‘यशाेदा’ (२०२२):- यशाेदाका रङहरु

नारी पराधिनता इंडियन सिनेमाहरुकाे एक ‘एसेन्टियल पार्ट’ हाे। एकदमै नाजुक हुनु, काेमल हुनु, छुँदै दाग लाग्ला जस्ती गाेरी हुनु, शालिन हुनु, सँस्कारी हनु, कमजाेर, दुर्बल हुनु इंडियन सिनेमाहरुकाे नारी पात्रहरुकाे स्थायी विशेषता हाे चाहे त्याे बलिउडकाे फिल्म हाेस् वा साउथकाे फिल्म हाेस्। इंडियन फिल्महरुमा नारी पात्र प्रायः आफ्नाे अस्मिताकाे रक्षा, जीविकानिर्वाह र हकअधिकार तथा न्यायप्राप्तिकाे लागि लड्न वा सँघर्ष गर्न असक्षम र असमर्थ हुन्छन् र पूर्ण रुपमा पुरुष पात्र वा नायकमाथि निर्भर र आश्रित हुन्छन्। उनीहरुलाई नायकले नै बिहे गरेर सुरक्षित जीवन दिनुपर्ने हुन्छ, नाैकरी गरेर पाल्नुपर्ने हुन्छ। खलनायकहरुबाट उनीहरुकाे अस्मिताकाे रक्षा गरिदिनुपर्ने हुन्छ। इंडियन सिनेमाका नायिकाहरु प्रतिकार वा प्रतिराेध गर्न सक्दैनन्, आफ्नाे बचाऊ गर्न सक्दैनन् र उनीहरु आफ्नाे बचाऊका लागि कुनै नायककाे आगमनकाे प्रतीक्षा गर्छन् कि नायक आउनेछ र खलनायकहरुबाट उनकाे रक्षा गर्नेछ। अनि, उनलाई त्याे नायकसँग प्रेम हुनेछ। उनकाे न्यायकाे लडाइँ पनि नायकले नै लडिदिनेछ, उनकाे लागि खलनायकहरुसँग नायकले नै बदला लिइदिनेछ। नायिकाप्राय: सिनेमाहरुमा गुडिया जसरी सजिने, श्रृङ्गारपटार गरेर राम्री देखिने, नायकलाई प्रेम गर्ने अनि कहिलेकाहीँ नायक र खलनायकहरुकाे टसलमा खलनायकहरुकाे काेपभाजनमा पर्ने गरेकाे देखिन्छ इंडियन सिनेमाहरुमा। नायिकाहरुकाे काम यति नै हुने गर्छ इंडियन सिनेमाहरुमा। अरु त अरु ‘जय भिम’ जस्ताे वामपन्थी फिल्म समेत सिनेमाकाे याे मान्यता र ढाँचाबाट मुक्त छैन।

यस्ताे छ सिनेमाकाे यथार्थ अवस्था। यस्ताे अवस्थामा जब-जब म नायिकाकाे सशक्त भूमिका भएका सिनेमाहरु बनेकाे देख्छु, तब-तब मलाई भित्रैदेखि खुशी लागेर आउँछ। नायिकाले मुख्य र बलियाे भूमिका निर्वाह गरेका सिनेमाहरु हेर्न पाउँदा मेराे मनले एकप्रकारकाे सन्तुष्टि पाउने गर्छ। नायिका सिनेमामा प्रधान भूमिकामा हुनु नै आधा ब्याटल जिते जस्ताे लाग्छ मलाई, बाँकी आधा ब्याटल (कथा-पटकथा र अन्य पाटाेहरु) काे परिणाम जेसुकै/जस्ताेसुकै भए पनि। यसरी, नायिकाकाे प्रधान भूमिका भएकाे, नायिकालाई केन्द्रमा राखेर बनाइएको र नायिकाकाे सशक्त प्रस्तुति र अभिनय भएकाे सिनेमाहरुले मलाई सधै तान्ने गरेकाे छ। मैले भर्खरै हेरेकाे सिनेमा ‘यशाेदा’ पनि यसकाे अपवाद थिएन। ‘यशाेदा’ एक तेलुगु फिल्म हाे जसलाई हिन्दी सहित सबै प्रमुख दक्षिण भारतीय भाषाहरुमा डब गरेर रिलिज गरिएकाे थियाे। ‘यशाेदा’ फिल्मकाे केन्द्रमा साउथका समान्थ रुथ प्रभु नामक एक्ट्रेस छन् जाे विगत लामाे समयदेखि साउथकाे टप एक्ट्रेसकाे रुपमा रहिआएका छन्।

‘यशाेदा’ उर्फ समान्थ रुथ प्रभु

‘यशाेदा’ यशाेदा नामक एक यस्ती युवती (समान्थ रुथ प्रभुु) काे कथा हाे जाे एक सेराेगेटेट मदर हुन्। उनी सेराेगेसीका लागि भर्ना भएका नर्सिङ हाेममा सेराेगेसीकाे नाममा एउटा अवैध र अमानवीय धन्दा चलिरहेको हुन्छ, जसकाे पर्दाफास गर्न उनी त्याे धन्दा चलाइरहेका व्यक्तिहरुसँग फाइट गर्छिन्। याे उनकाे फाइटिङकाे कथा हाे। उनकाे प्रतिद्वन्द्वीहरु निकै पावरफुल हुन्छन् र उनीहरुसँग पाेलिटिशियनकाे पावर पनि हुन्छ। यस्ता पावरफुल व्यक्तिहरुसँग लड्न यशाेदा कति पावरफुल हुनुपर्छ हाेला, आफै अनुमान लगाउनुहाेस्। यस सिनेमामा यशाेदाकाे पात्र सुरुमा सरल-साधारण र निर्बल देखिन्छ। तर यशाेदाकाे कथा अनि बढ्दै जाँदा याे पात्र बिस्तारै खुल्दै जान्छ, उनकाे वास्तविक रङ देखा पर्दै जान्छ र क्लाइमेक्समा आइपुग्दासम्म उनी पूर्ण रुपमा खुलिसक्छिन्, त्यसबेला उनकाे जुन साँगाेपाँगाे चरित्र देखिन्छ, त्याे निकै नै सशक्त, साहसी र जुझारु तथा लडाकु लाग्छ। याे पात्रकाे वास्तविकतालाई तब मात्र दर्शकहरुले छर्लङ्गसँग थाहा पाउँछन्।

‘यशाेदा’ काे कमजाेर पक्ष भनेकाे यसकाे सुरुवातकाे न्यारेशन हाे। यसकाे सुरुकाे ४५ मिनेट एकदमै सुस्त र कता कता निरस पनि लाग्छ। तथापि उक्त समयमा पनि ‘स्टाेरी बिल्ड’ भइरहेकाे हुन्छ। ४५ मिनेटपछि भने यशाेदाकाे पात्र हर्कतमा आउँछ। त्यसपछि यस सिनेमाले पनि गति लिएकाे महसुस हुन्छ। त्यसपछि भने खासै बाेर लाग्दैन। सिनेमाकाे कथासँगै बगिन्छ। यसकाे कथा केही घुमाएर भनिए पनि कथालाई सजिलै बुझ्न सकिन्छ। तसर्थ, यसकाे न्यारेशन ननलिनियर भए पनि जटिल छैन। अर्काे कुरा, नायिकाकाे पात्र जाे गर्भवती हुन्, उनलाई गर्भ भएकाे पेट बाेकेर लडेकाे, भिडेकाे, दाैडेकाे, उफ्रेकाे आदि हर्कतहरु गरेकाे देखाइएकाे छ। एक गर्भवती युवतीले यस्ताे उछलकुद वा शारीरिक हर्कतहरु गरेकाे देख्दा अलि हजम हुँदैन। अझ एउटा दृष्यमा खलनायकले उनकाे (बच्चा भएकाे भनिएकाे) पेटमा मुक्का बजार्दा पनि उनलाई खासै दखल परेकाे (बच्चा मरेकाे, शारीरिक डिफल्ट भएकाे, एमरजेन्सीमा भर्ना हुनुपरेकाे आदि) देखाइन्दैन। यी दृष्यहरु पचाउन अलि गाह्राे पर्छ तर कथाकाे माँगकाे हिसाबले निर्दैशकले यी सिक्वेन्सहरुमा ‘सिनेम्याटिक लिबर्टी’ काे प्रयाेग गरेकाे भन्न सकिएला। यधपि, यी दृष्यहरुलाई निकै यथार्थपरक शैलीमा, वास्तविक लाग्ने गरि देखाउने काेशिश गरिएकाे छ। स्क्रिप्टलेखनकाे कुरा गर्दा यतिकाे स्क्रिप्टलेखन र पटकथाकाे बुनावटलाई म राम्रै भन्छु। यसकाे परिवेशमा एउटा ठूलाे नर्सिङ हाेम, जँगल, जँगलमा अवस्थित एक जर्जर हवेली, सुरुङजस्ताे बाटाे र बाहिरकाे सडकमात्र छ। याे कुनै आकर्षक लाेकेशन हाेइन। तर यिनै लाेकेशनहरुमा केन्द्रित रहेर सिनेमाले दर्शकहरुकाे ध्यान तान्ने काेशिश गरेकाे हुन्छ जुन कथाकाे माँगकाे हिसाबले सही छ, अनि दर्शकहरुलाई केही हदसम्म यसले तान्छ पनि।

‘यशाेदा’ का कलाकारहरु

यशाेदा’ एक नायिकाप्रधान सिनेमा हाे र समान्थ रुथ प्रभु यस सिनेमाका मेरुदण्ड हुन्। उनले यस सिनेमामा यशाेदाकाे शीर्ष भूमिका निर्वाह गरेकी छन्। उनी यस सिनेमाकाे केन्द्रमा छन् र सिङ्गाे सिनेमालाई आफ्नाे काँधमा बाेकेकी छन्। अन्य कलाकारहरुले उनलाई ठीकठाक साथ दिएका छन्। ‘यशाेदा’ पूर्ण रुपमा समान्थकाे शाे हाे। अभिनयकाे कुरा गर्दा उनी एकदमै टप फर्ममा देखिन्छन्। यशाेदाकाे क्यारेक्टर, क्यारेक्टरका लेयरहरुकाे क्रमश: उद्घाटन र तिनकाे ट्रान्सफर्मेशनकाे प्रक्रियालाई राम्राेसँग enact गर्न उनी सफल भएकी छन्।

‘यशाेदा’ मा समान्थ ‘टप फर्म’ मा देखिन्छन् तर ‘एज फ्याक्टर’ बलिउड र साउथ दुवैतिरकाे फिल्म इंडष्ट्रीमा काम गर्ने हिराेइनहरुकाे लागि एउटा ‘ब्यारियर’ बन्ने गरेकाे छ। एक निश्चित उमेर (३५ बर्ष) पार गरेपछि टप हिराेइनहरुले पनि सिने इंडष्ट्रीमा महत्व पाउन छाेड्छन्, र हिराेइनबाट क्रमशः क्यारेक्टर आर्टिस्टमा बदलिन्छन्। कतिपय हिराेइनहरु त ‘मेराे समय अब सकियाे’ भन्ने कुरालाई स्वीकार गरेर विवाह गर्छन् र फिल्म इंडष्ट्रीलाई छाड्छन्, फिल्म इंडष्ट्रीबाट हराउँछन्। सिमरन, ज्याेतिका, लैला, तृषा, असिन, श्रिया, इलियना, काजल आदि थुप्रै टप एक्ट्रेसहरु एक खास उमेर पार गरेपछि फिल्म इंडष्ट्रीबाट हराए, विवाह गरे, सेट्टल भए वा फिल्महरुमा आफ्नाे इंपाेर्टेन्स गुमाए। समान्थ उमेरकाे त्यही हदबन्दीमा आइपुगेकी छिन्। (उनी अहिले ३५ बर्ष पुगेकी छन्।) के उनकाे सिने करिअर ३५ कटिसकेपछि पनि यसरी नै उत्साहपूर्वक र सफलतापूर्वक अघि बढ्ला? वा उनी पनि यसअघिका अन्य टप एक्ट्रेसहरु जस्तै एज ब्यारियरकाे सिकार बन्लिन्? उनकाे करिअरकाे भविष्य के हाेला? उनकाे करिअरले अब कस्ताे माेड लेला? के उनी उमेरकाे ‘डेडलाइन’ लाई पार गरेर अहिलेकाे आफ्नाे स्टारडमलाई कायमै राख्न सफल हाेलिन् त? याे अब्जर्ब गर्नु राेचक हुनेछ।

समान्थ रुथ प्रभु उर्फ यशाेदा

साउथ फिल्म इंडष्ट्रीमा नयनतारा एउटा अपवाद हुन् जाे ३८ बर्षकाे उमेरमा पनि अझै पनि शिखरमै छिन्। उनले अझै पनि आफ्नाे स्टारडमलाई कायमै राखेकी छन्। उनले आफ्नाे इंपाेर्टेन्स गुमाएकी छैनन्। भर्खरै मात्र उनले विवाह गरिन् तर उनले विवाह गरेता पनि आजकाे मितिसम्म पनि उनी नै साउथ फिल्म इंडष्ट्रीकाे highest paid actress हुन्। बलिउडकाे हकमा भने दीपिका पादकाेण हुन्, जाे अहिले ३६ बर्षकी भईन् अर्थात् उनले पनि एजकाे अघाेषित हदबन्दीलाई नाघिसकेकी छन् तर अझै पनि उनी बिकनीमा आफ्नाे जादू छरिरहेकी छिन्। ‘पठान’ काे भर्खरै रिलिज भएका उनकाे गीतलाई सम्झनुहाेस्। तर उनलाई ‘उनकाे जवानी ढल्किसकेकाे, उनी अब बुढी भइसकेको, उनमा आकर्षण बाँकी नरहेकाे, चार्म बाँकी नरहेकाे, उनकाे बुढी-चाउरी परेकाे शरीर अब कसैले नहेर्ने’ भन्दै साेशल मिडियामा एक खाले मान्छेहरुले उनलाई ट्राेलिङ गर्न पनि सुरु गरिसकेका छन्। दीपिकाले बिकनी लगाएकाे कुरालाई नग्नताकाे सँज्ञा दिएर भारतमा विराेधप्रदर्शन र पुतलादहन सुरु भइसकेकाे छ। जसमा भाजपा र आरएसएस समर्थित अन्धभक्त भनेर चिनिने जमातकाे प्रमुख भूमिका रहेकाे छ। यही जमातकाे अग्रसरतामा याे सब भइरहेको छ। याे घृणा आन्दोलनकाे नेतृत्व यिनीहरुले नै गरिरहेका छन्। साेसल मिडियामा ‘दीपिकाकाे चाउरी परेकाे बुढी शरीर अब कसैले नहेर्ने’ भन्दै निम्नकाेटीकाे टिप्पणी पनि यही जमातले गरिरहेकाे छ। याे भन्दा पनि निम्नकाेटीका टिप्पणीहरु दीपिकामाथि साेसल मिडियामा अन्धभक्तहरुले गरिरहेका छन्। पागलपनकाे हद त कतिसम्म पुगेकाे छ भने दीपिकाकाे बिकनीलाई लिएर साँसदहरु नै बयानबाजीमा उत्रिएका छन्। हुदाँहुदाँ त मध्यप्रदेश सरकार नै याे पागलपनमा सामेल भएकाे छ। मध्यप्रदेश सरकारकाे एकजना मन्त्रीले (गृहमन्त्री हुनुपर्छ) ‘दीपिकाले भगवा रङकाे बिकनी लगाएर हिन्दुहरुकाे भावनालाई आहत गरेकाे, बिकनीमा नग्न शरीरकाे प्रदर्शन गरेर समाजमा अश्लीलता फैलाएकाे र भगवाकाे अपमान गरेकाेमा सार्वजनिक रुपमा माफी माग्नुपर्ने, अनि फिल्ममा पूरै लुगा लगाएर शरीर ढाक्नुपर्ने अन्यथा उनकाे फिल्म ‘पठान’ लाई आफ्नाे राज्यमा चल्न नदिने, प्रतिबन्ध लगाउने’ सार्वजनिक उद्घाेष नै गरेकाे छ। स्त्रीद्धेषकाे याे पागलपन, नायिकाले बिकनी लगाएकाे कुरालाई लिएर साँसददेखि मन्त्रीसम्म अफेन्ड हुनु र बयानबाजी तथा विराेधमा उत्रिनुले पितृसत्तात्मक पुरुषवादी अहँकार र स्त्रीद्धेष (मिसाेजिनी) काे उच्चतम हदलाई दर्शाउँछ। के गर्ने अहिले भारतमा यही सब बाैलाहट्ठी भइरहेको छ। यस्ताे बाैलाहट्ठीकाे माहाैलमा केही बाेले साेसल मिडिया र सार्वजनिक रुपमै आफ्नाे चरित्रकाे मब लिन्चिङ गरिने भयले हाेला, धेरैजसाे अभिनेत्रीहरु चुप लागेर बसेका छन् तर कर्णाटकका दिव्या स्पन्दना ‘राम्या’ ले भने याे मिसाेजिनीकाे सशक्त प्रतिवाद गरेकी छन्। उनकाे तलकाे ट्विट हेर्नुहाेस्।

यस्ताे हाेइन की दिव्या स्पंदना ‘राम्या’ काे प्रतिराेध साेसल मिडियामा मात्र सीमित छ। राम्या मिडिया वा साेसल मिडियामात्र हाेइन, समाज र सडकमा पनि उत्तिकै ‘भाेकल’ छिन्। राम्या एक राजनीतिक प्राणी हुन्। उनी इंडियन नेशनल काँग्रेस (आई) का युथ विङ्स अर्थात् युवा सँगठनका अध्यक्ष पनि हुन्। त्यसैले, उनी एक क्रियाशील एक्टिभिष्ट हुन्। भारतमा प्रकट हुने मिसाेजिनी, कम्युनालिज्म, साम्प्रदायिक ध्रुवीकरणलगायत महँगी, बेराेजगारी र सरकारका गलत कामकारवाहीहरुलाई लिएर सिनेक्षेत्रबाट यदि कुनै अभिनेत्री सबैभन्दा बढी मुखर छन् भने तिनी राम्या नै हुन्। (अभिनेतामा चाँहि प्रकाश राज हुन्। त्यसैले मलाई लाग्छ, राम्या र प्रकाश राज सम्पूर्ण फिल्म इंडष्ट्रीका गहना हुन् जसमाथि सिङ्गाे मुलुकले गर्व गर्न सक्छ।) राजनीति र एक्टिभिजमका व्यस्त भएका कारण राम्या लामाे समयदेखि फिल्महरुबाट टाढिएकी छन्। उनकाे नयाँ फिल्म नआएकाे धेरै भइसक्याे। तर युट्युबमा उनका पुराना फिल्महरु उपलब्ध छन्। ‘रँगा एसएसएलसी’, ‘अरासु’ (जिन्दा दिली), ‘वारानम अयिराम’ (सूर्या का याराना) जस्ता उनका राम्रा फिल्महरु युट्युबमा हिन्दी डबमा पनि उपलब्ध छन्।

दिव्या स्पन्दना ‘राम्या’

फेरि ‘यशाेदा’ तिरै फर्किन्छु। ‘यशाेदा’ समान्थकाे करिअरकाे एक ‘क्रुसल’ फिल्म थियाे। (यहाँबाट सजिलाेकाे लागि फिल्म शब्दकाे प्रयाेग गरेकाे छु।) खासगरि, उनी बताैर हिराेइन वा लिड एक्ट्रेस, कुनै पनि हिराेकाे सहारा नलिई, आफ्नै दममा कुनै पनि फिल्मलाई आफ्नाे काँधमा बाेकेर बक्स-अफिसकाे अग्निपरीक्षामा पार लाउन सक्छिन् कि सक्दिनन् भन्ने कुराकाे ‘लिटमस टेस्ट’ थियाे याे फिल्म। छाेटाेमा, उनकाे स्टारपावर कति छ? के उनी साेलाे हिराेइनकाे रुपमा सिँगल फिल्म डिजर्ब गर्छिन् त? भन्ने कुराकाे लिटमस टेस्ट थियाे याे फिल्म। यसकाे नतिजाले उनकाे स्टारपावर वा स्टारडमकाे छिनाेफानाे गर्नेवाला थियाे। ‘हिराेइनकाे रुपमा उनी के-कति भाऊ वा इंपाेर्टेन्स डिजर्भ गर्छन् वा गर्दैनन्?’ भन्ने कुराकाे छिनाेफानाे गर्नेवाला थियाे। त्यसैले याे फिल्म उनकाे करिअरकाे ‘क्रुसल’ फिल्म थियाे।

अल इंडिया करिब ७०० वटा स्क्रीनहरुमा रिलिज गरिएकाे याे फिल्मले पहिलाे दिनमा केवल ३.७० कराेड रुपैयाँ कलेक्शन गरेकाे थियाे जुन समान्थकाे स्टारडमकाे तुलनामा धेरै कम थियाे। यसले उनकाे स्टारपावर हामीले साेचे जति वा प्रचार गरिए जति रहेनछ भन्ने इंप्रेसन मानिसहरुलाई दियाे। पहिलाे विकेन्डमा यसले ११.८५ कराेड रुपैयाँ कलेक्शन गर्‍याे। तर पहिलाे हप्तामा यसकाे कलेक्शन कुल १७.१२ कराेड रुपैयाँ पुग्याे जुन फिल्मकाे बजेट रिकभरीकाे हिसाबले सन्ताेषजनक थियाे। हलहरुबाट चलेर उत्रन्दासम्म अन्ततोगत्वा ‘यशाेदा’ ले जम्मा २८.२० कराेड रुपैयाँ ग्राेस कलेक्शन गर्‍याे। कर कटाएर २३.४० कराेड रुपैयाँ नेट कलेक्शन गर्‍याे। साथै, ‘यशाेदा’ ले ओभरसिजकाे ३०० वटा स्क्रीनहरुबाट ६.१० कराेड रुपैयाँ कलेक्शन थप्याे। यसरी करिब २० कराेड रुपैयाँकाे बजेटमा बनाइएकाे याे फिल्मले लगानी उठाएर यसका निर्माताहरुलाई थाेरबहुत मुनाफा पनि कमाएर दियाे। ‘यशाेदा’ काे सेटलाइट राइट्सकाे पैसा चाेखाे मुनाफा बस्ने भयाे। हरेक दस-दसबर्षमा सेटलाइट राइट्स फेरि-फेरि बेच्न सकिन्छ जसले टिभीबाट आजीवन मुनाफा दिइरहनेछ। सिनेमाहलहरुमा गरेकाे प्रदर्शन वा व्यापारकाे आधारमा भने याे फिल्म सेमी-हिट (अर्धसफल) घाेषित भयाे। तर समान्थकाे स्टारपावर अपेक्षाकृत बलियाे वा प्रभावशाली देखिएन। पहिलाे हप्तामा केवल ३.७० कराेड रुपैयाँकाे कलेक्शनले उनकाे फिल्म अपेक्षा गरेभन्दा धेरै कम दर्शकहरुले मात्र हेरेकाे देखायाे। धन्न पहिलाे हप्ताकाे १७ कराेड रुपैयाँकाे कलेक्शनले लाज धान्याे।

‘यशाेदा’ काे पाेस्टर

हिन्दी बेल्टहरुमा त ‘यशाेदा’ काे व्यापारकाे अवस्था झनै नाजुक देखियाे। ‘दि फेमिली म्यान-२’ बाट हिन्दी दर्शकहरुमाझ पनि समान्थकाे राम्राे नाम र प्रभाव बनेकाे विश्वास गरिएकाे थियाे तर हलहरुमा ‘यशाेदा’ हेर्ने दर्शकहरुकाे अभावले त्याे विश्वास मिथ्या भएकाे प्रमाणित गर्‍याे। समान्थकाे हिन्दी बेल्टमा कुनै स्टारपावर वा फ्यान्स फलाेविङ नै देखिएन। हिन्दी बेल्टहरुमा उनकाे स्टारडमकाे कुनै प्रभाव वा असर नै देखिएन। हिन्दी बेल्टहरुमा पहिलो दिन ‘यशाेदा’ ले केवल ३२ लाख रुपैयाँ कलेक्शन गर्‍याे, पहिलाे विकेन्डमा केवल १.०८ कराेड रुपैयाँ कलेक्शन गर्‍याे, पहिलाे हप्तामा १.५७ कराेड रुपैयाँ कलेक्शन गर्‍याे, अनि लाइफटाइम १.७५ कराेड रुपैयाँ नेट कलेक्शन गर्दै याे फिल्मले wrap up गर्न पुग्याे। यसकाे लाइफटाइम कलेक्शन २ कराेड पनि पुगेन। (हुन त साउथकाे सुपरस्टार थलपति विजयकाे फिल्म ‘मास्टर’ (२०२१) ले पनि हिन्दी बेल्टमा केवल ३ कराेड रुपैयाँ लाइफटाइम कलेक्शन गरेकाे थियाे। साउथकाे बिग स्टारहरु, सुपरस्टार भनिएकै स्टारहरुकै फिल्महरु पनि हिन्दी बेल्टमा चलेकाे देखिन्दैन। जबकि युट्युब र टिभीमा भने उनीहरुकै फिल्महरुकाे क्रेज वा पपुलारिटी देखिन्छ तर त्याे क्रेज वा पपुलारिटी सिनेमाहलहरुमा उनीहरुकाे नयाँ फिल्महरुलाई रिलिज गर्दा भने देखिन्दैन। समान्थकाे पनि ‘दि फेमिलीमेन-२’ काे समयमा खुब सरहना भएकाे थियाे। खुब चर्चा र प्रशंसा भएकाे थियाे। मिडिया र साेसल मिडियाहरुमा त उनकाे प्रशँसाहरुकाे बाढी नै आएकाे थियाे तर त्यसकाे प्रभाव सिनेमाहलहरुमा देखिएन। ओटिटीमा उनले कमाएकाे लाेकप्रियताले ओटिटीकाे दैलाे नाघेर सिनेमाहलहरुसम्म प्रवेश गरेकाे देखिएन।)

तर समान्थ मूलभूत रुपमा तेलुगुकाे एक्ट्रेस भएकाेले तेलुगुभाषी क्षेत्रहरुमा उनकाे अन्तभन्दा राम्राे प्रभाव बरकरार रहेकाे देखियाे। जे हाेस्, यसपटक त समान्थले जसाेतसाे बक्सअफिसकाे अग्निपरीक्षा पास गरिन् (निर्मातालाई डुब्नबाट बचाइन्। लगानी पनि उठाइदिइन्।) तर उनकाे स्टारपावर भने अझै पनि प्रमाणित भइसकेकाे छैन, अझै पनि परीक्षणमै छ। समान्थले बढीमा २०-२२ कराेडसम्मकाे बजेट भएकाे मध्यमस्तरकाे फिल्ममात्र धान्न सक्छन्। त्यसभन्दा बढी बजेट भएकाे अथवा बिग बजेट भएकाे फिल्म धान्न सक्दैनन् भन्ने देखिएकाे छ। निर्माताहरु उनी त्याे भन्दा बढी बजेट भएकाे फिल्महरु आफ्नै दममा धान्न सक्छिन् भन्ने कुरामा विश्वस्त भइरहेका छैनन्।

यशाेदा उर्फ समान्थ

तर निर्माताहरु विश्वस्त भए पनि, नभए पनि आजकाे तारिखमा साउथमा नयनतारा र समान्थमात्र यस्ता (स्टारडम भएका) अभिनेत्रीहरु हुन्, जाे निर्माताहरुलाई आफ्नै भरमा उनीहरुकाे लागत उठाएर दिने क्षमता राख्छन्, फिल्मलाई आफ्नाे काँधमा फिल्म बाेकेर हिँड्ने क्षमता राख्छन्। अन्य नायिकाहरुले याे क्षमता राख्दैनन्। किनभने उनीहरु जतिकाे स्टारपावर अरु नायिकाहरुमा छैन। उनीहरु पक्का स्टार हुन्, बाँकी अन्य नायिकाहरुमात्र हुन्। नायिका हुनु र स्टार हुनु एउटै कुरा हाेइन। सबै स्टार नायिका हुन्, सबै नायिका स्टार हाेइनन्। साउथमा अरु पनि थुप्रै थिए स्टार नायिकाहरु, सबै एक-एक गर्दै हराउँदै गए। अब नयनतारा र समान्थ दुईजनामात्र स्टार हिराेइन बाँकी छन् साउथमा जाे पुराना पनि हुन् र अनुभवी पनि। उनीहरु स्टार भइसकेका हुन्। बाँकी अरु नायिकाहरु ‘स्टार इन मेकिङ’ प्राेसेसमै छन्। स्टार भइसकेका छैनन्।

नारी पराधिनता भारतीय सिनेमाहरुकाे चरित्र नै बनेकाे थियाे। हिजाेसम्म पनि भारतीय सिनेमाहरु नारी पराधिनताकै लागि चिनिन्थे। तर अहिले भारतीय सिनेमाहरुकाे याे चरित्र बदलिन्दै गइरहेको छ। सिनेमाहरु परिवर्तन हुँदै गइरहेका छन्। हिजाेकाे नाजुक, लाचार, पराश्रित नारी पात्रहरुकाे स्थान आज सशक्त, सक्षम र आत्मनिर्भर नारी पात्रहरुले लिइरहेका छन्। अझ आज बलिउडकाे तुलनामा साउथले नायिकाहरुलाई केन्द्रमा राखेर बढी मात्रामा फिल्महरु बनाइरहेकाे छ। सशक्त, सबल र सक्षम नायिकाहरु पर्दामा गढिरहेकाे छ। नारीप्रधान सिनेमाहरुकाे एउटा छुट्टै श्रृङखला नै चलिरहेको छ साउथकाे सिने इंडष्ट्रीहरुमा। ‘अरामम’ (तेजस्विनी), ‘रातचासी’ (म्याडम गीता रानी), ‘वाइफ अफ राम’, ‘भागमती’ यस्तै नारीप्रधान फिल्महरु हुन्। ‘यशाेदा’ यही श्रृङखलाकाे लेटेस्ट कडी हाे। अनि, यी सबै फिल्महरुमा पुराना नायिकाहरु छन्। अरामम’ (तेजस्विनी) मा नयनतारा छन्, ‘रातचासी’ (म्याडम गीता रानी) मा ज्याेतिका छन्, ‘वाइफ अफ राम’ मा लक्ष्मी मँचु छन् भने ‘भागमती’ मा अनुष्का शेट्टी छन्। अनि ‘यशाेदा’ मा समान्थ छन्। यी सबै पुराना अभिनेत्रीहरु हुन्, जति पुरानाे, उति खारिएकाे अभिनय। नयाँ नायिकाहरु काेही पनि छैनन्। यसले पनि पुराना बाहेकका नायिकाहरु स्टार भइनसकेकाे मेराे भनाइलाई पुष्टि गर्छ। नयाँ पुस्ताका नायिकाहरुमध्ये ‘महानती’ र ‘सानी कायिधम’ जस्ता फिल्महरुका नायिका कीर्ति सुरेश र ‘कना’ (नट आउट) र ‘का पाई रणसिँगम’ जस्ता फिल्महरुका नायिका ऐश्वर्या राजेश याे ‘स्टार इन मेकिङ’ प्राेसेसमा सबभन्दा अगाडि देखिन्छन्।

यशाेदा (२०२२):- यशाेदका रङहरु

 

नारी पराधिनता इंडियन सिनेमाहरुकाे एक एसेन्टियल पार्ट हाे। एकदमै नाजुक हुनु, काेमल हुनु, छुँदै दाग लाग्ला जस्ताे गाेरी हुनु, शालिन हुनु, सँस्कारी हनु, कमजाेर, दुर्बल हुनु इंडियन सिनेमाहरुकाे नारी पात्रहरुकाे स्थायी विशेषता हाे चाहे त्याे बलिउडकाे फिल्म हाेस् वा साउथकाे फिल्म हाेस्। इंडियन फिल्महरुमा नारी पात्र प्रायः आफ्नाे अस्मिताकाे रक्षा, जीविकानिर्वाह र हकअधिकार तथा न्यायप्राप्तिकाे लागि लड्न वा सँघर्ष गर्न असक्षम र असमर्थ हुन्छन् र पूर्ण रुपमा पुरुष पात्र वा नायकमाथि निर्भर र आश्रित हुन्छन्। उनीहरुलाई नायकले नै बिहे गरेर सुरक्षित जीवन दिनुपर्ने हुन्छ, नाैकरी गरेर पाल्नुपर्ने हुन्छ। खलनायकहरुबाट उनीहरुकाे अस्मिताकाे रक्षा गरिदिनुपर्ने हुन्छ। इंडियन सिनेमाका नायिकाहरु प्रतिकार वा प्रतिराेध गर्न सक्दैनन्, आफ्नाे बचाऊ गर्न सक्दैनन् र उनीहरु आफ्नाे बचाऊका लागि कुनै नायककाे आगमनकाे प्रतीक्षा गर्छन् कि नायक आउनेछ र खलपात्रहरुबाट उनकाे रक्षा गर्नेछ। अनि, उनलाई त्याे नायकसँग प्रेम हुनेछ। उनकाे न्यायकाे लडाइँ पनि नायकले नै लडिदिनेछ, उनकाे लागि खलनायकहरुसँग नायकले नै बदला लिइदिनेछ। नायिकाप्राय: सिनेमाहरुमा गुडिया जसरी सजिने, श्रृङ्गारपटार गरेर राम्री देखिने, नायकलाई प्रेम गर्ने अनि कहिलेकाहीँ नायक र खलनायकहरुकाे टसलमा खलनायकहरुकाे काेपभाजनमा पर्ने गरेकाे देखिन्छ इंडियन सिनेमाहरुमा। नायिकाहरुकाे काम यति नै हुने गर्छ इंडियन सिनेमाहरुमा। अरु त अरु ‘जय भिम’ जस्ताे वामपन्थी फिल्म समेत सिनेमाकाे याे मान्यता र ढाँचाबाट मुक्त छैन।

यस्ताे छ सिनेमाकाे यथार्थ अवस्था। यस्ताे अवस्थामा जब-जब म नायिकाकाे सशक्त भूमिका भएका सिनेमाहरु बनेकाे देख्छु, तब-तब मलाई भित्रैदेखि खुशी लागेर आउँछ। नायिकाले मुख्य र बलियाे भूमिका निर्वाह गरेका सिनेमाहरु हेर्न पाउँदा मेराे मनले एकप्रकारकाे सन्तुष्टि पाउने गर्छ। नायिका सिनेमामा प्रधान भूमिकामा हुनु नै आधा ब्याटल जिते जस्ताे लाग्छ मलाई, बाँकी आधा ब्याटल (कथा-पटकथा र अन्य पाटाेहरु) काे परिणाम जेसुकै/जस्ताेसुकै भए पनि। यसरी, नायिकाकाे प्रधान भूमिका भएकाे, नायिकालाई केन्द्रमा राखेर बनाइएको र नायिकाकाे सशक्त प्रस्तुति र अभिनय भएकाे सिनेमाहरुले मलाई सधै तान्ने गरेकाे छ। मैले भर्खरै हेरेकाे सिनेमा ‘यशाेदा’ पनि यसकाे अपवाद थिएन। ‘यशाेदा’ एक तेलुगु फिल्म हाे जसलाई हिन्दी सहित सबै प्रमुख दक्षिण भारतीय भाषाहरुमा डब गरेर रिलिज गरिएकाे थियाे। ‘यशाेदा’ फिल्मकाे केन्द्रमा साउथका समान्थ रुथ प्रभु नामक एक्ट्रेस छन् जाे विगत लामाे समयदेखि साउथकाे टप एक्ट्रेसकाे रुपमा रहिआएका छन्।

‘यशाेदा’ यशाेदा नामक एक यस्ती युवती (समान्थ रुथ प्रभुु) काे कथा हाे जाे एक सेराेगेटेट मदर हुन्। उनी सेराेगेसीका लागि भर्ना भएकाे नर्सिङ हाेममा सेराेगेसीकाे नाममा एउटा अवैध र अमानवीय धन्दा चलिरहेको हुन्छ, जसकाे पर्दाफास गर्न उनी त्याे धन्दा चलाइरहेका व्यक्तिहरुसँग फाइट गर्छिन्। याे उनकाे फाइटिङकाे कथा हाे। उनकाे प्रतिद्वन्द्वीहरु निकै पावरफुल हुन्छन् र उनीहरुसँग पाेलिटिशियनकाे पावर पनि हुन्छ। यस्ता पावरफुल व्यक्तिहरुसँग लड्न यशाेदा कति पावरफुल हुनुपर्छ हाेला, आफै अनुमान लगाउनुहाेस्। यस सिनेमामा यशाेदाकाे पात्र सुरुमा सरल-साधारण र निर्बल देखिन्छ। तर यशाेदाकाे कथा अनि बढ्दै जाँदा याे पात्र बिस्तारै खुल्दै जान्छ, उनकाे वास्तविक रङ देखा पर्दै जान्छन् र क्लाइमेक्समा आइपुग्दा सम्म उनी पूर्ण रुपमा खुलिसक्छन्, त्यसबेला उनकाे जुन साँगाेपाँगाे चरित्र देखिन्छ, त्याे निकै नै सशक्त, साहसी र जुझारु-लडाकु लाग्छ। याे पात्रकाे वास्तविकतालाई तब मात्र दर्शकहरुले छर्लङ्गसँग थाहा पाउँछन्।

‘यशाेदा’ काे कमजाेर पक्ष भनेकाे यसकाे सुरुवातकाे न्यारेशन हाे। यसकाे सुरुकाे ४५ मिनेट एकदमै सुस्त र कता कता निरस पनि लाग्छ। तथापि उक्त समयमा पनि ‘स्टाेरी बिल्ड’ भइरहेकाे हुन्छ। ४५ मिनेटपछि भने यशाेदाकाे पात्र हर्कतमा आउँछ। त्यसपछि यस सिनेमाले पनि गति लिएकाे महसुस हुन्छ। त्यसपछि भने खासै बाेर महसुस हुँदैन। सिनेमाकाे कथासँगै बगिन्छ। यसकाे कथा केही घुमाएर भनिए पनि कथालाई सजिलै बुझ्न सकिन्छ। तसर्थ, यसकाे न्यारेशन ननलिनियर भए पनि जटिल छैन। अर्काे कुरा, नायिकाकाे पात्र जाे गर्भवती हुन्, उनलाई गर्भ भएकाे पेट बाेकेर लडेकाे, भिडेकाे, दाैडेकाे, उफ्रेकाे आदि हर्कतहरु गरेकाे देखाइएकाे छ। एक गर्भवती युवतीले यस्ताे शारीरिक हर्कतहरु गरेकाे देख्दा अलि हजम हुँदैन। अझ एउटा दृष्यमा खलनायकले उनकाे (बच्चा भएकाे भनिएकाे) पेटमा मुक्का बजार्दा पनि उनलाई खासै दखल परेकाे (बच्चा मरेकाे, शारीरिक डिफल्ट भएकाे, एमरजेन्सीमा भर्ना गर्नु परेकाे आदि) देखाइन्दैन। यी दृष्यहरु पचाउन अलि गाह्राे पर्छ तर कथाकाे माँगकाे हिसाबले निर्दैशकले यी सिक्वेन्सहरुमा ‘सिनेम्याटिक लिबर्टी’ काे प्रयाेग गरेकाे भन्न सकिएला। यधपि, यी दृष्यहरुलाई निकै यथार्थपरक शैलीमा, वास्तविक लाग्ने गरि देखाउने काेशिश गरिएकाे छ। स्क्रिप्टलेखनकाे कुरा गर्दा यतिकाे स्क्रिप्टलेखन र पटकथाकाे बुनावटलाई म राम्रै भन्छु। यसका परिवेशमा एउटा ठूलाे नर्सिङ हाेम, जँगल, जँगलमा अवस्थित एक जर्जर हवेली, सुरुङजस्ताे बाटाे र बाहिरकाे सडकमात्र छ। याे कुनै आकर्षक लाेकेशन हाेइन। तर यिनै लाेकेशनहरुमा केन्द्रित गरेर सिनेमाले दर्शकहरुकाे ध्यान तान्ने काेशिश गरेकाे हुन्छ जुन कथाकाे माँगकाे हिसाबले सही छ, अनि दर्शकहरुलाई केही हदसम्म तान्छ पनि।

यशाेदा’ एक नायिकाप्रधान सिनेमा हाे र समान्थ रुथ प्रभु यस सिनेमाका मेरुदण्ड हुन्। उनले यस सिनेमामा यशाेदाकाे शीर्ष भूमिका निर्वाह गरेकी छन्। उनी यस सिनेमाकाे केन्द्रमा छन् र सिङ्गाे सिनेमालाई आफ्नाे काँधमा बाेकेकी छन्। अन्य कलाकारहरुले उनलाई ठीकठाक साथ दिएका छन्। ‘यशाेदा’ पूर्ण रुपमा समान्थकाे शाे हाे। अभिनयकाे कुरा गर्दा उनी एकदम टप फर्ममा देखिन्छन्। यशाेदाकाे क्यारेक्टर, क्यारेक्टरका लेयरहरुकाे क्रमश: उद्घाटन र तिनकाे ट्रान्सफर्मेशनकाे प्रक्रियालाई राम्राेसँग प्रस्तुत गर्न उनी सफल भएकी छन्।

‘यशाेदा’ मा समान्थ टप फर्ममा देखिन्छन् तर एज फ्याक्टर बलिउड र साउथ दुवैतिरकाे फिल्म इंडष्ट्रीमा काम गर्ने हिराेइनहरुकाे लागि एउटा ‘अब्सट्रक्शनर फ्याक्टर’ बन्ने गरेकाे छ। एक निश्चित उमेर (३५ बर्ष) पार गरेपछि टप हिराेइनले पनि सिने इंडष्ट्रीमा महत्व पाउन छाेड्छन्, र हिराेइनबाट क्रमशः क्यारेक्टर आर्टिस्टमा बदलिन्छन्। कतिपय हिराेइनहरु त मेराे समय अब सकियाे भन्ने कुरालाई स्वीकारेर विवाह गर्छन् र फिल्म इंडष्ट्रीबाट हराउँछन्। सिमरन, ज्याेतिका, लैला, तृषा, असिन, श्रिया, इलियना, काजल आदि थुप्रै टप एक्ट्रेसहरु एक खास उमेर पार गरेपछि फिल्मबाट हराए, विवाह गरे, सेट्टल भए वा फिल्महरुमा आफ्नाे इंपाेर्टेन्स गुमाए। समान्थ उमेरकाे त्यही हदबन्दीमा आइपुगेकी छिन्। (उनी अहिले ३५ बर्ष पुगेकी छन्।) के उनकाे सिने करिअर ३५ कटिसकेपछि पनि यसरी नै उत्साहपूर्वक र सफलतापूर्वक अघि बढ्ला? या उनी पनि यसअघिका अन्य टप एक्ट्रेसहरु जस्तै एज ब्यारियरकाे सिकार बन्ला? उनकाे करिअरकाे भविष्य के हाेला? उनकाे करिअरले अब कस्ताे माेड लेला? के उनी उमेरकाे डेडलाइनलाई पार गरेर अहिलेकाे आफ्नाे स्टारडमलाई कायमै राख्न सफल हाेलान् त? याे अब्जर्ब गर्नु राेचक हुनेछ।

साउथ फिल्म इंडष्ट्रीमा नयनतारा एउटा अपवाद हुन् जाे ३८ बर्षकाे उमेरमा पनि अझै पनि शिखरमै छन्। उनले अझै पनि आफ्नाे स्टारडमलाई कायमै राखेकी छन्। उनले आफ्नाे इंपाेर्टेन्स गुमाएकी छैनन्। भर्खरै मात्र उनले विवाह गरिन् तर उनले विवाह गरेता पनि आजकाे मितिसम्म पनि उनी नै साउथकाे highest paid actress हुन्। बलिउडकाे हकमा भने दीपिका पादकाेण हुन्, जाे अहिले ३६ बर्षकी भईन् अर्थात् उनले पनि एजकाे अघाेषित हदबन्दीलाई नाघिसकेकी छन् तर अझै पनि उनी बिकनीमा आफ्नाे जादू छरिरहेकी छिन्। (‘पठान’ काे भर्खरै रिलिज भएका उनकाे गीतलाई सम्झनुहाेस्।) तर उनलाई ‘उनकाे जवानी ढल्किसकेकाे, उनी अब बुढी भइसकेको, उनमा आकर्षण बाँकी नरहेकाे, चार्म बाँकी नरहेकाे, उनकाे बुढी-चाउरी परेकाे शरीर अब कसैले नहेर्ने’ भन्दै साेशल मिडियामा एक खाले मान्छेहरुले उनलाई ट्राेलिङ गर्न पनि सुरु गरिसकेका छन्। दीपिकाले बिकनी लगाएकाे कुरालाई नग्नताकाे सँज्ञा दिएर भारतमा विराेधप्रदर्शन र पुतलनदहन सुरु भइसकेकाे छ। जसमा भाजपा र आरएसएस समर्थित अन्धभक्त भनेर चिनिने जमातकाे प्रमुख भूमिका रहेकाे छ। यही जमातकाे अग्रसरतामा याे सब भइरहेको छ। याे घृणा आन्दोलनकाे नेतृत्व यिनीहरुले नै गरिरहेका छन्। साेसल मिडियामा ‘दीपिकाकाे चाउरी परेकाे बुढी शरीर अब कसैले नहेर्ने’ भन्दै निम्नकाेटीकाे टिप्पणी पनि यही जमातले गरिरहेकाे छ। याे भन्दा पनि निम्नकाेटीका टिप्पणीहरु दीपिकामाथि साेसल मिडियामा अन्धभक्तहरुले गरिरहेका छन्। पागलपनकाे हद त कतिसम्म पुगेकाे छ भने दीपिकाकाे बिकनीलाई लिएर साँसदहरु नै बयानबाजीमा उत्रिएका छन्। हुदाँहुदाँ त मध्यप्रदेश सरकार नै याे पागलपनमा सामेल भएकाे छ। मध्यप्रदेश सरकारकाे एकजना मन्त्रीले (गृहमन्त्री नै हुनुपर्छ) ‘दीपिकाले भगवा रङकाे बिकनी लगाएर हिन्दुहरुकाे भावनालाई आहत गरेकाे, बिकनीमा नग्न शरीरकाे प्रदर्शन गरेर समाजमा अश्लीलता फैलाएकाे, दीपिकाले अश्लीलता फैलाएकाे र भगवाकाे अपमान गरेकाेमा सार्वजनिक रुपमा माफी माग्नुपर्ने, अनि फिल्ममा पूरै लुगा लगाएर शरीर ढाक्नुपर्ने अन्यथा उनकाे फिल्म ‘पठान’लाई आफ्नाे राज्यमा चल्न नदिने, प्रतिबन्ध लगाउने’ सार्वजनिक उद्घाेष नै गरेकाे छ। स्त्रीद्धेषकाे याे पागलपन, नायिकाले बिकनी लगाएकाे कुरालाई लिएर साँसददेखि र मन्त्रीसम्म अफेन्ड हुनु र बयानबाजी तथा विराेधमा उत्रिनुले पितृसत्तात्मक पुरुषवादी अहँकार र स्त्रीद्धेष (मिसाेजिनी) काे उच्चतम सीमालाई दर्शाउँछ। के गर्ने अहिले भारतमा यही सब बाैलाहापन भइरहेको छ। यस्ताे बाैलाहापनकाे माहाैलमा केही बाेले साेसल मिडिया र सार्वजनिक रुपमै आफ्नाे चरित्रकाे मब लिन्चिङ गरिने भयले हाेला, धेरैजसाे अभिनेत्रीहरु चुप लागेर बसेका छन् तर कर्णाटककी दिव्या स्पन्दना ‘राम्या’ले भने याे मिसाेजिनीकाे सशक्त प्रतिवाद गरेकी छन्। उनकाे तलकाे ट्विट हेर्नुहाेस्।

यस्ताे हाेइन की राम्या काे प्रतिराेध साेसल मिडियामा मात्र सीमित छ। राम्या मिडिया वा साेसल मिडियामात्र हाेइन, समाज र सडकमा पनि उत्तिकै ‘भाेकल’ छिन्। राम्या एक राजनीतिक प्राणी हुन्। उनी इंडिया नेशनल काँग्रेस (आई) का युथ विङ्स अर्थात् युवा सँगठनका अध्यक्ष पनि हुन्। त्यसैले, उनी एक क्रियाशील एक्टिभिष्ट हुन्। भारतमा प्रकट हुने मिसाेजिनी, कम्युनालिज्म, साम्प्रदायिक ध्रुवीकरण लगायत महँगी, बेराेजगारी र सरकारका गलत कामकारवाहीहरुलाई लिएर सिनेक्षेत्रबाट यदि कुनै अभिनेत्री सबैभन्दा बढी मुखर छन् भने तिनी राम्या नै हुन्। (अभिनेतामा चाँहिप्रकाश राज हुन्। त्यसैले मलाई लाग्छ, राम्या र प्रकाश राज सम्पूर्ण फिल्म इंडष्ट्रीका गहना हुन् जसमाथि सिङ्गाे मुलुकले गर्व गर्न सक्छ।) राजनीति र एक्टिभिजमका व्यस्त भएका कारण राम्या लामाे समयदेखि फिल्महरुबाट टाढिएकी छन्। उनकाे नयाँ फिल्म नआएकाे धेरै भइसक्याे। तर युट्युबमा उनका पुराना फिल्महरु उपलब्ध छन्। ‘रँगा एसएसएलसी’, ‘अरासु’ (जिन्दा दिली), ‘वारानम अयिराम’ (सूर्या का याराना) जस्ता उनका राम्रा फिल्महरु युट्युबमा हिन्दी डबमा पनि उपलब्ध छन्।

फेरि ‘यशाेदा’ तिरै फर्किन्छु। ‘यशाेदा’ समान्थकाे करिअरकाे एक क्रुसल फिल्म थियाे। (यहाँबाट सजिलाेकाे लागि फिल्म शब्दकाे प्रयाेग गरेकाे छु।) खासगरि, उनी बताैर हिराेइन वा लिड एक्ट्रेस, कुनै पनि हिराेकाे सहारा नलिई आफ्नै दममा कुनै पनि फिल्मलाई आफ्नाे काँधमा बाेकेर बक्स-अफिसकाे अग्निपरीक्षामा पार लाउन सक्छिन् कि सक्दिनन् भन्ने कुराकाे ‘लिटमस टेस्ट’ थियाे याे फिल्म। छाेटाेमा, उनकाे स्टारपावर कति छ? के उनी साेलाे हिराेइनकाे रुपमा सिँगल फिल्म डिजर्ब गर्छिन् त? भन्ने कुराकाे लिटमस टेस्ट थियाे याे फिल्म। यसकाे नतिजाले उनकाे स्टारपावर वा स्टारडमकाे छिनाेफानाे गर्नेवाला थियाे। ‘हिराेइनकाे रुपमा उनी के-कति भाऊ वा इंपाेर्टेन्स डिजर्भ गर्छन् वा गर्दैनन्?’ भन्ने कुराकाे छिनाेफानाे गर्नेवाला थियाे। त्यसैले याे फिल्म उनकाे करिअरकाे क्रुसल फिल्म थियाे।

अल इंडिया करिब ७०० वटा स्क्रीनहरुमा रिलिज गरिएकाे याे फिल्मले पहिलाे दिनमा केवल ३.७० कराेड रुपैयाँ कलेक्शन गरेकाे थियाे जुन समान्थकाे स्टारडमकाे तुलनामा धेरै कम थियाे। यसले उनकाे स्टारपावर हामीले साेचे जति वा प्रचार गरिए जति रहेनछ भन्ने इंप्रेसन मानिसहरुलाई दियाे। पहिलाे विकेन्डमा यसले ११.८५ कराेड रुपैयाँ कलेक्शन गर्‍याे। तर पहिलाे हप्तामा यसकाे कलेक्शन कुल १७.१२ कराेड रुपैयाँ पुग्याे जुन फिल्मकाे बजेट रिकभरीकाे हिसाबले सन्ताेषजनक थियाे। हलहरुबाट चलेर उत्रन्दासम्म अन्ततोगत्वा ‘यशाेदा’ ले जम्मा २८.२० कराेड रुपैयाँ ग्राेस कलेक्शन गर्‍याे। कर कटाएर २३.४० कराेड रुपैयाँ नेट कलेक्शन गर्‍याे। साथै, ‘यशाेदा’ ले ओभरसिजकाे ३०० वटा स्क्रीनहरुबाट ६.१० कराेड रुपैयाँ कलेक्शन थप्याे। यसरी करिब २० कराेड रुपैयाँकाे बजेटमा बनाइएकाे याे फिल्मले लगानी उठाएर यसका निर्माताहरुलाई थाेरबहुत मुनाफा पनि कमाएर दियाे। ‘यशाेदा’ काे सेटेलाइट राइट्सकाे पैसा चाेखाे मुनाफा बस्ने भयाे। हरेक दस-दशबर्षमा सेटेलाइटकाे राइट्स फेरिफेरि बेच्न सकिन्छ जसले टिभीबाट आजीवन मुनाफा दिइरहनेछ। सिनेमाहलहरुमा गरेकाे प्रदर्शन वा व्यापारकाे आधारमा भने याे फिल्म सेमिहिट (अर्धसफल) घाेषित भयाे। तर समान्थकाे स्टारपावर अपेक्षाकृत बलियाे वा प्रभावशाली देखिएन। पहिलाे हप्तामा केवल ३.७० कराेड रुपैयाँकाे कलेक्शनले उनकाे फिल्म अपेक्षा गरेभन्दा धेरै कम दर्शकहरुले मात्र हेरेकाे देखायाे। धन्न पहिलाे हप्ताकाे १७ कराेड रुपैयाँकाे कलेक्शनले लाज धान्याे।

हिन्दी बेल्टहरुमा त ‘यशाेदा’ काे व्यापारकाे अवस्था झन् नाजुक देखियाे। ‘दि फेमिली म्यान-२’ बाट हिन्दी दर्शकहरुमाझ पनि समान्थकाे राम्राे नाम र प्रभाव बनेकाे विश्वास गरिएकाे थियाे तर हलहरुमा ‘यशाेदा’ हेर्ने दर्शकहरुकाे अभावले त्याे विश्वास मिथ्या भएकाे प्रमाणित गर्‍याे। समान्थकाे हिन्दी बेल्टमा कुनै स्टारपावर वा फ्यान्स फलाेविङ नै देखिएन। हिन्दी बेल्टहरुमा उनकाे स्टारडमकाे कुनै प्रभाव वा असर नै देखिएन। हिन्दी बेल्टहरुमा पहिलो दिन ‘यशाेदा’ ले केवल ३२ लाख रुपैयाँ कलेक्शन गर्‍याे, पहिलाे विकेन्डमा केवल १.०८ कराेड रुपैयाँ
कलेक्शन गर्‍याे, पहिलाे हप्तामा १.५७ कराेड रुपैयाँ कलेक्शन गर्‍याे, अनि लाइफटाइम १.७५ कराेड रुपैयाँ नेट कलेक्शन गर्दै याे फिल्मले प्याकअप गर्न पुग्याे। यसकाे लाइफटाइम कलेक्शन २ कराेड पनि पुगेन। (हुन त साउथकाे सुपरस्टार विजयकाे फिल्म ‘मास्टर’ले पनि हिन्दी बेल्टमा केवल ३ कराेड रुपैयाँ लाइफटाइम कलेक्शन गरेकाे थियाे। साउथकाे बिग स्टारहरु, सुपरस्टार भनिएक स्टारहरुकै फिल्महरु पनि हिन्दी बेल्टमा चलेकाे देखिन्दैन। जबकि युट्युब र टिभीमा भने उनीहरुकै फिल्महरुकाे क्रेज वा पपुलारिटी देखिन्छ तर त्याे क्रेज वा पपुलारिटी सिनेमाहलहरुमा उनीहरुकाे नयाँ फिल्महरुलाई रिलिज गर्दा भने देखिन्दैन। समान्थकाे पनि ‘दि फेमिलीमेन-२’ काे समयमा खुब सरहना भएकाे थियाे। खुब चर्चा र प्रशंसा भएकाे थियाे। मिडिया र साेसल मिडियाहरुमा त उनकाे प्रशँसाहरुकाे बाढी नै आएकाे थियाे तर त्यसकाे प्रभाव सिनेमाहलहरुमा देखिएन। ओटिटीमा उनले कमाएकाे लाेकप्रियताले ओटिटीकाे दैलाे नाघेर सिनेमाहलहरुसम्म प्रवेश गरेकाे देखिएन।)

तर समान्थ मूलभूत रुपमा तेलुगुकाे एक्ट्रेस भएकाेले तेलुगुभाषी क्षेत्रहरुमा उनकाे अन्तभन्दा राम्राे प्रभाव बरकरारै रहेकाे देखियाे। जे हाेस्, यसपटक त समान्थले जसाेतसाे बक्सअफिसकाे अग्निपरीक्षा पास गरिन् (निर्मातालाई डुब्नबाट बचाइन्। लगानी पनि उठाइदिइन्।) तर उनकाे स्टारपावर भने अझै पनि प्रमाणित भइसकेकाे छैन, अझै पनि परीक्षणमै छ। समान्थले बढीमा २०-२२ कराेडसम्मकाे बजेट भएकाे मध्यमस्तरकाे फिल्ममात्र धान्न सक्छन्। त्यसभन्दा बढी बजेट भएकाे अथवा बिग बजेट भएकाे फिल्म धान्न सक्दैनन् भन्ने देखिएकाे छ। निर्माताहरु उनी त्याे भन्दा बढी बजेट भएकाे फिल्महरु आफ्नै दममा धान्न सक्छिन् भन्ने कुरामा विश्वस्त भइरहेका छैनन्।

तर निर्माताहरु विश्वस्त भए पनि, नभए पनि आजकाे तारिखमा साउथमा नयनतारा र समान्थमात्र यस्ता (स्टारडम भएका) अभिनेत्रीहरु हुन्, जाे निर्माताहरुलाई आफ्नै भरमा उनीहरुकाे लागत उठाएर दिने क्षमता राख्छन्, फिल्मलाई आफ्नाे काँधमा फिल्म बाेकेर हिँड्ने क्षमता राख्छन्। अन्य नायिकाहरुले याे क्षमता राख्दैनन्। किनभने उनीहरु जतिकाे स्टारपावर अरुहरुमा छैन। उनीहरु पक्का स्टार हुन्, बाँकी अन्य नायिकाहरुमात्र हुन्। नायिका हुनु र स्टार हुनु एउटै कुरा हाेइन। सबै स्टार नायिका हुन्, सबै नायिका स्टार हाेइनन्। साउथमा अरु पनि थुप्रै थिए स्टार नायिकाहरु, सबै एक-एक गर्दै हराउँदै गए। अब नयनतारा र समान्थ दुईजनामात्र स्टार हिराेइन बाँकी छन् साउथमा जाे पुराना पनि हुन् र अनुभवी पनि। उनीहरु स्टार भइसकेका हुन्। बाँकी अरु नायिकाहरु ‘स्टार इन मेकिङ’ प्राेसेसमै छन्। स्टार भइसकेका छैनन्।

नारी पराधिनता भारतीय सिनेमाहरुकाे चरित्र नै बनेकाे थियाे। हिजाेसम्म पनि भारतीय सिनेमाहरु नारी पराधिनताकै लागि चिनिन्थे। तर अहिले भारतीय सिनेमाहरुकाे याे चरित्र बदलिन्दै गइरहेको छ। सिनेमाहरु परिवर्तन हुँदै गइरहेका छन्। हिजाेकाे नाजुक, लाचार, पराश्रित नारी पात्रहरुकाे स्थान आज सशक्त, सक्षम र आत्मनिर्भर नारी पात्रहरुले लिइरहेका छन्। अझ आज बलिउडकाे तुलनामा साउथले नायिकाहरुलाई केन्द्रमा राखेर बढी मात्रामा फिल्महरु बनाइरहेकाे छ। सशक्त, सबल, सक्षम नायिकाहरु पर्दामा गढिरहेकाे छ। नारीप्रधान सिनेमाहरुकाे एउटा छुट्टै श्रृङखला नै चलिरहेको छ साउथकाे सिने इंडष्ट्रीहरुमा। ‘अरामम’ (तेजस्विनी), ‘रातचासी’ (म्याडम गीता रानी), ‘वाइफ अफ राम’, ‘भागमती’ यस्तै नारीप्रधान फिल्महरु हुन्। ‘यशाेदा’ यही श्रृङखलाकाे लेटेस्ट कडी हाे। अनि, यी सबै फिल्महरुमा पुराना नायिकाहरु छन्। अरामम’ (तेजस्विनी) मा नयनतारा छन्, ‘रातचासी’ (म्याडम गीता रानी) मा ज्याेतिका छन्, ‘वाइफ अफ राम’ मा लक्ष्मी मँचु छन् भने ‘भागमती’ मा अनुष्का शेट्टी छन्। अनि ‘यशाेदा’ मा समान्थ छन्। यी सबै पुराना अभिनेत्रीहरु हुन्, जति पुरानाे अभिनेत्री, उति खारिएकाे अभिनय। नयाँ नायिकाहरु काेही पनि छैनन्। यसले पनि पुराना बाहेकका नायिकाहरु स्टार भइनसकेकाे मेराे भनाइलाई पुष्टि गर्छ। नयाँ पुस्ताका नायिकाहरुमध्ये ‘मिस इंडिया’ र ‘सानी कायिधम’ जस्ता सिनेमाहरुमा नायिका कीर्ति सुरेश र ‘नट आउट’ (कना) र ‘का पाई रणसिँगम’ जस्ता सिनेमाहरुमा नायिका ऐश्वर्या राजेश याे ‘स्टार इन मेकिङ’ प्राेसेसमा सबभन्दा अगाडि देखिन्छन्।

‘मुख़बिर–द स्टाेरी अफ अ स्पाई’ (२०२२): मुख़बिर अर्थात् सुराकीकाे सिरिज।

‘मुख़बिर- द स्टाेरी अफ अ स्पाई’ मुख़बिर अर्थात् सुराकीकाे कथा भन्ने सिरिज हाे। ‘मुख़बिर’ अर्थात् सुराकीकाे कथालाई यति डिटेलमा यसअघि कुनै पनि फिल्म अथवा सिरिजमा सम्भवतः देखाइएकाे थिएन। त्यसैले, ‘मुख़बिर’ हेर्दा नयाँपन त महसुस हुन्छ नै, ‘मुख़बिर’ अर्थात् सुराकीहरुकाे जीवन र कामबारे पनि आधारभूत जानकारी प्राप्त हुन्छ।

कुनै पनि देशकाे सीमा, सैन्य पाेजिशन, रणनीति, कुटनीति र सार्वभाैमसत्तालाई मजबूत बनाउन पर्दापछाडि रहेर भूमिका निभाउने वा याेगदान गर्ने सुराकीहरुकाे याेगदानलाई पनि जनताले ‘recognize’ गर्नुपर्छ जसरी नेता, मन्त्री, सैनिक वा ब्युराेक्रेट्सहरुका भूमिकालाई ‘recognize’ गरिन्छ। सुराकीहरुकाे महत्व पनि यिनीहरुकाे भन्दा कति पनि कम हुँदैन। सुराकीहरुकाे भूमिकालाई कसैगरि पनि यिनीहरुकाे भन्दा कम आँक्न मिल्दैन।

ती सुराकीहरु नै हुन्, जाे आफ्नाे ज्यान जाेखिममा राखेर दुश्मन देशमा गएर आफ्नाे देशकाे लागि जासुसी गर्छन्, अनेक प्रयत्न र मेहनत गरेर त्यस देशकाे सरकार र सुरक्षा तथा इंटेलिजेन्ससँग सम्बन्धित निकायहरुका महत्त्वपूर्ण सुचनाहरु सँकलन गर्छन् र आफ्नाे देशकाे इंटेलिजेन्सलाई पठाउँछन्। उनीहरुले पठाएका सुचनाहरुकाे गुणवत्ताले नै युद्ध वा कुटनीतिमा कुनै पनि देशकाे पल्लालाई भारी बनाउँछ।

सुराकीहरु कुनै पनि देशका ‘unsung heros’ हुन् जाे गुमनाम रहेर आफ्नाे देशकाे सुरक्षाकाे लागि याेगदान गर्छन्। तर उनीहरुकाे नाम कतै पनि आउँदैन। काम भइसकेपछि उनीहरुलाई मर्नकाे लागि छाडिदिइन्छ। उनीहरु कामकाे बीचमै पक्राऊ परे उनीहरुलाई चिन्न अस्वीकार गरिन्छ। अनि पक्राऊ परे वा दुश्मनकाे फेला परेमा त दर्दनाक माैत मर्छन् वा मारिन्छन्। यत्राे हुँदा पनि देशमा उनीहरुकाे याेगदानबारे कसैले थाहा पाउँदैनन्। उनीहरुलाई जल, थल र वायु सेनाका जवानहरुलाई जसरी पदक तथा पुरस्कारहरु दिइन्दैन।

बडाे दु:खलाग्दाे र जाेखिमपूर्ण हुन्छ सुराकीहरुकाे जिन्दगी। तर पनि उनीहरु आफ्नाे जिन्दगीलाई दाऊमा राखेर तलवारकाे धारमा हिँड्छन्, देशकाे लागि झुन्डिएको तलवारमुनि आफ्नाे ज्यान राखेर काम गर्छन् जुन तलवार कुनै पनि बेला माथिबाट खसेर उनीहरुलाई काट्न सक्छ। यसाे गर्नुकाे पछाडि उनीहरुका आफ्नै बाध्यताहरु हुन सक्लान्, तर सबैभन्दा ठूलाे बाध्यता हुन्छ, देशकाे नागरिक भएकाे नाताले, देशप्रतिकाे आफ्नाे कर्तव्यलाई पूरा गर्नु। देशकाे ऋणी भएकाेले देशकाे ऋण चुकाउनु।

‘मुख़बिर’ काे पाेस्टर

‘मुख़बिर’ मा यही सबथाेक देखाइएकाे छ। ‘मुख़बिर’ मुख्यतः एक यस्ताे भारतीय युवक (जसलाई हर्फ़न बुख़ारी नाम दिइएकाे छ) काे कथा हाे जाे भारत सरकारकाे इंटेलिजेन्स एजेन्सीकाे लागि मुख़बिर (सुराकी) बनेर जासुसी गर्न पाकिस्तान जान्छन्। पाकिस्तानमा कुनै अन्जान परिवारकाे सदस्य बनेर उनीहरुकाे घरमा बस्छन् र जासुसी गर्न थाल्छन्। उनी आफ्नाे आवश्यकताअनुरुप त्यहाँका मानिसहरुसँग सम्बन्ध गाँस्दै जान्छन् (अनि ताेड्दै पनि जान्छन्)। यसक्रममा बेगम अनार (जाे एक गायिका र पाकिस्तानकाे सेनाप्रमुखकाे निकट हुन्छिन्) र ज़रीना (जाे एक रिपाेर्टर हुन्छिन्) सँग उनी ‘इंटिमेट’ पनि हुन्छन्। अनि, सेनाका एक प्रभावशाली अफिसर ब्रिगेडियर हबिबुल्लाहसँग पनि सम्बन्ध जाेड्छन्।

त्यसपछिकाे कथा राेचक ढँगले अघि बढ्छ। घटनाक्रमहरु राेचक ढँगले विकसित हुँदै जान्छन्। के नायक आफ्नाे उद्देश्यमा सफल हुन्छन् त? के उनी आफ्नाे भूमिकामा खराे उत्रन्छन् त? जासुसी पनि युद्धकै एउटा रुप हाे र उनी यस युद्धका सिपाही हुन्। यस युद्धमा उनले के कस्ताे परिस्थितिहरुबाट गुज्रिनुपर्छ? के कस्ता कार्यहरु गर्न बाध्य हुनुपर्छ? के बाट के बन्नुपर्छ? यी सबै कुरा त्यसपछिकाे घटनाक्रमले बताउँछ।

हुन त ‘मुख़बिर’ काे कथा अचाकली नयाँ भने हाेइन। अनि हिन्दी सिनेमाहरुमा यसअघि पनि मुख़बिरहरु (सुराकीहरु) नदेखिएका हाेइनन्। तर उनीहरु सा-साना भूमिकाहरुमात्र देखिन्थे जसलाई दर्शकहरु छिट्टै बिर्सिन्थे। आमिर खानकाे सुपरहिट फिल्म ‘सरफराेश’ (१९९९) काे फट्का नामक पात्र याद छ तपाईंलाई? ‘अब तक छप्पन’ (२००४) काे विनाेद र पप्पु नामक पात्रहरु नि? पक्कै पनि याद छैन हाेला। के गर्ने त्यसबेला मुख़बिर पात्रहरु यति गाैण हुने गर्थे कि उनीहरु दर्शकहरुकाे ‘नाेटिस’ मै आउँदैनथे। नाेटिसमा आए पनि दर्शकहरुले उनीहरुलाई फिल्म हेरिसकेपछि बिर्सन्थे, किनभने उनीहरुकाे भूमिका नै यति छाेटाे हुन्थ्याे।

‘तिरँगा’ (१९९३) फिल्ममा त मुख़बिरलाई अत्यन्त हास्यास्पद रुपमा देखाइएकाे थियाे। यस फिल्ममा एकजना ‘ख़बरीलाल’ नामक मुख़बिर पात्र हुन्छ जाे रेडियाेमा समाचार वाचन गर्ने शैलीमा आफ्नाे अधिकारीहरुलाई सूचना दिने गर्छ र अन्त्यमा फाेनमा आफ्नाे अधिकारीलाई सूचना दिदै गर्दा मारिन्छ।

त्यसअघि त हिन्दी फिल्महरुमा त ‘मुख़बिर’हरु नै हुँदैनथे। बरु जासुस (डिटेक्टिभ) वा जेम्स बाेण्ड मार्काका एजेन्टहरु हुन्थे। जितेन्द्र, फिराेज खान र मिथुन चक्रवर्तीहरु सस्ता एक्शन फिल्महरुमा यस्ता जासुस वा एजेन्ट बनेर देखा पर्ने गर्थे।

केही बर्षअघि मेघना गुलज़ारकाे एउटा फिल्म आयाे ‘राज़ी’ (२०१८), जसमा आलिया भट्ट प्राेटागाेनिस्ट थिईन् र उनी यस फिल्ममा मुख़बिर बनेकी थिईन् जाे भारतकाे इंटेलिजेन्स एजेन्सी (RAW) काे लागि सुराकी गर्न पाकिस्तानकाे उच्च सैन्य अधिकृतकाे घरमा बुहारी बनेर जान्छिन्। (‘राज़ी’ सत्तरीकाे दशककाे काे कालखण्डमा ‘बेस्ड’ थियाे जतिबेला ‘RAW’ काे गठन भइसकेको थियाे। तर याे सिरिज ‘मुख़बिर- द स्टाेरी अफ अ स्पाई’ मध्य साठीकाे दशककाे कालखण्डमा ‘बेस्ड’ छ जतिबेला ‘RAW’ काे गठन भइसकेको थिएन।)

तर ‘राज़ी’ भन्दा पनि एक दशक अगाडि, सन् २००८ मा एउटा फिल्म आएकाे थियाे ‘मुख़बिर’। मेराे विचारमा याे पहिलाे फिल्म थियाे जसले एक मुख़बिर पात्रलाई केन्द्रमा राखेर उसकाे भूमिका, काम र जिन्दगीलाई पहिलाेपटक एउटा सिङ्गाे फिल्ममा ‘एक्सपाेज’ गरेकाे थियाे। याे फिल्म ‘मुख़बिर’ एक यस्ताे युवाकाे बारेमा थियाे जाे पुलिस डिपार्टमेन्टका लागि आतंकवादीहरुकाे दुनियाँमा पसेर तिनीहरुकाे भित्री सुचनाहरु निकाल्ने र पुलिसलाई पठाउने काम गर्छ। मुख़बिरबारे यतिकाे डिटेलमा यसअघि कुनै पनि फिल्मले देखाएकाे थिएन।

त्यसकाे चाैध बर्षपछि अहिले त्यही नाममा याे बेवसिरिज आएकाे छ, ‘मुख़बिर-द स्टाेरी अफ अ स्पाई’ (२०२२). याे सिरिजले पनि मुख़बिरकै कथा बताउँछ, तर यसपटक मुख़बिर पुलिसकाे नभएर इंटेलिजेन्स विभागकाे छ र ऊ पुलिसकाे लागि आतंकवादीकाे सुराकी हाेइन, बरु इंटेलिजेन्सकाे लागि पाकिस्तानमा गएर त्यहाँकाे सैन्य अधिकृतहरुकाे सुराकी गर्छ। याे सिरिज हेरिरहन्दा मलाई सन् २००८ काे फिल्म ‘मुख़बिर’ देखि लिएर सन् २०१८ काे फिल्म ‘राज़ी’ सम्मकाे याद आयाे। तिनका दृष्यहरु दिमागमा घुमिरहे।

सँक्षेपमा भन्नुपर्दा, ‘मुख़बिर’ का कथाहरु यसअघि नभनिएका हाेइनन्, तर proper ढँगले, proper story & characteristion का साथ भनिएकाे थिएन। ‘मुख़बिर’ (२००८) र ‘राज़ी'(२०१८) मुख़बिरका कथा भन्ने, मुख़बिरलाई नै केन्द्रमा राखेर बनाइएका proper मुख़बिर ‘बेस्ड’ फिल्महरु थिए। याे सिरिज ‘मुख़बिर-द स्टाेरी अफ अ स्पाई’ ले यही धारलाई अघि बढाउँदै मुख़बिरकाे कथालाई बिस्तारमा ‘एक्सप्लाेर’ गर्छ। यसमार्फत् उनकाे जिन्दगीकाे हार्डशिपहरुलाई ‘एक्सपाेज’ गर्छ।

‘मुख़बिर’ मा ज़ैन खान दुर्रानी

(भर्खरैमात्र यही विधामा बनेकाे एकअर्काे वेबसिरिज ‘क्याट’ पनि रिलिज भएकाे छ। याे वेबसिरिज चाहिँ पुलिसकाे एक यस्ताे मुख़बिरकाे बारेमा छ जाे पुलिसकाे नेतृत्वकाे आदेशमा सत्तारुढ दल सँरक्षित अपराधी ड्रग्स काराेबारीहरुलाई समाप्त पार्न परिचालित हुन्छ र उनीहरुकाे दुनियाँकाे हिस्सा बनेर त्याे सबथाेक गर्छ जुन एउटा मुख़बिरले गर्नुपर्छ।)

‘मुख़बिर’ काे लामाे पटकथामा मुख़बिरका कार्यशैली (उनीहरु कसरी चल्छन्, कसरी काम गर्छन् आदि कुराहरु) लाई समेटिएकाे छ। इंटेलिजेन्स आफैमा एउटा सिस्टम हाे। याे सिस्टम कसरी चल्छ? यसले कसरी काम गर्छ, यस कुराकाे चित्रण याे सिरिजमा गरिएकाे पाइन्छ।

‘मुख़बिर’ काे कथा भारतकाे इंटेलिजेन्स ब्युराेकाे ज्वाेइंट डाइरेक्टर कृष्ण धरकाे उपन्यास, ‘मिशन टु पाकिस्तान: एन इंटेलिजेन्स इन पाकिस्तान’ बाट प्रेरित छ। जसलाई सन् १९६५ काे भारत र पाकिस्तानका बीचमा कश्मीरलाई लिएर तानातान वा ‘काेल्ड वार’ चलिरहेकाे पृष्ठभूमिमा रचिएकाे छ। भारत र पाकिस्तानकाे ‘काेल्ड वार’ का बीचमा मुख़बिरहरुकाे परिचालन र उनीहरुकाे उत्ताेलककाे भूमिका, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, त्यसबेलाकाे पाकिस्तानभित्रकाे माहाैल, सरकारप्रमुख र सेनाप्रमुखबीचकाे अन्तर्द्वन्द्वदेखि लिएर मुख़बिरकाे प्रेम कथा, उनकाे हर्ष-बिस्मात्, उनका भावना र सँवेगहरु समेतलाई यसमा चित्रण गरिएकाे छ।

यसका संवादहरु पनि राम्रा छन् जसले कथासँग राम्ररी जाेड्छन् र कथालाई राम्राेसँग बुझाउँछन्। ‘देव साहब की पिक्चर नहीं चली।आइन्दा पिक्चर का प्रिन्ट भेजने से पहले थाेड़ा साेच लिजिएगा। ऐसा ना हाे की थिएटर ही बंद करना पड़े’, ‘ये देव साहब इतनी आसानी से फ्लप हाेने वाली चीज़ नहीं है। थाेड़ा सब्र कराें, इस पिक्चर का चलना बहुत ज़रुरी है’, ‘ये जाे नाेट दिया है ना तुमने नकली है’, तेरा नाेट असली निकला पर चाेसे नकली ले लिए तुने’ यस्तै द्धिअर्थी संवादहरु बहुतै घतलाग्छन्। सँवादहरुमा गालीहरुकाे खासै धेरै उपयाेग गरिएका छैनन्, जुन राम्राे कुरा हाे।

विगतका फिल्महरुमा जसरी एक-अर्काकाे देशलाई गाली गरेकाे देखाइएकाे छैन। (बिशष गरेर भारतीय पक्षद्वारा विगतका देशभक्तिका फिल्महरुमा पाकिस्तानलाई जसरी गाली गरिन्थ्याे, त्यसरी गाली गरिएकाे छैन।)। साथै Nationalism काे नाममा Jingoism प्रदर्शन गर्नबाट पनि बचेका छन् यसका निर्दैशक। यसमा पाकिस्तानविरुद्ध एउटा मात्र सँवाद भारतकाे इंटेलिजेन्सकाे प्रमुख बनेका अदिल हुसैनले बाेलेका छन्, ‘कस्ताे देश हाे पाकिस्तान? सेनामा अपराधीहरुलाई प्रयाेग गर्छन्।’ यति नै बाेलिएकाे छ।

‘मुख़बिर’ काे एउटा उल्लेखनीय पक्ष ‘क्यारेक्टराइजेशन’ हाे। यसमा साना-ठूला सबै पात्रहरु राम्राेसँग चित्रित भएका छन्। ‘मुख़बिर’ काे केन्द्रमा हर्फ़न बुख़ारी भएता पनि याे हर्फ़नकाे मात्र कथा हाेइन। हर्फ़नकाे यात्राकाे क्रममा कथामा अरु पनि थुप्रै पात्र देखा पर्छन्। मूर्तिदेखि लिएर आलमग़िरसम्म, रामकिशाेर नेगीदेखि लिएर जनरल आग़ा खानसम्म। कर्णल ज़ैदीदेखि लिएर ब्रिगेडियर हबिबुल्लाहसम्म। बेगम अनारदेखि लिएर सफ़िनासम्म। हरेक पात्रकाे छुट्टै कथा छ, छुट्टै आकाँक्षा र महत्वाकांक्षाहरु छन्।

हर्फ़न र उनकाे साथी आलमग़िरकाे पात्रले मुख़बिरहरुकाे जीवनलाई प्रतिनिधित्व गर्छ। ज़मिलाले पाकिस्तानकाे नयाँ पुस्ता जाे आधुनिक र स्वतन्त्रताप्रेमी छन्, र जाे सत्ताका सामु बाेल्न डराउँदैनन्, लाई दर्शाउँछिन्। मूर्ति, बर्मन, रामकिशाेरजस्ता पात्रहरुले राज्यसत्ताकाे उपल्लाे तहमा बसेर सबथाेक कन्ट्राेल गर्ने र डिसिजन लिने ब्युराेक्रेट्सहरुलाई प्रतिबिम्बित गर्छन्।

ज़ैन खान दुर्रानी उर्फ हर्फ़न बुख़ारी

नागरिक सरकार वा सरकारप्रमुख कमजाेर भएकाे माैका छाेपेर वा उसलाई कमजाेर पारेर सत्ता हत्याउने धुनमा हरदम रहनु अनि सरकारलाई कमजाेर पार्न तिकडमहरु गर्नु पाकिस्तानी जनरलहरुकाे आम र साझा चरित्र हाे। सत्ता र शक्तिकाे भाेका पाकिस्तानी जनरलहरुकाे यस चरित्रको सटिक प्रतिनिधित्व मेजर जनरल आग़ा खानकाे चरित्रले गर्दछ। याे पात्र पाकिस्तानकै रियल लाइफ क्यारेक्टर मेजर जनरल याह्या खानमाथि आधारित छ।

कर्णल ज़ैदी र ब्रिगेडियर हबिबुल्लाहकाे पात्र पनि राेचक लाग्छ। ज़ैदी कम बाेल्छ, धीमा बाेल्छ तर सटिक बाेल्छ। उसले काेड भाषामा बाेलेकाे ‘तेराे नाेट नक्कली परेछ’ जस्ता डायलगहरु सुन्दा घतलाग्छ। अर्काेतर्फ, हबिबुल्लाहले नेतृत्वकाे वरिपरि रहेर नेतृत्वकाे चाप्लुसी गर्दै आफ्नाे दुनाे साेझाउने स्वार्थी पात्रकाे भूमिकालाई जीवन्त बनाउँछ।

मलाई यसमा हर्फ़नकाे काका भनिएकाे पात्र पनि यादगार लाग्याे, जाे अझै पनि मनमा आफ्नाे दाइप्रति राेष लिएर बाँचिरहेकाे छ र त्याे राेष आफ्नाे भतिजसामु पाेख्न खाेजिरहेकाे छ। ऊ आफ्नाे भतिजसामु कठाेर देखिन खाेज्छ, उसलाई सिधै अपनाउँदैन तर भित्रभित्रै भने बिस्तारै उसकाे मन आफ्नाे भतिजकाे लागि पग्लिरहेकाे हुन्छ। उसकाे मुहारमा एकसाथ घृणा र प्रेममिश्रित भाव देख्न सकिन्छ। उसकाे मनभित्र कति अन्तर्द्धन्द्ध चलिरहेको हाेला, त्याे अनुमान मात्र गर्न सकिन्छ।

हर्फ़नका काका-काकी निसन्तान हुन्छन्। हर्फ़नकी काकीकाे मनभित्र सन्तान नभएकाेमा गहिराे पीडा हुन्छ। एकदिन हर्फ़न आफ्नाे काका-काकीलाई शरणार्थी शिविरमा भएकी एकजना बालिकाकाे बारेमा बताउँछ। उनी असाध्यै राम्री, मायालाग्दी भएकाेले उनलाई ‘गाेद लिएर’ पाल्न भन्छ। हर्फ़न जानीजानी उनीहरुकाे दुखिरहेकाे मनलाई चलाइदिन्छ जसबाट उनकी काकी अत्यन्त द्रवित बन्न पुग्छिन् तर पतिलाई केही पनि भन्न सक्दिनन्। याे दृष्य अविस्मरणीय लाग्छ।

पछि थाहा हुन्छ, हर्फ़नकी काकीले हर्फ़नकाे काकालाई साे बालिकालाई ‘गाेद लिन’ का लागि मनाइन्। सिरिजकाे अन्त्यतिर, हर्फ़नकाे काका-काकीले साे बच्चीलाई गाेद लिएकाे, काकाले बच्चीलाई बाेकिरहेकाे, अनि काका-काकी घर फर्किरहेकाे देखाइन्छ। उक्त दृष्यमा उनीहरु एकदमै खुशी देखिन्छन्। यसरी, हर्फ़न उनीहरुलाई खुशी दिएर जान्छन्।

हर्फ़नकाे साथी आलमग़िरकाे भूमिका छाेटाे छ तर अत्यन्त महत्वपूर्ण छ। ऊ पनि एक मुख़बिर हाे र हर्फ़नभन्दा सिनियर हाे। उसकाे पृष्ठभूमि वा ब्याकस्टाेरीलाई सटिक ढँगले सिरिजकाे अन्त्यतिर बताइएकाे छ। उसकाे छाेटाे भूमिकामा देशप्रति सटिक समर्पण र बलिदानी झल्किन्छ। पछि हर्फनले उसकाे अभिभावकसँग भेटेर उसकाे सन्देश सुनाएकाे दृष्य हृदयस्पर्शी लाग्छ।

यसप्रकार, हर्फ़नकाे केन्द्रिय पात्रदेखि लिएर उसकाे दादी, काका, काकीका साना-साना पात्रहरुसम्म सबै स्मरणीय लाग्छन्। यसका हरेक पात्रले छाप छाेड्छन्, जसमध्ये व्यक्तिगत रुपमा मलाई बेग़म अनारकाे पात्र बिशेष रुपमा प्रिय लाग्छ। याे पात्रमा असीम पीडा छ। बेग़म अनार एक एक्ली पात्र हुन् जसकाे जीवन रित्ताे लाग्छ, भित्रबाट खाली, रङविहिन, उमङ्गविहिन र प्रेमविहिन लाग्छ। उनकाे करिअर पनि ओरालाे लागिरहेको हुन्छ।

बेगम अनार उर्फ बर्खा बिष्ट

उनकाे जीवनमा भएका पुरुषहरु उनलाई प्रेम गर्दैनन्, केवल उनकाे उपयाेग गर्छन्, उनकाे शाेषण र दाेहन गर्छन्। उनकाे जीवनमा दुइजना पुरुष हुन्छन्। मेजर जनरल आग़ा खान र हर्फ़न। पहिलाे पुरुष मेजर जनरल आग़ा खानले त उनलाई कहिल्यै प्रेम गरेकाे हुँदैन। उसकाे लागि त उनी केवल उसकाे हवस् मेटाउने साधनमात्र हुन्छिन्। जसलाई आग़ा खानलेे उपयाेग गरेर फाल्छ।

उनी पनि मेजर जनरल आग़ा खानबाट वा आग़ा खानसँग प्रेम महसुस गर्दिनन्। तर जनरलसँग सम्बन्धमा रहनु उनकाे आवश्यकता र बाध्यता दुवै हुन्छ। किनभने, करिअर टिकाउनका लागि, आफ्नाे सुरक्षाकाे लागि उनलाई पनि जनरलजस्ताे सत्ताधारी/शक्तिशालीकाे छत्रछाया चाहिएकाे हुन्छ।

तर जनरलसँग सम्बन्धमा हुदाँ पनि उनी खुशी देखिन्नन्। उनी भित्रबाट रित्ताे हुन्छिन्। यस्ताेमा हर्फ़न उनकाे जीवनमा आउँछ जाे सँग उनी प्रेम गर्न थाल्छिन्। उनलाई यस्ताे लाग्छ, हर्फ़न पनि उनलाई प्रेम गर्छ जबकि हर्फ़न सुनियोजित रुपमा जनरल
आग़ा खानकाे नजिक जान र सूचनाहरु सँकलन गर्नका लागि मात्र उनकाे नजिक आएकाे हुन्छ र उनीसँग प्रेमकाे नाटक गरिरहेकाे हुन्छ। तर वास्तवमा उनलाई प्रेम गरिरहेकाे हुँदैन।

वास्तवमा यी दुवै पुरुषहरु उनलाई उपयाेग मात्र गरिरहेका हुन्छन्। एउटाले उनकाे शारीरिक शाेषण गर्छ भने अर्काेले भावनात्मक शाेषण। दुवैले उनलाई शाेषण मात्र गरिरहेका हुन्छन्। यसरी, ‘मेल एक्सप्लाेइटेशन’ काे ‘कल्ट’ नमूना बनेर देखा पर्छिन् बेग़म अनार। याे पक्षले पनि उनकाे चरित्रलाई झनै मार्मिक बनाउँछ। उनीप्रति दर्शकहरूकाे सहानुभूतिलाई झनै बढाउँछ।

बेग़म अनारकाे रुपरङले पनि उनकाे चरित्रलाई ‘जस्टिफाई’ गरिरहेकाे हुन्छ। उनकाे मुहारमा उदासीहरुका बादलहरु देखिन्छन्। उनका आँखाहरु हेर्दा यस्ताे लाग्छ, उनी त्यसकाे पछाडि भावनाकाे आँधीलाई लुकाएर राखेकी छन्, थामेर राखेकी छन्। बाहिरकाे शृङ्गारले भित्रकाे पीडालाई लुकाइरहेकी हुन्छिन् बेग़म अनार।

बेग़म अनारमा अदा छ, नज़ाकत छ। उनकाे बाेलीमा नूर टप्किन्छ। उनकाे गायनमा पीडा झल्किन्छ। अनि, जब उनी आफ्नाे प्रेमी हर्फ़नकाे अगाडि टुट्छिन्, तब कति टिटलाग्दी देखिन्छन् उनी। उफ। उनीप्रति दया लागेर आउँछ।

अझ उनकाे अन्त्यकाे त कुरै नगराैं, अत्यन्त हृदयविदारक र
दर्दनाक लाग्छ उनकाे अन्त्य। आफुले प्रेम गरेकाे व्यक्तिबाटै आफ्नाे निर्मम अन्त्य, किन उनकाे प्रेमी उनीमाथि यति क्रूर भएकाे हाे भन्ने कुरा पनि थाहा नपाई निर्ममतापूर्वक मारिन्छन्प उनी, अनि पलपल तडपिन्दै, असीम पीडा सहन्दै, सनैसनै मर्छिन् उनी। उनकाे यस्ताे दर्दनाक अन्त्यले मनलाई कुडाइँदिन्छ।

उनकाे पात्रकाे सुखद अन्त्य पनि गर्न सकिन्थ्याे, बरु त्यसै गरेकाे भए राम्रो हुन्थ्याे। एउटा दृष्यमा मेजर जनरल आग़ा खान ‘उनलाई रावलपिन्डीमा ‘सिफ्ट’ गर्ने, अनि त्यही आफ्नाे आफन्तहरुसँग बस्नु’ भन्छ। बरु उनलाई रावलपिन्डीमै गएर बसेकाे, धुमधुम्ती एक्लाे जीवन बिताइरहेकाे देखाएकाे भए हुन्थ्याे, आफ्नाे प्रेमीलाई सम्झन्दै, आफ्नाे प्रेमीलाई पर्खिन्दै…ज़मिलाले जस्तै।

त्यसाे गरेकाे भए उनले यति निर्मम मृत्यु भाेग्नुपर्दैनथ्याे। मर्नेबेला आफुले माया गरेकाे व्यक्तिकाे, आफ्नाे प्रेमीकाे क्रूरतम रुप पनि देख्नुपर्दैनथ्याे। अनि अनुत्तरित मर्नुपर्दैनथ्याे। (यस्ताे मृत्युमा त उनकाे आत्माले शान्ति पाउँदैन, उनकाे आत्मा भाैतारिरहन्छ भन्ने गरिन्छ।) नायक पनि यतिसाह्राे क्रूर र पाश्विक देखिनबाट बच्थे। आत्मग्लानीबाट बच्थे। उनकाे पनि छवि जाेगिन्थ्याे।

बेग़म अनारकाे याे पात्रमा ‘भूमिका’ फिल्ममा स्मिता पाटिलले प्ले गरेकी हँसा वाडकरकाे क्यारेक्टरदेखि लिएर मीना कुमारीकाे रियल लाइफ क्यारेक्टरसम्मकाे समिश्रण पाउन सकिन्छ। एक अनाैठाे आकर्षण छ याे पात्रमा, जसले मलाई उनीतर्फ तानेर लैजान्छ। बर्खा बिष्टले बेग़म अनारकाे याे पात्रलाई मनैदेखि जिएकी छिन्। सिरिज हेरिसकेपछि पनि स्मृतिमा लामाे समयसम्म रहिरहन्छ याे पात्र। जसमा बर्खाकाे अभिनय लाजवाब छ।

ज़ैन खान दुर्रानी मुख़बिर हर्फ़न बुख़ारीकाे केन्द्रीय भूमिकामा उपयुक्त लाग्छन्। यसअघि ‘कुछ भीगे अल्फ़ाज़’ मा रेडियाेमा कथा र सायरीहरु सुनाउँदै एक भावुक र संवेदनशील कवि तथा रेडियाे जकीकाे रुपमा दर्शकहरुलाई प्रभावित गरेका खानले यस सिरिजमा भने मुख़बिरकाे रुपमा दर्शकहरुलाई प्रभावित गरेका छन्। कदकाठी, मुहार, हाँसाे अनि संवाद बाेल्ने शैलीले ज़ैन खान दुर्रानी कताकता मलाई सुशांत सिहँ राजपूतकाे झझल्काे दिने गर्छन्। यस सिरिजका नायिका-फाेटाेग्राफर ज़मिलाकाे भूमिकामा ज़ाेया अफ़्राेज़ सुहाएकी छन्। हर्फ़नकाे सहकर्मी आलमग़िरकाे भूमिकामा सत्यदीप मिश्रा अब्बल लाग्छन्।

प्रकाश राज

एस के मूर्तिकाे भूमिकामा प्रकाश राज र मेजर जनरल आग़ा खानकाे भूमिकामा हर्ष छाँयाले प्राण भरेका छन्। दुवैले रियल लाइफ बेस्ड क्यारेक्टरलाई प्ले गरेका छन्। प्रकाश राजकाे एस.के.मूर्ति नामक पात्र के.एस.एन नायर र हर्ष छाँयाकाे मेजर जनरल आग़ा खान नामक पात्र मेजर जनरल याह्या खानमाथि आधारित छ।

सहायक कलाकारहरुले पनि फिल्ममा उत्कृष्ट अभिनय गरेका छन्। कर्णल ज़ैदीकाे भूमिकामा दिलिप शंकर, ब्रिगेडियर हबिबुल्लाहकाे भूमिकामा अतुल कुमारदेखि लिएर हर्फ़नकाे काका र काकीकाे भूमिका निभाउने कलाकारहरु समेत जीवन्त लाग्छन्।

यसप्रकार, यस सिरिजमा ठूलादेखि लिएर साना भूमिकाहरु निभाउने कलाकारहरुसम्म सबैले स्तरीय काम गरेका छन्। जसले यस सिरिजलाई पर्फमेन्सकाे लेभलमा पनि स्तरीय बनाएकाे छ।

कमजाेरीहरुका कुरा गर्दा ‘मुख़बिर’ काे पटकथामा एकाध अमिल्दाे प्रसँग छन्। जस्तै, एउटा दृष्यमा कर्णल ज़ैदी ज़मिलालाई ‘हर्फ़नकाे बारेमा उनलाई जे जति जानकारी छ, आफुलाई बताउन’ भन्छन्।

पहिलाे कुरा त यसअघि कर्णल ज़ैदी आफैले नै हर्फ़नलाई इंटेराेगेट गरेर निर्दाेष पाएपछि छाेडिदिएकाे हुन्छ। यदि उसलाई हर्फ़न निर्दाेष भएकाे सुचना पत्यार लागेकाे थिएन भने ऊ हर्फ़नलाई रिमान्डमा लिएर थप इंटेराेगेट गर्न सक्थ्याे। आखिर हर्फ़नलाई खाेज्दै आउने त्यसबेला काेही पनि थिएन। तसर्थ, यसाे गर्न कर्णल ज़ैदीलाई कुनै बाधा पनि थिएन।

यसाे नगरे पनि यदि कर्णल ज़ैदीलाई अझै पनि हर्फ़नमाथि शंका थियाे, हर्फ़नमाथिबाट उसकाे शंकाकाे निवारण भइसकेको थिएन भने उसले हर्फ़नमाथि गुप्तचरहरुमार्फत् proper निगरानी राख्न सक्थ्याे। ज़मिलालाई धम्काउनुभन्दा याे तरिका कैयौं गुणा प्रभावकारी हुन्थ्याे। जसबाट उसकाे काम पनि बन्थ्याे र उसले कसैलाई धम्काउनु पनि पर्दैनथ्याे।

सबभन्दा ठूलाे कुरा त हर्फ़नले थाहा पाउने खतरा पनि हुँदैनथ्याे। ज़मिलालाई धम्क्याउँदा त ज़मिलाले हर्फ़न बताइहाल्छे नि। अनि, हर्फ़नले उसकाे नियत थाहा पाएपछि ऊ सतर्क भइहाल्छ नि। कर्णल ज़ैदीकाे याे कदम अपरिक्व र इंटेलिजेन्सकाे सकेसम्म गुप्त कारवाही गर्ने चरित्रकाे विपरीत देखिन्छ। याे इंटेलिजेन्सकाे चरित्र सुहाउँदो लाग्दैन।

‘मुख़बिर’ काे सबभन्दा कमजाेर पक्ष चाहिँ के हाे भने यसकाे पटकथा अलि बढी भाग्यवादी भएर लेखिएकाे छ। यसकाे नायकलाई हरेक समयमा भाग्यमानी देखाइएकाे छ। ऊ करिबकरिब बिना अवराेध वा कम अवराेध ‘फेस’ गरेर सजिलैसँग आफ्नाे लक्षित काम पूरा गर्छ। सजिलै आफ्नाे सबै काम फत्ते गर्छ, यस्ताे लाग्छ कि उसकाे विपरीत तत्व, शक्ति वा परिस्थिति अस्तित्ववान हुनु र नहुनुकाे खासै अर्थ छैन। नायकलाई यतिसाह्राे भाग्यमानी पनि देखाउनुहुदैन, हार्डशिप पनि चाहिन्छ नायकमा। स्क्रिप्ट लेख्दा, पात्रलाई ‘डेवलप’ गर्दा हार्डशिप र भाग्यबीच ‘ब्यालेन्स’ राख्नुपर्छ।

यसकाे नायकले हार्डशिप नगरि वा कम मेहनतमै चाहेकाे कुरा पाउनुले अल्छे लेखनको भाव आउँछ। सिनेमा लेखनकाे भाषामा यसलाई ‘Deus Ex Machina’ को प्रयोग गर्नु भनिन्छ जसकाे प्रयाेग विचार गरेर तर्कसँगत ढँगले, त्याे सीमासम्म मात्र प्रयाेग गर्नुपर्ने हुन्छ जुन सीमासम्म पात्र वा घटनाहरु विश्वासनीय लागुन्, इहलाैकिक लागुन्। विश्वासनीयताकाे सीमा नाघेर पात्रहरु इहलाैकिकबाट अलाैकिक लाग्न थाले, सुपरम्यान लाग्न थाले त्याे साधनले जवाफ दिन थाल्छ। यहाँ यस्तै भएकाे छ। यस सिरिजमा सुरुदेखि लिएर अन्त्यसम्मै मनपरि ढँगले ‘Deus Ex Machina’ काे प्रयाेग गरिएकाे पाइन्छ जसकाे कारण नायक बढी भाग्यमानी देखिएकाे छ। अनि, सिरिज बढी भाग्यवाद आधारित।

अब सँगीतकाे कुरा गर्छु। यस सिरिजकाे प्रायः सबै गीत राम्रा छन्। सामान्यतया बेव-सिरिजहरुका गीत-सँगीत फिल्महरुकाे जस्ताे खासै सुमधुर तथा कर्णप्रिय हुँदैनन्। तर यसकाे विपरीत ‘मुख़बिर’ का गीतहरु सबै कर्णप्रिय छन्। लामाे समयपछि एक यस्ताे सिरिज आएकाे छ जसकाे प्राय: सबै गीत कर्णप्रिय छन्। यसभन्दा पहिले एकबर्षअघि आएकाे सिरिज ‘१९६२–द वार इन द हिल्स’ (२०२१) का सबै गीत कर्णप्रिय थिए।