सिडियोको ठाडो आदेश पछी राप्ती नदीमा भैरहेको उत्खनन् रोकियो

गढवा, २९ जेठ। दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यको ठाडो आदेश पछी राप्ती नदीमा भैरहेको उत्खनन बन्द गरिएको छ ।

दाङको राप्ती नदीमा केही दिन यता ठुलो संख्यामा स्काभेटर प्रयोग गरि जथाभावी नदीजन्य पदार्थ उत्खनन भैइरहेको जानकारी पाए गढवा गाउँपालिकाको समन्वयमा उत्खनन भैरहेको राप्ती घाटमा टोली पुगेको हो।

प्रमुख जिल्ला अधिकारी सहितको टोली उत्खनन् भैरहेको ठाउँमा छलफल गर्दै। तस्विर :आलोक भावुक

गढवा गाउँपालिका, राप्ती गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकाको सिमानामा भैरहेको उत्खनन् अबैध भन्दै चौतर्फी चर्चाको विषय बनेपछी दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्य, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, इलाका प्रहरी कार्यालय गढवा प्रमुख नविन ओली, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगाएतको टोलीले उत्खनन भैरहेको राप्ती घाटमा पुगेर उत्खनन् को स्थलगत अनुगमन गरेको हो ।

गढवा गाउँपालिका स्थित राप्ती नदीको उत्खनन्मा प्रयोग गरिएका टिप्पर र डोजरहरु। तस्बिर: आलोक भावुक

राप्ति नदीमा भैरहेको उत्खनन मापदण्ड बिपरित भएको हुन सक्ने भन्दै तत्काल उत्खनन् बन्द गर्ने आदेश दिएको दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले जानकारी दिनुभयो।नियमसंगत भएको काम सुचारु हुने अबैध उत्खनन गरिरहने जो कोही लाई पनि नछाड्ने प्रमुख जिल्ला अधिकारी बैद्यले बताउनुभयो।

प्राकृतिक स्रोत साधन उपभोगको अधिकार टेक्दै गढवा गाउँपालिका, राप्ती गाउँपालिका र सितगंगा नगरपालिकाले राप्ती नदीको तिनवटै पालिकाको सिमानामा उत्खनन्को ठेक्का खोलेका छन्। मापदण्ड अनुसार उत्खनन् गर्ने सहमती भएबमोजिम ठेकेदारले मेशिनरी औजार प्रयोग गर्न पाउँदैनथे। उत्खनन्को सिमित गहिराई तोकेर मात्रै उत्खनन् गर्नु पर्ने अर्को अनिवार्य सर्तपनि हो। तर मापदण्ड बिपरित उत्खनन् गरेको पाईएको गढवा गाउँपालिकाले जनाएको छ।

केही दिन यति राप्तीनदीमा दर्जनौ स्काभेटर, टिप्पर र ट्रयाक्टर उत्खनन भैरहेको चौतर्फी आलोचना भैरहेको थीयो।

पालिका अध्यक्ष दमकलमा पानी भरेर कोइलाबास पुगेपछी स्थानीय खुशी

गढवा, २७ जेठ । दाङको कोईलाबासमा पानी सकिएपछी हाहाकार नै मच्चिएको थियो तर जानकारी पाए लगत्तै सनिवार बिहानै दमकलमा पानी भरेर गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र ५नं.वडाध्यक्ष लेख बहादुर थापा लगायतको टिमले कोइलाबासमा पुगेपछी स्थानीय खुसी देखिए।

कोइलाबासमा पानी सकिएको थाहा पाएपछी शनिवार बिहानै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, प्रेस संयोजक आलोक भावुक, पालिका कर्मचारी गणेश यादव र पितानन्द यादव, राजकुमार लोध लगाएतको टिमले सनिवार कोइलाबासमा खानेपानी बितरण गरेको छ।

केही दिन यता चर्को घामका कारण जनजीवन अस्तब्यस्त भएको हो। कुवां ईनार सबै सुके, धारामा पानीको थोपा नचुहिएको कैयौ दिन बित्यो।पानीको मुहानहसबै सुकेपछी कोइलाबास बासीको पानीको समस्याले दैनिकी नै प्रभावित भएको थियो। सनिबार टनटलापुर्ण घाममा जनप्रतिनिधि सहितको टिमले कोइलाबासमा पानी बितरण गरेको पालिकाले जनाएको छ ।

कोइलाबासमा रहेको सरकारी, गैर सरकारी संघ संस्था तथा स्थानीयहरुको घरघरमा पुगेर पानी बितरण गरिएर र यो प्रक्रिया पानीको व्यवस्थापन नहुदा सम्म निरन्तर चालीरहने गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भएको छ । आइतबार पुनः दमकल भरेर कोइलाबास प्रस्थान गरिने र कोइलाबास बासीलाई पानी बितरण गरिने बताइएको छ ।

काठमाडौं वल्र्ड स्कुलको पश्चिम यात्रा दाङबाट सुरु

दाङ २६ जेठ । शिक्षा क्षेत्रमा विशिष्ठ पहिचान बनाउन सफल काठमाडौं वल्र्ड स्कुलले नेपाल टुर कार्यक्रम अन्तगर्त पश्चिम नेपालको यात्रा दाङबाट सुरु भएको छ । शुक्रबार घोराहीको भिंग्रेली रिर्सोटमा एक कार्यक्रमका बीच स्कुलको पश्चिम यात्रा सुरु भएको हो । शिक्षक, शिक्षाप्रेमी, अभिभावक, विद्यार्थी, उद्योगी, व्यवसायी, सञ्चारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा अबको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा साक्षात्कार समेत गरिएको थियो ।

सो अबसरमा विद्यालयका चियरमेन इ.डा.मिथिलेश कुमार झाले अहिलेको शिक्षा जीवन उपयोगी हुनुपर्ने बताउँदै समय अनुसार शिक्षाले सबै क्षेत्रको नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने धारणा

राख्नुभयो । कार्यक्रममा प्रशिक्षणत्मक मन्तव्य राख्दै स्कुलका प्रिन्सिपल केशर बहादुर खुलालले विद्यालयले जीवन उपयोगी शिक्षा प्रदान

गरिरहेको चर्चा गर्दै आफूहरु विदेशमा प्लसटू लेभलसम्म अध्ययन गर्न जाने विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेर यही रोक्ने मनसायका साथ अगाडी बढेको बताउनुभयो । पूर्वका मुख्य शहरहरुमा स्कुलले नेपाल टुर अन्तरगत कार्यक्रमहरु गरिसकेको छ ।

यसैगरी बुटवललगायतका शहरहरुमा पनि कार्यक्रमको भैसकेको छ । दाङमा शुक्रबार कार्यक्रम सम्पन्न भएको र अब सुर्खेत, धनगढीलगायतका शहरहरुमा पनि नेपाल टुर अन्तर्गतका कार्यक्रमहरुको आयोजना गर्ने तयारी गरिएको स्कुलले जनाएको छ ।

काठमाडौमा बिशिष्ठ स्कुलकारुपमा स्थापित काठमाडौं वल्ड स्कुलले पछिल्ला दिनहरुमा वहुउपयोगी शिक्षाका लागि काठमाडौं बाहिर जानुपर्ने बाध्यतालाई धेरै हदसम्म हटाउन सफल भएको स्कुलले जनाएको छ । वल्र्ड स्कुल शैक्षिक जगतमा चिरपरिचित नाम हो । छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको छ । स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको छ ।

स्कुलको पूर्वाधार र सुविधाहरू समेत अत्याधुनिक र सुविधा सम्पन्न छन् । कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्नेमा वल्र्ड स्कुलले जोड

दिँदै आएको स्कुलका चियरम्यान इ. डा. मिथिलेश कुमार झाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष सविन प्रियासनले अन्र्तराष्ट्रिय मापदण्डको शिक्षा प्रदान गरिरहेको काठमाडौं वल्र्ड स्कुलले मुलुकको समृद्धि र विकासमा टेवा पु¥याउन, नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेकोमा प्रशंशा गर्नु भएको थियो । स्थानीयरुपमा कार्यक्रमको संयोजन गरेको सभ्यता पाठशालाका चियरमेन महेन्द्र बुढाथोकीले काठमाडौंमा पहिलो दर्जाको स्कुलकारुपमा स्थापित काठमाडौं वल्र्ड स्कुलसँग आफूहरुले सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्नु भएको थियो । सभस्यता पाठशालाका शैक्षिक निर्देशक केशरमान बिसिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ऋचा बुढाथोकीले गर्नु भएको थियो ।