दाङकाे बंगलाचुलीमा एकै परिवारका ४ सहित १२ जनामा दादुरा सङ्क्रमण

गढवा, २५ जेठ हदाङको बंगलाचुली गाउँपालिकाको हाँसीपुरमा एकै परिवारका चारसहित १२ जनामा दादुरा सङ्क्रमण देखिएको छ ।

परिवारका चार जनामध्ये एक जनालाई आँखाको समस्या र अन्यलाई पखालाको समस्या देखा परेपछि डाक्टरसहितको टोली गएर नमुना सङ्कलन गर्दा हाँसीपुरमा १२ जना दादुराका बिरामी भेटिएका स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्बर कुँवरले बताउनुभयो ।

अझै केही बिरामीको रिपोर्ट आउन बाँकी रहेकाले दादुराका बिरामीकाे सङ्ख्या बढ्न सक्ने उहाँको भनाइ छ ।

मौसम विभागले भन्यो-सकेसम्म ५ दिन बाहिर ननिस्कनुस्, प्रत्येक ४५ मिनेटमा पानी पिउनुस्

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बढ्दो गर्मीलाई मध्येनजर गरेर ५ दिनसम्म अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव दिएको छ । अबको ५ दिन तराईमा तातो हावा र लू लाग्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले यस्तो निर्णय गरेको हो ।

महाशाखालेअझै तराईका भू-भाग र पहाडमा अझै गर्मी बढ्न सक्ने बताएका छन् ।

अहिले तराईका भू-भागमा गर्मी बढेको कारण जनजीवन प्रभावित भईरहेको छ । पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा पनि माथि पुगेको रेकर्ड रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गर्मी बढेसँगै तराईका धेरै विद्यालयले बिदा समेत दिएका छन् ।

गर्मीको समयमा स्वास्थ्यलाई अलि बढी ख्याल राख्नुपर्छ किनकि यो समय धेरै खाले समस्याहरु आउँन सक्छन् ।

गर्मीबाट कसरी बच्ने ?

दिउँसोको समयमा चर्को घाम लाग्ने हुनाले बिहान ११ बजे देखि साँझ ५ बजेसम्म घर बाहिर नजानु होला । यदि अत्यावश्यक कामले घर बाहिर जानु छ भने पनि छाता लिएर जानुहोला ।

सबै भन्दा महत्वपूर्ण कुरा पानी प्रशस्त पिउँनुहोला । पानी पिउनको लागि प्रत्येक ४५ मिनेटको अर्लाम राख्नुहोला र अर्लाम बज्ने बित्तिकै आफुलाई चाहिने प्रशस्त पानी पिउनु होला ।

तरबुजा, काक्रा, स्याउ जस्ता फलफुल र सकेसम्म फलफुलकै जुस प्रशस्त्र मात्रामा खानुहोला ।

साँझको बेला हल्का भोजन गर्नुहोला । तारेको र बढी चिल्लो, पिरो नखानुहोला ।

गर्मीको बेला मदीरा सेवन गर्दै नगर्नुहोला ।

नुन, चिनी तथा कागतीको जुस बनाएर प्रशस्त मात्रामा खानु होला ।

कपासबाट बनेका पातलो लुगा लगाउँनुहोला जसले तपाईंको शरिरलाई केही हद सम्म गर्मी कम गर्नेछ ।

काम परेर बाहिर निस्किदा सनस्क्रिन लगाउँनुहोला जसले तपाईंलाईं सूर्यको हानिकारक किरणहरूबाट बचाउँने छ ।

यदि एसीमा बसिरहनु भएको छ भने एक्कासी बाहिर घाममा नजानुहोला ।

गढवाबाट लमही ल्याएर दिदी बहिनीमाथि करणीको प्रयास, ५ जना पक्राउ

गढवा, २५ जेठ । दाङमा दुई नाबालिका दिदी बहिनीलाई करणी गर्न खोज्ने पाँच जनालाई पक्राउ गरिएको छ । घटनामा संलग्न भएका ५ जनालाई इलाका प्रहरी कार्यालय गढवाले आफ्नो नियन्त्रणमा लिएको र अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय गढवाको प्रमुख नविन ओलीले जानकारी दिनुभयो।

राप्ती गाउँपालिका ३ मसुरीया निवासी १४ र १२ बर्षीया दिदी बहिनीलाई सामूहिक करणी गरेको भन्दै गढवा ६ निवासी दुई जना १६/१६ बर्षीय नाबालकसहित सोही ठाउका १८ वर्षीय दिलशान अहमद, गढवा गाउँपालिका ५ निवासी २० वर्षीय सुहेल खान, कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ११ मैतहवा घर भएका २० वर्षीय जाबेद भन्ने जाविद खानलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन कुमार गौतमका अनुसार नावालिकाहरु गढवा ६ बुद्ध चोक स्थित साथीको घर गएका थिए । त्यही क्रममा नावालिकाका पछाडी ति केटाहरु लागेका थिए । प्रहरी भन्छ ‘साथीको घरमा हुँदा उनीहरुले एक आपसमा जिस्किरहेका थिए ।’

त्यही क्रममा राति ति दुबै नवालिकालाई उनीहरुले मोटरसाईकलमा लमही ५ स्थित रातो डाँडा ल्याएका एक नवालक अभियुक्तको कोठामा ल्याएर करणीको प्रयास गरेका थिए । पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत दाङबाट म्याद थप गरि अनुसन्धान थालेको छ । उनीहरु बिरुद्ध करणी उद्योगमा मुद्दा दर्ता भएको छ ।