यक्ष जगदीश यादवको सभापतित्व तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

एक महिने होजियारी बुनाई तालिममा गढवा गाउँपालिका वडा नम्बर ६ र ७ का महिलाहरुको सहभागिता रहेको थियो। गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आर्थिक वर्ष २०८९/०८०को बिनियोजित कार्यक्रम अनुसार शाखाको ७० प्रतिशत र इन्द्र फाउण्डेशनको ३० प्रतिशत लगानीमा साझेदारी गरी तालिम सञ्चालन गरिएको शाखाले जनाएको छ ।

बुधबार समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले तालिम पश्चात उध्धमी नबने पालिकाको लगानी खेर जाने बताउनुभयो। पालिकाले ठुलो आशा गरेको मुख्य तालिमहरु सरफ बनाउने तालिम, नुहाउने र कपडा धुने सावुन, चप्पल बनाउने तालिम र सुईटर बनाउने तालिम प्रमुख तालिम भएको र ठुलो सम्भावना रहेको बताउदै एकल अथवा सामुहिक रुपमा व्यवसाय सञ्चालन गर्नु टर्ने बताउनुभयो। पालीका भरीका वाई तालिम दिएर अलपत्र पार्नु भन्दा व्यवसाय गर्न इच्छुकहरुलाई पूर्णरुपमा दक्ष बनाई व्यवसायीक रुपमा लाग्ने क्षमतावान बनाउने तर्फ जोड दिएको बताउनुभयो। थोरै लाई तालिम दिई प्रभावकारी हुने हिसावले व्यवसाय गर्ने खालको दक्ष जनशक्ति उत्पादन गर्ने योजना पालिकाको रहेको बताउनुभयो। प्रत्येक बर्ष तालिम दिदै र छोड्दै गर्नुको औचित्य नरहेको बताउदै अध्यक्ष पोख्रेलले तालिम पश्चात अनिवार्य व्यवसाय गर्नु पर्ने टिमलाई तालिम दिने योजनाका साथ काम गरिरहेको बताउनुभयो। ताविम दिएल मात्र व्यवसाय सञ्चान नहुने भएकाले तालिम र प्रविधि समेत हस्तान्तरण गर्ने योजना रहेको बताउनुभयो।

त्यसैगरी समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले एक महिने तालिमले मात्र नपुग्ने भएकोले आवशक परे थप एड्भान्स तालिमको व्यवस्थापन गर्ने बताउनु भयो ।एक महिने तालिममा ४-५ प्रकारको सामाग्री बनाउन मात्र सिकेको बताउदै एड्भान्स तालिम दिई सबैलाई सक्षम बनाउने तर व्यवसायीक रुपमा लाग्नै पर्ने बताउनु भयो । प्रशिक्षकले एक महिनामा अधिकांश कुरा सिकाएको भन्दै तारिफ गर्नु भयो। प्रशिक्षक मेडमको पनि हजार समस्या हुँदा हुदै पनि आज ट्रेनरको रुपमा देशको अनेकन ठाउमा तालिम दिदै हिडेको बताउदै मिहेनत र लगनशील भएर लागे असम्भव केही नहुने बताउनु भयो।

समापन कार्यक्रममा गढवा गाउँपालिकाका वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले मगर, सुईटर बुनाई तालिमकी प्रशिक्षक सिता चौधरी, गढवा उद्योग बाणिज्य संघका कोषाध्यक्ष खुमानन्द पोख्रेल, सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाका सहसचिव पटवारी यादव, तालिममा सहभागीहरुको तर्फबाट निर्मला नेपाली र देवा कुवरले बोल्नु भएको थियो ।

कार्यक्रममा नेपाल इन्द्र फाउण्डेशले सम्मान पत्रले गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र उपाध्यक्ष शारदा कुमारी चौधरीलाई सम्मान गरेको छ। साथै सुईटर बुनाई तालिमकी प्रमुख प्रशिक्षक सिता चौधरीलाई पनि सम्मान गरेको छ।

कार्यक्रमको गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्द, रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादव, नेपाल इन्द्र फाउण्डेशन का उपाध्यक्ष लाल बहादुर यादव, लगाएतकाको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण नेपाल इन्द्र फाउण्डेशनका सचिव आर के यादवले गर्नु भएको थियो।

समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री

जेठ ३१, दाङ। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताउनुभएको छ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरि पहलकदमी लिइएको बताउनुभएको हो।

“समाजवादी क्रान्ति सिधा र सरल हुँदैन। यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ। विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ। त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ” प्रधानमन्त्रीले भन्नुभयो, “नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो। त्यो आत्मसमर्पण र बिसर्जनको बाटो थिएन। समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो। त्यसका लागि उक्त एकता गरिएको थियो।”

“हिजोको एकता कायम राख्न सम्भव भएन। तर, लाखौँ जनतालाई एकतावद्ध नगरी क्रान्ति हुँदैन” प्रचण्डले भन्नुभयाे, “फेरि एकताका लागि पहल गर्नुपर्नेछ। समाजवादी मोर्चाको दस्तावेज टुंगाएका छौँ। हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ। तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ। एमालेमा पनि एकताका पक्षधरहरू छन्। उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ। त्यहाँ मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक देखिन्छ।”

“फेरि नेकपा बनाउने कोसिस भइरहेको छ। यसभित्र ठूलो अर्थ छ। जनताको ठूलो हिस्सालाई संगठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न सकिँदैन, यसलाई सबैलेे गम्भीर रूपमा सोच्न जरूरी छ। देशका सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउँछौँ” प्रधानमन्त्रीले भन्नुभयो।

“हाम्रो क्रान्ति मौलिक र जीवन्त छ। हामीले किताबमा लेखेजस्तो होइन, आफ्नैे जीवनको अनुभवका आधारमा क्रान्ति गर्‍यौं। हाम्रो क्रान्ति विश्वमै मौलिक खालको छ” प्रधानमन्त्रीले भन्नुभयो, “लेनिनले क्रान्तिमा दुई कार्यनीतिको कुरा गर्नुभयो। तर, उहाँलेे लेखेेजस्तै दस्तावेजमा भनिएजस्तो क्रान्ति भएन। मौलिक भयो। किताबमा लेखेजस्तो होइन, जीवनमा भोगेजस्तो क्रान्ति भयो। लेनिनलेे फेब्रुअरी क्रान्तिलाई पुँजीवादी क्रान्तिका रूपमा संश्लेषण गर्नुभयो।”

उहाँले भन्नुभयो, “हाम्रो पार्टीको आठौँ महाधिवेशनको दस्तावेजले समाजवादी क्रान्तिको दिशानिर्देश गरिएको छ। त्यसमा समाजवादको नेपाली विशेषता र मौलिकतासहित क्रान्तिको आधार तयार पार्ने संश्लेषण गरिएको छ।”

“भ्रष्टाचारलाई निर्मूल पारेर नै देश निर्माण गर्न सकिन्छ, पार्टी पुनर्निर्माण गर्न सकिन्छ। भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा हामी कसैसँग सम्झौता गर्दैनौं। नक्कली भुटानी शरणार्थी प्रकरणलाई तार्किक निष्कर्षमा पुर्‍याउँछौँ। भ्रष्टाचारका नयाँ फाइलहरू खोल्छौँ” उहाँले भन्नुभयो।

प्रशिक्षणमा नेपाल सरकारका सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारले गरेका कामबाट कार्यकर्ता र जनतामा उत्साह छाएको बताउनुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी, नेताहरू दामा शर्मा, जोखबहादुर महरा लगायत उपस्थित हुनुहुन्थ्यो।