२० वर्षमै प्रधानाध्यापक बनेकी रक्षाकुमारी यादव : लगनशील छोरीलाई बधाईको ओइरो
दाङ,१६ मंसिर। दाङको बबाई गाउँपालिका -७ जलजला मलई दाङस्थित श्री सरस्वती आधारभूत विद्यालयकी रक्षाकुमारी यादव २० वर्षको उमेरमै विद्यालयको नेतृत्व सम्हाल्न सफल भएकी छन्। अत्यन्त कम उमेरमै शिक्षा प्रशासनको जिम्मेवारी वहन गर्दै अगाडि बढेकी रक्षाको यो कदम स्थानीय समुदायका लागि प्रेरणादायी…

