मुकुल देव:- जसलाई एक्लाेपनले खाइमार्‍याे

हिजाे बलिउडबाट एक दुःखद खबर आयाे। एक्टर मुकुल देवकाे निधन भएकाे खबर। उनी ५४ वर्षका थिए र केही दिनदेखि अस्वस्थ्य थिए। अभिनेता बिन्दु दारा सिंहले आफ्नो एक्स पोस्टमार्फत मुकुल देवको निधनको खबर सार्वजनिक गरे। सो पोस्टमा बिन्दु दारा सिंहले मुकुल देवसँगको एक भिडियो सेयर गरे, जहाँ दुवैजना रमाइलो गर्दै गरेकाे देखिन्छन्। उक्त पोस्टमा बिन्दु दारा सिंहले यो पनि बताए कि ‘सन अफ सरदार-२’ मुकुल देवको अन्तिम फिल्म हुनेछ।

मुकुल देवको जन्म १७ नोभेम्बर १९७० मा दिल्लीमा भएको थियो। उनी एक पंजाबी परिवारमा जन्मिएका थिए। उनकाे पिता हरिदेव कौशल पुलिस फाेर्समा थिए। उनी कुनै समय दिल्ली पुलिसमा कमिशनर थिए। त्यसैले एक पुलिसकाे घरमा जन्म लिएका उनीहरु (उनी र उनकाे दाई राहुल देव) कडा अनुशासनमा हुर्किएका थिए। उनीहरुकाे लालनपालन , शिक्षादीक्षा एकदमै राम्रोसँग भएकाे थियाे जसमा उनीहरुलाई राम्रोसँग अनुशासनमा बस्न सिकाइएकाे थियाे। त्यसैले उनीहरु (मुकुल र राहुल) ठूलाे भएर पनि अनुशासित र भलाद्मी व्यक्तिका रुपमा देखिए। फिल्ममा badman वा villain बने पनि वास्तविक जीवनमा उनीहरु gentleman थिए।

मुकुल देव एक trained pilot थिए। flight प्रति उनको निकै मोह थियो। उनले ‘इन्दिरा गान्धी राष्ट्रिय उडान एकेडेमी’ बाट training लिएका थिए। यदि तपाईंले उनको instagram हेर्नुभयाे भने उनकाे अन्तिम तीन पोस्टहरू flying सँग सम्बन्धित देखिन्छन्। त्यससँगै उनकाे पाेष्टमा Pink Floy को पनि उल्लेख छ जसको उनी प्रशंसक थिए। उनको अन्तिम पोस्टमा उनी विमानमा बसेर बादलमाथि यात्रा गरिरहेकाे देखिन्छ। trained pilot भएता पनि उनी फाेर्समा छिरेनन्। वायुसेनामा लागेनन् कारण उनलाई फाेर्समा रुचि थिएन। फाेर्सकाे अफिसर हरिदेव काैशलका दुवै भाइ छाेराहरुले करिअरकाे लागि showbiz लाई राेजे।

दाइ राहुल देवभन्दा धेरै पहिले भाइ मुकुल देवको एक्टिङ करिअर सुरु भएको थियो। सन् १९९६ मा प्रदर्शित फिल्म ‘दस्तक’ मुकुल देवको डेब्यु फिल्म थियो। यस फिल्मकाे निर्माण मुकेश भट्टले गरेका थिए भने निर्देशन महेश भट्टले गरेका थिए। सो फिल्ममा मुकुल देवको नायिका सुष्मिता सेन थिइन्। सुष्मिता सेनको पनि याे डेब्यु फिल्म थियो।

हुन त मुकुल देवकाे डेब्यु अमिताभ बच्चन कर्पाेरेशन लिमिटेड (एबीसीएल) को फिल्म ‘नाम है क्या’ बाट हुनुपर्ने थियो। एबीसीएलले उनलाई स्टारकाे रुपमा उक्त फिल्मकाे लागि साइन गरेकाे थियाे तर कंपनीकाे हालत खस्ता भएपछि कंपनीले त्यो फिल्मलाई शेल्फमा राख्यो र कहिल्यै बनाएन।

सन् १९९८ मा दिलीप कुमारको अन्तिम फिल्म ‘किला’ आयो। ‘किला’ काे निर्दैशन दिलिप कुमारले गरेका थिए अनि प्रमुख भूमिका पनि दिलिप कुमारले नै निर्वाह गरेका थिए। यस फिल्ममा मुकुल देवले पनि एक महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

‘किला’ दिलिप कुमारले निर्दैशन गरेकाे एकमात्र फिल्म थियाे। यस फिल्ममा मुकुल देवले न केवल भारतीय सिनेमाकाे अभिनय सम्राट दिलिप कुमारसँग काम गर्ने माैका पाए, अपितु दिलिप कुमारकाे निर्दैशनमा पनि काम गर्ने माैका पाए। याे उनकाे लागि ठूलाे अवसर थियाे। सन् १९९९ मा उनले मेहुल कुमारकाे highly anticipated film ‘काेहराम’ मा अमिताभ बच्चनसँग screenshare गरे।

समग्रमा, फिल्ममा मुकुल देवको सुरुवात निकै सुखद रह्यो, तर परिणाम भने दुखद् रह्याे। उनकाे आशा गरिएका दिलिप कुमार र अमिताभ बच्चन जस्ता ठूला स्टारहरुसँगका फिल्महरु फ्लप भए। ‘दस्तक’, ‘वजूद’, ‘इसकी टाेपी उसके सर’, ‘मेरे दाे अनमाेल रतन’, ‘इत्तेफाक’ जस्ता उनले hero खेलेका सबै फिल्महरु फ्लप भए। Hero को रूपमा करिअर सुरु गरेका मुकुल देव अब hero बाट तल झरेर supporting/character roles गर्न थाले।

जब फिल्ममा चित्त बुझ्दो काम भेटिएन, तब मुकुल देव टेलिभिजनतर्फ मोडिए। विकिपिडिया अनुसार, पहिलोपटक सन् १९९६ मै ‘मुमकिन’ नामक शो मा मुकुल देवले विजय पाण्डेको भूमिका निर्वाह गरेका थिए। त्यसपछि उनी ‘एक से बढ़कर एक’ नामक काउन्टडाउन शो मा पनि देखिए। स्टार प्लसको चर्चित टिभी शो ‘घरवाली ऊपरवाली’ मा पनि उनले काम गरे। ३ जुलाई २००० मा सुरु भएको यो फ्यान्टेसी सिटकम २३ जुन २०२३ सम्म चल्यो। अर्थात् याे शो निकै सफल रह्यो। यसबाहेक पनि थुप्रै टिभी शोहरू मा मुकुल देवले काम गरे। उनले ‘फियर फ्याक्टर’ नामक शाे काे हाेस्ट पनि गरे साथै उनी फिल्महरूमा पनि सक्रिय रहे। यद्यपि, त्यसबेलासम्म उहाँ hero बाट supporting/character roles मा झरिसकेका थिए।

मुकुल देव लामाे समयदेखि बिरामी थिए अनि केही समय अघि उनी दिल्लीको एउटा अस्पतालमा आईसीयूमा भर्ना भएर उपचाररत थिए। मुकुलकाे जीवनमा आजभन्दा २० बर्ष अगाडि (सन् २००५ देखि) त्याे दिनदेखि नै मायुुुसी छाएकाे थियाे जुन दिन उनकी पत्नी शिल्पा देवले उनलाई छोडेर, उनीहरुकाे छोरीलाई पनि साथमै लिएर दिल्ली गएकी थिइन्। त्यसपछि उनी फेरि कहिल्यै फर्किनन्। मुकुल आफ्नो पाली हिलकाे घरमा एक्लै भए। यसरी उनीहरुकाे सम्बन्ध टुट्याे। अनि जुन दिनदेखि पत्नीसँग उनकाे सम्बन्ध टुट्याे, त्याे दिनदेखि नै मुकुल पनि भित्रभित्रै टुट्दै गए। हुन त मुकुल बीच-बीचमा आफ्नो छाेरीलाई भेट्न दिल्ली गइरहन्थे। तर पत्नीसँगकाे उनकाे सम्बन्ध फेरि पहिलेजस्ताे जाेडिन सकेन।

मुकुल देवकाे नजिकका साथीहरु अभिनेता बिन्दु दारा सिंह र अभिनेत्री दीपशिखा नागपाल पनि मुकुल पत्नी र छाेरीसँग बिछाेडिएपछि धेरै बदलिएको बताउँछन्। उनी एक्लै आफ्नो घरमा चुपचाप बस्न थालेका थिए। बिस्तारै उनलाई डिप्रेशन हुँदै गयाे। सन् २०१९ मा बुवा बित्नुभएपछि त मुकुल देवले आफूलाई सबैबाट टाढा राख्न थालेका थिए। बुवाको मृत्यु भएको केही समयमै आमा पनि बित्नुभयो। पत्नी र छोरीको बिछाेडबाट वर्षौँदेखि पीडित मुकुल देवका लागि बुवा-आमाको मृत्यु झन् ठूलो आघात बन्यो। कसैसँग नबाेल्ने, एक्लै घरमा बसिरहने स्वभावकाे कारण मानसिक रुपमा कमजाेर भएकाे उनी बुवा-आमाकाे मृत्युपछि पूर्ण रुपमा टुटे। र त्यसकाे केही समय पछि नै मुत्युकाे काखमा पुगे। मुकुल देवलाई नजिकबाट चिन्ने मान्छेहरु भन्छन् — उनलाई सन्ताप र एकान्त/एक्लाेपनाले खाइमार्‍याे।

गढवा गाउँपालिकामा थाकलको पातबाट सजावटी सामग्री निर्माण तालिम सम्पन्न

गढवा,७ जेठ। गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा आदिवासी जनजातिका लागि २० दिने थाकलको पातबाट सजावटी सामग्री निर्माणसम्बन्धी सीपमूलक तालिम वडा नम्बर ४ मा सम्पन्न भएको छ।

तालिमको समापन समारोह वडा नम्बर ४ का वडाध्यक्ष हरिभगत चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष शारदा कुमारी चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष यम नारायण शर्मा पोख्रेलले आदिवासी समुदायको जीवनस्तर उकास्न यस्ता सीपमूलक तालिमहरू महत्वपूर्ण हुने बताउनुभयो। उहाँले भन्नुभयो, “स्थानीय स्रोत साधनको प्रयोगमार्फत रोजगारी सिर्जना गर्ने खालका तालिमहरू सञ्चालन गर्दै जाने गाउँपालिकाको नीति छ। थाकलको पातबाट उत्पादन गरिने सामग्रीहरू बजारमुखी बनाउन सकिन्छ।”

कार्यक्रम अध्यक्ष वडा नं. ४ का वडाध्यक्ष हरिभगत चौधरीले सहभागी महिलाहरूलाई सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै भन्नुभयो, “सिर्जनशीलताको प्रयोगमार्फत सजावट सामग्रीहरूलाई व्यावसायिक रूपमा अगाडि बढाउने हो भने यसले आर्थिक सशक्तीकरणमा ठूलो भूमिका खेल्न सक्छ।”

विशिष्ट अतिथि उपाध्यक्ष शारदा कुमारी चौधरीले महिलाहरूलाई आत्मनिर्भर बनाउने यस्ता तालिमहरूलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “महिलाहरू घरमै बसेर आम्दानी गर्न सक्ने वातावरण बनाउने हाम्रो प्रयास हो। पालिकाले यस्ता तालिमहरूलाई निरन्तरता दिनेछ।”

२० दिने तालिममा वडा नम्बर ३, ४ र ५ का आदिवासी समुदायका महिला सहभागी रहेका थिए। प्रशिक्षक श्रीकुमारी चौधरीले थाकलको पातबाट विविध सजावट सामग्रीहरू – जस्तै मालाहरू, वालह्याङ्गिङ, झ्यालसाज, टोपी, टोकरा आदि निर्माण गर्ने तरिका सिकाउनु भएको थियो।

समापन कार्यक्रममा कार्यपालिका सदस्य तथा वडा नम्बर ४ की सदस्य रमा भण्डारी, विभिन्न वडाका सहभागीहरू तथा स्थानिय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो।

गढवा गाउँपालिकाले आगामी दिनमा पनि सीपमूलक तालिमहरूलाई प्राथमिकता दिँदै समुदायमा आधारित विकास कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

इरफ़ानलाई मृत्युसँग अनाैठाे लगाव थियाे

इरफ़ानसंग मेराे भेट NSD (National School Of Drama) मा भएकाे थियाे। कालाे बेलबटम पाइन्ट लगाएका थिए उनले। मलमलकाे सर्ट थियाे। हामी दुवैजनाकाे सेलेक्‍शन भयाे। मेराे third year काे seniors सँग मित्रता पनि कायम भयाे, सतीश कौशिक इत्यादिसँग। उनले raging गरे। हामीले पनि थाेरै raging गर्‍याैं इरफ़ानलाई। इरफ़ानले थाहा पाएनन् कि हामी सहपाठी हाैं।

NSD लाई लिएर हाम्रो मनमा याे perception बन्याे कि याे ठूलाे सरकारी टाइपकाे ठाउँ हाे। त्यहाँकाे circulation department हामीलाई बडाे मन पर्थ्याें। जब orientation class सुरु भयाे, इरफ़ान मेराे छेउमा आएर बसे। मलाई देखेर उनलाई बडाे रिस उठ्याे। ‘यिनी आफुलाई के ठान्छिन् हँ?’ मलाई देखेर उनकाे यही reaction थियाे। फेरि music class मा उनलाई मैले ‘सारंगा तेरी याद में’ गाइरहेकाे देखे। उनकाे गायकी त्यस्ताे बेजाेड थिएन। ठीकै थियाे तर उनकाे अनुहारमा passion थियाे। उनी शब्‍दहरुलाई महसुस गरिरहेका थिए। त्यहीबेला मैले जाने कि अरु काेही एक्‍टर बनुन्-नबनुन्, यिनी अवश्य बन्नेछन्।

मलाई उनकाे जुन आदत सबभन्दा राम्रो लाग्याे, त्याे याे थियाे कि मैले उनले कहिल्यै कसैकाे backbitching गरेकाे सुनिन। उनी कहिल्यै कुनै पाेलेटिक्‍स गर्दैनथे। यस संसारमा रहेर पनि उनी आफ्नै संसारमा मग्न रहन्थे। मेरा केटीहरुभन्दा बढी केटा साथीहरु थिए। हर काेही कसै न कसैकाे backbitching काे मज्जा लिन्थे तर इरफ़ानमा मैले त्याे आदत कहिल्यै पाइन।

मलाई एक्टिङ गर्नु थिएन। मलाई त्यो जमात मनै पर्दैनथ्याे। NSD का दिनहरुमा वास्तवमा म भित्र ‘आखिर संसारमा यति धेरै बनावटीपन किन छ?’ भन्ने भाव उब्जेकाे थियाे। यसमाथि इरफ़ान मलाई सम्झाउदै भन्थे कि तिमीले सिङ्गाे संसारलाई सुधार्ने ठेक्का किन लिएकी छाैं?

इरफ़ान वास्तवमा बडाे प्रेक्टिकल मानिस थिए। उनलाई हालैकाे बर्षमा एउटा फिल्‍म अफर भएकाे थियाे। त्याे ठूलाे बजेटकाे फिल्म थियाे। तब उनले भनेका थिए, ‘यत्राे भारी भरकम बजेटमा म सँग फिल्‍म नबनाऊ। तिमीले याे फिल्म म सँग हाेइन, बरु अक्षय कुमारसँग बनाउँदा राम्रो हुनेछ। त्यसाे गरे फिल्म बनाउनका लागि तिमीले सय कराेड त के पाँच सय करोडसम्म फन्ड पाउनेछाै। म सँग बनायाै भने फिल्मले त्यत्राे पैसा रिकभर गर्न सक्दैन। फिल्‍म डुब्नेछ। मेराे खातामा एक अर्काे फ्लप फिल्म थपिनेछ।’ भन्नुकाे अर्थ उनलाई आफ्नो value थाहा थियाे।

इरफ़ानकाे NSD देखि वा त्यसभन्दा पहिलेदेखि काे आदत आजीवन रहिरह्याे। यहाँसम्मकी जब हामी मुम्बई आयाैं र यहाँ उनी स्‍टार बने तब पनि मैले कहिल्यै पनि उनकाे मुखबाट कसैकाे पनि backbitching गरेकाे सुनिन। मान्छेहरुबाट मैले सुने कि इरफ़ान र नवाज़ (नवाज़ुद्दिन सिद्दिक़ी) काे बीचमा ego hassle छ। तर यथार्थ याे हाे कि मैले कहिल्यै इरफानलाई हाम्राे सामु नवाज़काे backbitching गरेकाे पाइन। नवाज़लाई त उनी अति मान्थे।

सुजाेय घोषले ‘कहानी’ काे लागि इरफ़ानसँग ‘नवाज़लाई लिदाँ कस्ताे हाेला?’ भनेर साेधेका थिए। जवाफमा इरफ़ानले सुजाेयलाई ‘नवाज़लाई झटै कास्ट गर’ भनेका थिए। अब दुवैकाे बीच सम्बन्ध खराब हुनुमा PR stories काे पनि हात हुन सक्छ। कहिले उनीहरुले इरफ़ानसँग ‘नवाज़ त तपाईंको बारेमा यस्ताे पाे भन्दैछ, उस्ताे पाे भन्दैछ’ भनेर भने हाेलान्। त्यसपछि, इरफ़ानले निर्णय गरे कि उनी याे बिषयमा केही पनि बाेल्ने छैनन् ताकि याे विवाद नतन्कियाेस्। जब हामी लण्डनमा थियाैं तब नवाज़काे फोन आयाे। उनले इरफ़ानसँग आफ्नो भावना सेयर गर्दै भने कि उनी त इरफ़ानलाई आफ्नो ठूल्दाइ मान्छन् र इज्‍जत गर्छन्।

लण्डन प्रवासमा म पूरे अढाई बर्ष इरफ़ानकाे साथमा रहे उनकाे छायाँ जसरी। त्यहाँ म उनकाे पत्नीकाे हैसियतमा, पत्नीधर्म पालना गर्न उपस्थित थिइन। बरु यसकारण उपस्थित थिए कि हामी आजीवन एकअर्काकाे मित्र रह्याैं। एक अनन्य मित्रकाे लागि मानिसले यति त गर्छ।

इरफ़ानकाे अर्काे आदत मलाई के मन पर्थ्याे भने उनलाई बिचरा बनिरहनु पटक्कै मनपर्दैनथ्याे। उनी आफ्नी आमालाई पनि भन्थे कि बिचरा नबन्नु। अल्‍लाह (भगवान) लाई पनि बिचरा बनेकाे मनपर्दैन। उनी जब NSD गरेर मुम्बई आए र अडि‍शनहरु दिन थाले, जब उनकाे struggle period चलिरहेको थियाे, त्याे कठिन समयमा पनि उनकाे अनुहारमा कष्ट-पीडाकाे भाव थिएन। उनी सदैव भन्ने गर्थे, ‘सानै भए पनि मलाई केवल एक माैका चाहिएकाे छ। पर्फम गर्नकाे लागि थाेरै ठाउँ चाहिएकाे छ मलाई। यदि त्याे थाेरै ठाउँ पाए म आफ्नो लागि आफै फराकिलो संसार बनाउनेछु।’

इरफ़ानले करियरकाे सुरुवातमा टिभीमा काम गरे। त्यसकाे लागि उनी आभारी रहे तर उनी लगातार फिल्‍महरुका लागि प्रयासरत रहे। निरन्तर भनिरहे कि उनलाई फिल्म गर्नुछ। मेराे विचारमा ‘warrior’ उनकाे करिअरकाे turning point थियाे।

इरफ़ानमा समयलाई महसुस गर्ने खूबी थियाे। उनी ‘जुरासिक पार्क’ मा काम गरिरहेकाे बेलादेखि नै भन्ने गर्थे, यदि बलिउड सुध्रिएन भने हलिउडले हामीलाई निल्नेछ। उनी सदैव कथा (content) लाई किङ बनाएर प्रस्तुत गर्ने कुरा गर्थे।

इरफ़ान ‘पांच वक्‍त काे नमाजी’ थिएनन् तर उनलाई अध्‍यात्‍ममा अत्यन्त गहिरो रुचि थियाे। उनी न केवल इस्‍लाम, अपितु बाँकी धर्महरुका बारेमा पनि जान्ने सतत कोशिश गर्ने गर्थे। याे देखेर मलाई बडाे खुशी लाग्थ्याे, जब उनी सूजित सरकारसँग रामकृष्‍ण परमहंसका बारेमा जान्ने कोशिश गर्थे। उनलाई रीतिरिवाजसँग घृणा थियाे तर धर्मसँग अपार प्रेम थियाे।

उनलाई मृत्युसँग एक अनाैठाे किसिमकाे लगाव थियाे। उनी सदैव जान्न चाहन्थे कि मृत्युपछि आखिर के हुन्छ हाेला? उनी घण्टाैं मेडिडेट गर्ने गर्थे। धर्महरुसँग उनकाे नाता अनाैठाे थियाे। उनले मलाई कहिल्यै ‘धर्मान्तरण गर’ भनेनन्।

इरफान एक typical muslim family बाट belong गर्थे। त्यस्ताे संकीर्ण background बाट उनी open minded हुनु एक अध्यात्मिक यात्रा (spiritual journey) थियाे। इरफानसँग जीवन जिउनु जीवनलाई हेर्नु-बुझ्नु थियाे। जीवनले के करिश्‍मा गर्न सक्छ, त्याे उनीसँग रहेर मैले महसुस गरे। चाहे हामी लड्याैं, झगडा गर्‍याैं तर हामीले जीवनलाई भरपूर बाँच्याैं।

मलाई मेराे पति इरफ़ानले साथ छाेडेर गएकाेमा चिन्ता छैन। उनी लगातार evolve भइरहेका थिए। मेरा बच्चाहरुका लागि उनी एक mature friend थिए। मेरा सन्तानहरुबाट त्याे सच्चा समझदार साथी खाेसियाे। याे चिन्ता हाे मेराे।

इरफ़ानमा अन्त्यहीन जिज्ञासा थियाे। आफ्नो अन्त्यहीन जिज्ञासाहरुमध्ये उनले केहीकाे जवाफ पाए, केहीकाे पाएनन्। उनले पाएकाे सबभन्दा ठूलाे जवाफ याे थियाे कि मानिसले जे चाहन्छ, त्याे उसले पाउँछ। बस, त्याे चाहना उसकाे हृदयकाे गहिराइबाट निशृत हुनुपर्छ। उनी अरु पनि जवाफहरु खाेज्न चाहन्थे, तर ती अधूरै रहे।

अन्तिमका दिनहरुमा हामीले लण्डनमा खूब राम्राे नाटक हेर्‍याैं। फिल्महरु explore गर्‍याैं। उनी केवल अन्तिममा जुन ट्रिटमेन्ट गरियाे, त्यसबाट रुष्ट थिए।