अमेरिकी साम्राज्यवाद, ओस्कार र नाटाे-नाटाे

अमेरिकी साम्राज्यवादलाई चीनका विरुद्ध भारतलाई खडा गर्नका लागि ‘नाटु नाटु’ जस्ताे थर्ड क्लास गीतलाई ओस्कर (अवार्ड) दिनुपर्ने आवश्यकता (बाध्यता) छ। मूर्खहरुलाई पछि (याे कुरा) समझमा आउनेछ। अहिले नाँचुन्।

जिन्दगीमा जब पनि प्रशंसा पाइन्छ, (तब) सबभन्दा पहिले याे हेर्नुहाेस् कि कसले (प्रशंसा) गरिरहेकाे छ अनि किन गरिरहेकाे छ? कुनै निहित स्वार्थकाे पहचान नगरि तपाईं बहकिनुहुन्छ।

नाटाे-नाटाे

दाेस्राे जरूरी कुरा हाे आत्म-विश्लेषण (आत्म-मूल्यांकन वा स्व-मूल्यांकन)। यदि मेराे कुनै घटिया कृतिले धेरै वाह-वाही पाउँछ भने म त्यसलाई मेटाइदिन्छु (नष्ट गरिदिन्छु)।

हालैमा ‘रेत समाधि’ जस्ताे औसतभन्दा तल्लाे दर्जाकाे किताबलाई पनि ‘बुकर पुरस्कार’ (The Booker Prizes) मिल्याे। यी घटनाहरुले मलाई ती दिनहरुकाे याद दिलाउँछ, जब भारतकाे नयाँ बजारमा कस्मेटिक बेच्नका लागि सुस्मिता सेनलाई ब्रह्माण्ड सुन्दरी (Miss Universe) काे उपाधिद्वारा सुभाेषित गरियाे।

सन् १९९४ मा मिस युनिभर्सकाे ताज लगाउँदै सुस्मिता सेन

त्याे नब्बेकाे दशककाे दौर थियाे। त्यसपछिकाे कहानी तपाईंलाई थाहै छ। हरेक सानाे-ठूलाे सहरकाे गल्लीहरुमा च्याउ जसरी ब्यूटी-पार्लरहरु उम्रिए। हरेक दाेस्राे भारतीय केटी आफुलाई कुरुप मान्दै त्यहाँ जान थालिन्। यहाँसम्म कि सुन्दरताका मानकहरु पनि बदलिए। उबटन र मुल्तानी मिट्टी (माटाे) ले चम्किरहेकाे, राम्राे साडीमा बेरिएकाे वधू अब कसैलाई मनपर्दैन। सबैलाई फेशियल, आई ब्राे, पेडिक्योर, मेनिक्योर, भ्याक्सिङ गरिएको मैनबत्तीकाे गुड़िया प्रिय लाग्छ।

हामीले बिर्सियाैं कि बजार पहिले तपाईंको जिन्दगीलाई राम्राे बनाउनका लागि साधन उपलब्ध गराउँछ अनि यस्ताे देखाउँछ (भान पार्छ) कि तपाईं एक अति नै घटिया जिन्दगी जिइरहनुभएकाे छ। तपाईंलाई लाग्छ कि सरकारी स्कूल र अस्पताल बेकार छ अनि प्राइभेट राम्राे छ।

फेयर एंड लबली

नतीजा याे हुन्छ कि तपाईं सरकारलाई राम्राे शिक्षा, स्वास्थ्य र रोजगारका लागि दवाब दिन छोड्नुहुनेछ अनि बिस्तारै-बिस्तारै कल्याणकारी राज्यकाे अवधारणालाई तपाईंकाे सहमतिमा नै फासिस्ट व्यक्तिहरुद्वारा समाप्त पारिनेछ।

ठीक यसैगरि प्राइभेट क्षेत्रकाे केही उच्च स्यालरी पाउने व्यक्तिहरुलाई प्रचारित गरेर तपाईंलाई बताइन्छ कि कसरी निजी क्षेत्र सरकारी क्षेत्रभन्दा राम्राे सुखसुविधाहरु दिन्छ। तपाईंलाई याे सोच्ने फ़ुर्सद हुँदैन कि यति ठूलाे देश र यति ठूलाे जनसंख्यालाई रोजगार दिनका लागि निजी क्षेत्रसँग कति ठूलाे पूँजी र संसाधन छ? तपाईं याे पनि बुझ्नुहुन्न कि स्यालरी जागिरकाे एउटा हिस्सा हाे। सामाजिक सुरक्षा, मान-सम्मान, देशकाे प्रगतिसँग सीधा रुपमा जाेडिने जुन मौका एक VLW वा ब्लक कर्मचारीसँग छ, त्याे कुनै सत्य नाडेलासँग पनि छैन।

नतीजा, तपाईं आफ्ना बच्चाहरुलाई कारपोरेट गुलाम बन्नका लागि प्रोत्साहित गर्नुहुन्छ अनि उनीहरु ती पैसाहरुले भरपूर एक असफल जिन्दगी जिइरहन्छन्। यसरी, तपाईं शोषण र युद्धआधारित पूँजीवादी व्यवस्थाका कल्पतरुका जराहरुमा आफ्नाे रगतलाई पानी ठानेर सिंचिरहनुहुन्छ।

आजका परिस्थितिहरुमा म देशकाे राजनीतिक व्यवस्थाप्रति मध्यम वर्गकाे माैनताका बारेमा धेरैथाेक सुनिरहन्छु। याे मध्यम वर्ग काे हाे अनि के हाे यसकाे राजनीतिक, सामाजिक चरित्र? याे त्यही वर्ग हाे जसकाे आधी जनसंख्या ब्यूटी-पार्लरकाे आशे हुन् सुन्दर देखिनका लागि अनि बाँकी (आधा जनसंख्या) महानगरहरुमा एउटा फ्ल्याट किन्नुलाई नै आफ्नो जीवनकाे सबभन्दा ठूलाे उपलब्धि मानेर सारा गलत-सही काम निर्विकार भावले गर्छन्।

नाटु-नाटु ओस्कर अवार्ड

अब एक नयाँ चाल चलिएकाे छ। हाम्राे हजाराैं बर्ष पुरानाे शास्त्रीय संगीतमाथि (आधारित) कुनै पनि गीत उनीहरुलाई ओरिजिनल लाग्दैन, तर एक सी ग्रेड फिल्मकाे डी ग्रेड गीतलाई पुरस्कार मिल्छ। उनीहरु जान्दछन् कि राष्ट्रवादकाे यस घिनलाग्दाे दौरमा अधिकांश भारतीयहरुकाे दिमागलाई यसले कति आनन्द दिनेछ अनि गधाहरुलाई नाँचिरहेकाे हेर्नु मजेदार त हुन्छ नै।

समाज र देशकाे पतनका लागि सबभन्दा बढी जिम्मेदार विचारहरुकाे पतन हुन्छ। सकिन्छ भने यसलाई बचाउनुहाेस्।

जाँदा-जाँदै बताइदि‌‌ऊ कि हाथीमाथि बनेकाे डक्युमेन्ट्रीलाई मिलेकाे पुरस्कारका लागि उनीहरुका निर्माता साँच्चिकै बधाईका पात्र छन्।

एलिफेन्ट विस्परर

तपाईंलाई याे विरोधाभास लागिरहेकाे हाेला तर फलामकाे पञ्जा मखमलकाे पञ्जाभित्र नै लुकिरहेकाे हुन्छ।

वैज्ञानिक समाजवादी पार्टीका आहुतिमाथि एक टिप्पणी

 

नेताकाे विचार, सँघर्ष र रुपान्तरणका रणनीति र कार्यनीतिहरु उसकाे समाजकाे वस्तुस्थिति र धरातलीय यथार्थका अनुरुप हुनुपर्छ। नेताकाे विचार चाँहि धेरै अगाडि भयाे अनि समाज चाँहि धेरै पछाडि भयाे भने सँगति मिल्छ? नेता र समाजकाे ताल/कदम मिल्नुपरेन? सिँगाे समाजलाई पछाडि छाडेर आफुमात्रै कुदेर अगाडि पुगेर, फस्ट भएर हुन्छ त? गाेरु चाँहि धेरै अगाडि गए अनि गाडा चाँहि पछाडि नै छुटे यात्राकाे अर्थ हुन्छ? नेताले समाजलाई अगुवाई गरेर आफुसँगै हिँडाउने हाे नि।

आहुतिकाे विचारहरु मलाई त्यस्तै लाग्छ। अति क्रान्तिकारी, चरम क्रान्तिकारी। तर उसकाे समाज कुन स्थितिमा छ? ऊ बाँचेकाे समाजकाे वस्तुस्थिति के छ? समाजकाे धरातलीय यथार्थ के छ? त्यसलाई अध्ययन, विश्लेषण र सँश्लेषण गरेर समाजले थेग्ने र हासिल गर्न समाजकाे सामर्थ्यले भ्याउने हदसम्मकाे मात्र लक्ष्य ताेक्नुपर्छ, रणनीति र कार्यनीतिहरु बनाउनुपर्छ। लेनिन वा माओकाे लक्ष्य वा कार्यनीति हुबहु लागू गर्नु खाेजेर हुन्छ र? (यहाँनेर म याे भनिरहेकाे छुइन कि ऊ लेनिनवाद वा माओवाद हुबहु लागु गर्न खाेज्दैछ। म केवल उदाहरण दिदैछु।)

पाेखरा लिट्रेचर फेसेटिबलमा आहुति

कुनै पनि समाजकाे क्रान्तिकाे रणनीति र कार्यनीति अर्काे समाजभन्दा फरक हुन्छ। सबै समाजले आ-आफ्नो वस्तुस्थिति अनुरुप क्रान्तिकाे मार्गचित्र तयार गर्ने हाे। प्रजातन्त्र नभएकाे समाजमा सर्वप्रथम प्रजातन्त्र ल्याउनुपर्छ। अनिमात्र त्याे प्रजातन्त्रको दायरा बढाउँदै लगेर समाजवाद हुँदै साम्यवादसम्म पुग्न सकिएला। प्रजातन्त्र नै नभएकाे समाजमा एकैचोटि साम्यवाद ल्याउन सकिन्छ? सकिन्दैन नि। आहुतिकाे कुरा-विचार यस्तै छ। प्रजातन्त्र नै नभएकाे समाजमा साम्यवाद ल्याउने कुरा छ उसकाे। (मैले बिम्बमा भनेकाे हुँ। फेरि के नेपालमा प्रजातन्त्र नै छैन त भन्ने खालकाे मुढे तर्क गर्दै नआउनुहाेला)। समाजकाे धरातलीय यथार्थ अनुरुप अहिलेकाे चरणमा समाजलाई कति हदसम्म रुपान्तरण गर्न सकिन्छ, त्यतिमात्र कुरा गर्नुपर्छ।

त्यसैले, अहिले नै विवाह सँस्थालाई उन्मूलन गर्ने कुरा गर्ने हाेइन। अहिले त्यस्ताे कुरा गर्नुकाे कुनै अर्थ छैन। किनभने, विवाह त अबकाे सयबर्षसम्म पनि रहिनैरहन्छ नि। यस्ताेमा अहिले नै विवाह केही पनि हैन भन्ने कुरा गर्ने हाे र? विवाहलाई invalid गर्दा मानवीय सम्बन्ध झन् झन् अराजक र अव्यवस्थित हुँदै जाने, लिभ इन रिलेशनसिपजस्ता ऐझेरुलाई अँगाल्न पुग्दा जीवन झन् कष्टकर र शाेषित हुँदै जाने खतरा पाे बढ्छ। अहिलेसम्म व्यवस्थित गरिएकाे सुरक्षाव्यवस्था पनि भताभुङ्ग हुन्छ। अर्काे व्यवस्था पनि बन्दैन।

एक टेलिभिजन कार्यक्रममा आहुति

त्यसैले, समाजकाे वस्तुस्थिति र धरातलीय यथार्थअनुसार विवाहसँस्था खारेज गर्ने हाेइन बरु विवाहसँस्था वा पति-पत्नीबीचकाे सम्बन्धलाई समानतामा आधारित र न्यायपूर्ण बनाउने कुरा पाे गर्नुपर्छ। बहस त त्यतातिर पाे साेझिनुपर्छ। विवाहसँस्था खारेज गर्ने कुरा अहिले गर्नु जरुरी छैन। हरेक कुराकाे समय हुन्छ। विवाहसँस्था खारेज हुने पनि समय आउँछ। त्यसकाे लागि पहिले आन्तरिक र बाह्य परिस्थिति परिपक्व बन्नुपर्छ।

मार्क्सवाद पढेकाे मान्छेले यति कुरा बुझ्दैन? मार्क्सवादकाे ‘ऐतिहासिक भा‌ैतिकवाद’ ले समाज कसरी विकसित हुन्छ भनेकाे छ? पहिले आदिम साम्यवाद, त्यसपछि दासयुग, अनि सामन्तवाद, अनि त्यसपछि पुँजीवाद, अनि त्यसपछि समाजवाद हुँदै साम्यवादमा पुगिन्छ। आदिम साम्यवाद वा दासयुगबाट एकैचाेटि समाजवाद वा साम्यवादमा पुग्न सकिन्छ? सकिन्दैन नि। वस्तुगत परिस्थिति परिपक्व हुनु परेन? विचारधारात्मक वर्चस्व कायम हुनुपरेन?

आहुति उर्फ विश्वभक्त दुलाल

आहुतिकाे कुरा आदिम साम्यवादबाट एकैचोटि साम्यवादमा पुग्ने छ। बीचकाे सामन्तवाद, पुँजीवाद, समाजवादकाे चरण पार नगरि। याे कुरा गैरमार्क्सवादी छ, अवैज्ञानिक छ। पार्टीकाे नाम ‘वैज्ञानिक समाजवादी’ राख्ने तर साेचाई चै अवैज्ञानिक राख्ने, मार्क्सवादी विश्लेषणपद्धति, द्वन्द्वात्मक विश्लेषण पद्वतिलाई अँगिकार नगरि क्रान्तिकारी देखिने चक्करमा अधिभूतवादी विश्लेषण पद्वतिलाई अँगिकार गर्दा यसरी स्वैरकल्पनामा पुगिन्छ। जाेकर र गफाडी भइन्छ। समाजले पत्याउँदैन। सबैजना हाँस्छन्। जुन समाजलाई लिएर, सँगै हिँडाएर, सँगठित र परिचालित गरेर क्रान्ति गर्नु छ, त्यही समाजले नपत्याएपछि, गिल्ला गरेपछि के हुन्छ हालत?

वैज्ञानिक समाजवादी पार्टीकाे देशभरि कतिजना कार्यकर्ता छन्? कतिजना समर्थक छन्? देशभरिबाट उसले कति भाेट ल्याउँछ? के यसले देखाउँदैन उसकाे विचार कति वैज्ञानिक वा अवैज्ञानिक छ भनेर? जनताले उसलाई कति पत्याएका छन् भनेर? ‘हरेक नेताकाे राजनीतिक जीवन वा यात्रा समाज रुपान्तरण, परिवर्तन वा क्रान्तिकाे यात्रा हाेइन’ भन्ने कुरामा म एकदमै प्रष्ट छु। युवाकालमा कम्युनिष्ट पार्टी वा आन्दोलनमा लागेकाे मान्छे बुढेसकालसम्म साेही पार्टी वा आन्दोलनमा छँदैछ भन्दैमा क्रान्तिमा उसले याेगदान दियाे भन्न सकिन्दैन। आजीवन कम्युनिष्ट आन्दोलनमा लागेकाे भनेकाे माेहनबिक्रमसिहँकाे नेपाली समाजकाे रुपान्तरण वा क्रान्तिमा याेगदान के हाे जबकि जनताले न उसकाे पार्टीकाे नाम सुनेकाे छ, न उसकाे पार्टीकाे नेताहरु थाहा छ न उनीहरुकाे सुकर्मबारे थाहा छ। उसकाे भूमिगत पार्टीले समाज रुपान्तरण वा क्रान्तिमा के याेगदान गर्‍याे त? कसैलाई थाहा छैन।

एक कार्यक्रममा प्रवचन दिदै आहुति

आहुतिहरुकाे हकमा पनि यही प्रश्न उठ्छ। नेपाली समाजकाे रुपान्तरण वा क्रान्तिमा आहुतिहरुकाे के याेगदान छ? जनतालाई त थाहा छैन। जनताले सुनेकाे पनि छैन। के याेगदान छ? (गफ पेल्ने कामलाई याेगदानमा नगन्ने हाे भने) केही याेगदान छ?

‘माेहनदास’ (२००८) : क्रुर तथा अमानवीय व्यवस्थाकाे शिकार निमुखाकाे कथा

संवाद-१.

‘कागज, कागज, कागज। म यहाँ बसेकाे छु, हाडमासुले बनेकाे मानिस। तर याे कागजले भन्छ कि म त्याे मानिस हाेइन जाे म हुँ। म त्याे कागज कहाँदेखि ल्याऊँ जसबाट याे साबित हाेस् कि म नै माेहनदास हुँ। म नै म हुँ।’

संवाद-२.

‘…सिङ्गाे सिस्टम ढलिसकेकाे छ। ठग, लुटेरा, अपराधी… यी सब हाम्राे डेमोक्रेटिक संस्थाहरुभित्र पसिसकेका छन्। याे डेमोक्रेसी हाेईन, प्लुटाेक्रेसी हाे, धनतन्त्र हाे जहाँ जसकाे साथमा धनबल छ, उसैकाे शासन हुन्छ, उसैकाे सरकार हुन्छ। ठूला ठूला सिद्धान्त, आईडियाेलाेजी, फिलाेसफी…यी सबका सब एकदिन खाेक्राे लफ्फाजीमा बदलिन्छन् र याे पटकपटक हुन्छ। सारा ईतिहास साक्षी छ।’

हाम्राे विधमान सिस्टम कसरी चलिरहेकाे छ? याे सिस्टममा कस्ता मान्छेहरुकाे बाेलबाला छ? याे सिस्टमभित्र गरिब, सीमान्तीकृतहरुमाथि कस्ताे व्यवहार हुने गरेकाे छ? याे सिस्टममा जाे हकदार हाे उसले किन आफ्नाे हक पाउँदैन?
‘माेहनदास’ ले यी प्रश्नहरुमाथि साेच्न बाध्य पार्छ।

‘माेहनदास’ काे पाेष्टर

‘माेहनदास’ एक गम्भीर सिनेमा हाे। के तपाईले उदय प्रकाशकाे कृति ‘माेहनदास’ पढ्नुभएकाे छ? याे फिल्म उदय प्रकाशकाे त्यही कृति ‘माेहनदास’ माथि आधारित छ जसले विधमान सिस्टमले साेझासिधा मानिसकाे जीवनमा पैदा गरेकाे त्रासदीकाे मूर्त चित्रण गरेकाे छ।

‘माेहनदास’ ले विधमान सिस्टमकाे कठाेर सत्यसँग साक्षात्कार गराउँछ। याे व्यवस्थामा पैसा, पावर र सत्तामा पहुँच हुनेहरु कसरी साेझासिधा, इमानदार, याेग्य तर निमुखा मानिसहरुकाे हक खाेसिरहेका छन्, विधमान न्यायप्रणालीले पनि किन ती निमुखाहरुकाे हककाे रक्षा गर्न सकिरहेकाे छैन, किन उनीहरुलाई न्याय दिन सकिरहेको छैन, याे सिस्टम कसरी यथार्थलाई नहेर्ने, कागजलाई मात्र हेर्ने, जिउँदाे मान्छेलाई जिउँदाे प्रमाणित गर्न समेत कागज खाेज्ने हदसम्म यान्त्रिक र आत्मविहिन भइसकेकाे छ, याे सत्यलाई उजागर गर्छ।

‘माेहनदास’ फिल्मकाे पाेष्टर

आफ्नाे मातहतकाे अधिकृतलाई राति आफ्नाे काेठामा वेश्या पठाइमाग्ने मन्त्रीदेखि लिएर जाली कागजपत्रमा सरकारी छाप लगाई नक्कली व्यक्तिलाई सक्कली प्रमाणित गर्ने पटवारीसम्म, माथिदेखि लिएर तलसम्म भ्रष्ट भएकाे याे सिस्टमले कसरी ‘विश्वनाथ पाण्डे’ जस्ताे बदमास र बेइमानहरुलाई सँरक्षण दिएर ‘माेहनदास’ जस्ताहरुकाे नाम, काम, अधिकार, पहिचान, आत्मसम्मान र उज्ज्वल भविष्यलाई खाेसेर उनीहरुलाई विलुप्त हुन बाध्य पारिरहेकाे छ, याे यथार्थलाई देखाउँछ। याे सिनेमाले देखाउँछ कि कसरी याे सिस्टममा वास्तविक हकदारहरु आफ्नाे हकदेखि बन्चित भएर उत्पीडनमा मात्र परेका छैनन्, अपितु उनीहरुकाे पहिचान समेत खाेसिएकाे छ।

सत्ताधारीहरुसँग दह्राे साँठगाँठ गरेर विश्वनाथले नक्कली माेहनदास बनेर सक्कली माेहनदासकाे जागिर खाइदिनु एउटा सानाे व्यक्तिगत घटना मात्र हाेइन बरु विधमान भ्रष्ट व्यवस्थाकाे कुरुप बिम्ब हाे। माेहनदास व्यवस्थाकाे क्रुरताकाे शिकार भएका ती सबै निमुखाहरुकाे बिम्ब हाे। अनि, माेहनदासले भाेगेकाे भयावह यन्त्रणा यस भ्रष्ट, क्रुर तथा अमानवीय व्यवस्थाकाे शिकार भएका सबै निमुखाकाे समान नियतिकाे साझा अभिलेख हाे। याे विधमान व्यवस्थामा माेहनदासहरुकाे जीवन साँच्चिकै संकटपूर्ण र भयावह भएकाे सत्यकाे प्रमाण पनि हाे। अनि, माेहनदासले अन्ततोगत्वा आफ्नाे पहिचान नकार्न बाध्य हुनु यसकाे चरमाेत्कर्ष हाे।

माेहनदासले आफ्नाे पहिचान अस्वीकार गरेकाे दृष्य

‘माेहनदास’ काे निर्दैशन मजहर कामरनले गरेका हुन्। यसमा नकुल वैधले माेहनदास र सुशान्त सिहँले विश्वनाथकाे भूमिका निर्वाह गरेका छन्। यस अतिरिक्त फिल्ममा साेनाली कुलकर्णी, शरबनी मुखर्जी, आदित्य श्रीवास्तव, गाेविन्द नामदेव, अखिलेन्द्र मिश्र आदि कलाकारहरुले अन्य महत्त्वपूर्ण भूमिकाहरु निर्वाह गरेका छन्।

‘माेहनदास’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलहरुमा प्रदर्शित र पुरस्कृत भइसकेकाे सिनेमा हाे। ‘माेहनदास’ एक अलग प्रकारकाे (यथार्थपरक) सिनेमा हाे। याे सिनेमा कमर्शियल फर्मुलाहरुदेखि टाढा छ। ‘माेहनदास’ खासमा, सिनेमा हेर्न हाेइन, पढ्न र मनमा गढ्न चाहने दर्शकहरुकाे लागि हाे।

‘माेहनदास’ मा टिभी जर्नलिस्ट बनेकी साेनाली कुलकर्णी

यदि तपाई रियलिस्टिक अप्राेच सहितकाे सिस्टममाथि बनाइएकाे कुनै सिनेमा हेर्ने साेचमा हुनुहुन्छ भने याे सिनेमा हेर्नुहाेस्।