राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २८ असार 

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम आज राति १२ बजेदेखि लागू हुने गरी मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेकी हुन् । राष्ट्रियसभाको आजको बैठकले असार २९ गते दिनको ३ बजे बस्ने गरी निर्धारण…

सानो आकारको मन्त्रिमण्डल बनाउँदै देउवा
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २८ असार 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । सर्वोच्चको फैसला लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने र दलहरुकोबीचमा सहमति र सहकार्यलाई अगाडि बढाउँदै…

नेपाल समूह गठबन्धनबाट अलग्गिने, देउवालाई विश्वासको मत पनि नदिने
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २८ असार 

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको नेकपा एमालेको माधव नेपाल समूह ५ दलीय गठबन्धनबाट बाहिरिने भएको छ ।सर्वोच्च अदालतको फैसलापछिको अवस्थाबारे छलफल गर्न सोमवार कोटेश्वरमा बसेको बैठकमा नेता नेपालले परिस्थिति बदलिएको भन्दै गठबन्धनमा नरहने जानकारी गराएका हुन् ।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID