लुम्बिनी प्रदेश मन्त्री उत्पादनकाे केन्द्र, ६ वर्षमा ४ मुख्यमन्त्री र ४५ मन्त्री चरम अस्थिरताले राज्यलाई आर्थिक भार

दाङ,२५ बैशाख। संविधान अनुसार देश संघीय संरचनामा गएपछि मुलुकमा तीन तहका सरकारले काम गरिरहेका छन् । २०७२ मा नयाँ संविधान जारी भएपछि २०७४ सालमा सोही संविधान अनुसार स्थानीय, प्रदेश र संघमा निर्वाचन भएर तीनै तहका सरकार बनेका हुन् ।

संघीयता कार्यान्वयनका क्रममा बनेका प्रदेश जनतालाई सेवा पुर्‍याउनेभन्दा पनि बढी नेताहरूलाई मन्त्री पदको पालो पुर्‍याउने थलो बनेकाे छ । प्रदेशका जनप्रतिनिधि मन्त्री मोह, सत्ता–होडमै रमाएका छन जसले गर्दा आर्थिक बोझ थपिएको छ भने भ्रष्टाचार अत्याधिक मौलाएको छ ।

यस्काे एक उदाहरण हाे लुम्बिनी प्रदेश

राजनितीमा चरम अस्थिरता लुम्बिनी प्रदेश बन्याे मन्त्री उत्पादनकाे केन्द्र ६ बर्षमा लुम्बिनीमा ४ मुख्यमन्त्री र ४५ मन्त्री राष्ट्रिय झण्डा हल्लाउदै सरकारकाे स्राेत र साधन दाेहन गर्नका लागी मात्रै भए पनि मन्त्री बन्ने हाेडबाजी राज्यलाई आर्थिक भार बढ्दै गैरजिम्मेवार बन्दै प्रदेश सरकार ।

राजनितीमा आएकाे अस्थिरताले पछिल्लाे समय प्रदेश संरचना देशका लागि उपयुक्त देखिएन संघमा सत्ता समीकरण परिवर्तन तथा पार्टीहरू बीचको असहमतिले नेतृत्व अदलबदल भइरहँदा प्रदेश सरकार पनि मन्त्री उत्पादनकाे कारखाना र दलिय कर्याकर्ताहरु भर्ति केन्द्रकाे रूपमा प्रयोग गर्दा संघीयताको मर्म, आवश्यकता र औचित्यमाथि नै प्रश्न चिह्न खडा हुँदै गएको छ ।

सत्ता टिकाउन पहिलो पाँच वर्ष मुख्यमन्त्री र मन्त्री बन्ने होडमा बितेको प्रदेशसभाको दोस्रो कार्यकाल झनै अस्थिर हुने देखिएको छ । निर्वाचनपछि नयाँ सरकार बनेको १०० दिन पूरा नहुँदै सरकारको नेतृत्व परिवर्तन र स्वयत्त प्रदेश भनिए पनि प्रदेशकाे अधिकार केन्द्रमै सिमित भएकाे हुदाँ प्रदेश संरचनाप्रति पनि जनतामा चरम निराशा र वितृष्णा बढाउँदै गएकाे देखिन्छ। कतिपय नागरिक समाज र जनताहरु प्रदेश खारेज हनुपर्ने बताउँछन ।

लुम्बिनी प्रदेशमा पहिलो कार्यकाल २०७४ मा कुल सांसद संख्याको करीब ३० प्रतिशत सांसद मन्त्री बनेका थिए । यो संख्या भनेको हरेक ३ सांसद बराबर करीब १ मन्त्री हो। लुम्बिनी प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी ८७ सदस्यीय छन । पहिलो कार्यकालमा लुम्बिनीमा ३२ मन्त्री र दुई मुख्यमन्त्री बनेका थिए । त्यतिबेला नेकपा एमालेका शंकर पोखरेल र माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए । पोखरेलले तत्कालीन नेकपा विभाजन हुनुअघि ६ सदस्यीय रहेको मन्त्रिमण्डल नेकपा विभाजनपछि सत्ता टिकाउन ९ सदस्यीय पुर्‍याएका थिए ।

पोखरेल अल्पमतमा परेर हटेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको ‘मिलीजुली’ सरकार बनेपछि कुलप्रसाद केसीले मन्त्रालय विभाजन गरी १४ मन्त्री र ३ राज्यमन्त्री सहित १७ सदस्यीयकाे जम्बो मन्त्रिमण्डल बनाए, जुन सात प्रदेशमध्येकाे सबैभन्दा ठूलो मन्त्रिमण्डल थियो ।

दोस्रो कार्यकाल २०७९ मा भएकाे निर्वाचन पश्चात लुम्बिनीमा मन्त्रीहरूको संख्या अझै बढेर जाने देखिन्छ । निवर्तमान मुख्यमन्त्री लीला गिरी नेतृत्वको तीन महिने सरकारमा मुख्यमन्त्री सहित १० जना मन्त्री बनिसके । अहिले काङ्ग्रेसकाे नेतृत्वमा बनेकाे नयाँ सरकारमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तीनवटा सत्तारूढ दलका सांसदलाई मन्त्री बनाएर ४ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । चाैधरी मुख्यमन्त्री बनेकाे २ साता बितिसक्दा पनि अन्य मन्त्रीहरु र बिभाग चाहि टुङ्गो लगाउन सकेका छैनन मन्त्रीमण्डल बिस्तारमा पनि ढिलाई भएकाे छ । यसरी हेर्दा लुम्बिनी प्रदेशमा साढे पाँच वर्षमा ४ जना मुख्यमन्त्री र ४५ जना मन्त्री बनिसकेका छन ।

८ दल र १ स्वतन्त्र सांसदले समर्थन गरेको वर्तमान सरकारमा भागबण्डा पुर्‍याउन मन्त्रालय फुटाएर १२/१३ सदस्यीय बनाउने तयारीमा गठबन्धनका नेताहरू लागेका छन्। लुम्बिनीमा नयाँ सरकार बनेपछि मन्त्री बन्नलाई सांसदहरूको दौडधूप छ । प्रदेशसभाको यो पाँच बर्षे कार्यकालको अन्तिमसम्म राष्ट्रिय झण्डा हल्लाउनका लागी र सरकारकाे साधन र स्राेत दाेहन गर्नकै लागी मात्रै भए पनि अझै कति मन्त्री थपिनेहुन त्याे भने हेर्न बाकि नै छ ?

मुलुकमा संघीयता आएपछिको पाँच वर्ष हेर्दा जनताको जीवनस्तरमा कुनै परिवर्तन नदेखिएको छैन । एकातिर नेताहरू सरकारल ढलाउने बनाउने र आफु मन्त्री बन्ने ध्यानमा व्यस्त छन भने अर्काेतिर आम जनमानसमा प्रदेश संरचनाको औचित्यमाथि नै बहस शुरू हुन थालेकाे छ । दुई वा दुईभन्दा बढी दल नमिली सरकार बन्न सक्ने अवस्था केन्द्रदेखि प्रदेशसम्मै छैन । राजनीतिक अस्थिरता अझै केही वर्ष ‘ट्रयाक’ मा आउने देखिँदैन । मुलुकमा संघीयता आएको उपलब्धि मन्त्री र मुख्यमन्त्री उत्पादन गर्ने कारखाना जस्तै देखियो । प्रदेशको आन्तरिक आयले चालू खर्चलाई ३ महिना पनि धान्न सक्ने अबस्था छैन । आवश्यकता र औचित्य बिनानै प्रदेश मन्त्रालयको संख्या बढाएर राज्यकाे कोष दोहन भएको जनगुनासो व्यापक आउन थालेकाे छ ।

एउटा मन्त्रालय फुटाउँदा प्रदेशलाई वार्षिक ३ करोडभन्दा बढी आर्थिक भार थपिन्छ । शंकर पोखरेलपछिको कूलप्रसाद केसी नेतृत्वको लुम्बिनी सरकारलाई वार्षिक ४४ करोड व्ययभार थपिएको थियो । सरकार जोगाउन र नयाँ बनाउन जथाभावी मन्त्रालय फुटाउँदै मन्त्री थप्दा राज्यलाई आर्थिक भार बढ्ने अर्थशास्त्री डिल्ली राज खनाल बताउँछन । राजनीतिक नेतृत्वले असल नियत साथ प्रदेशलाई कार्यान्वयन नगराउने हो भने आगामी निर्वाचनसम्म समावेशी अवधारणा र संघीय स्वरूप झनै विकृत हुँदै जाने देखिन्छ । बुटवल दैनिक बाट

‘निल बट्टे सन्नाटा’ (२०१६):- शिक्षाकाे माध्यमबाट आफ्नाे जीवन बदल्ने आमा-छाेरीकाे कथा

घर की चौखट से
स्कूल तक की दूरी उतनी ही है
जितनी कि
चूल्हे से चाँद तक की दूरी !

चाँद तक पहुँचने के लिए
रॉकेट की नहीं,
चौखट लाँघने की ज़रूरत है !

– आदित्य रहबर

‘निल बट्टे सन्नाटा’ एक आमाकाे कथा हाे। उनकाे सपनाकाे कथा हाे। उनकाे दु:खकष्ट र सङ्घर्षकाे कथा हाे। याे खासमा एक आमाकाे आफ्ना सन्तानप्रतिकाे अपरिमित माया, कर्तव्यपरायणता अनि आफ्ना सन्तानका लागि गर्ने त्याग, तपस्या र सङ्घर्षकाे कथा हाे।

याे एक छाेरीकाे पनि कथा हाे, जाे गणितमा शून्य छ, जसलाई पढ्न मन छैन। जसले पहिल्यै ‘मैले पढेर पनि केही हुने वाला छैन, पढेर पनि म केही बन्न सक्दिन’ भन्ने धारणा मनमा बनाइसकेकी छ। आफुलाई ‘डिमाेटिभ’ गरेर ठूली भएपछि आमाजस्तै ‘मेड’ (घरेलु नाेकर) बन्ने निधाे गरिसकेकी छ, उनकाे रुपान्तरणकाे कथा पनि हाे।

आमा छाेरीकाे लागि उज्ज्वल भविष्यकाे सपना देख्छिन्, त्यसकाे लागि अहिलेदेखि नै मेहनत र तयारी गर्न थाल्छिन्। छाेरीलाई आफ्नाे सपनाकाे बाटाेतर्फ हिँडाउन खाेज्छिन् जसमा हिँडेर उनी एक सम्मानित जीवन हासिल गर्न सकुन्।

तर छाेरी भने उक्त बाटाेमा हिँड्न चाहन्दिनन्। छाेरीकाे धुन अर्कै छ। उनी आफ्नाे औकातभन्दा ठूलाे सपना देख्न चाहन्दिनन्। उनले आफ्नाे जिन्दगीकाे सत्यलाई स्वीकार गरिसकेकी छन्। ‘मेराे भाग्य र भविष्य बदलिने छैन’ भन्ने निचाेड निकालिसकेकी छन्।

उनी आफ्नी आमालाई बुझ्दिनन्, आमाकाे दु:खलाई बुझ्दिनन्, आमाकाे सङ्घर्षलाई बुझ्दिनन्, आमाबारे गलत धारणा बनाएर आमालाई गलत व्यवहार गर्छिन् छाेरी। आमाकाे सपनाकाे, उनकाे भावनाकाे परवाह गर्दिनन्।

यसरी ‘मेराे भाग्य र भविष्य बदलिने छैन’ भनेर मन मारेर बसेकी, आफ्नाे औकातभन्दा ठूलाे सपना देख्न नमान्ने र पढाइप्रति उदासीन छाेरीलाई शिक्षारुपि हतियारद्वारा आफ्नाे भाग्य र भविष्य बदल्न एउटी आमाले कसरी प्रेरित वा मार्गदर्शन गर्छिन्, त्यही यस फिल्ममा देखाइएकाे छ।

साथै, आमाप्रतिकाे छाेरीकाे ‘मिसअंडर्सट्यान्डिङ’ कसरी हट्छ? कसरी उनलाई आमाकाे, दु:ख, सङ्घर्ष र त्यागहरुकाे बाेध हुन्छ? कसरी उनका आँखाहरु खुल्छन्? अनि कसरी उनी रुपान्तरण हुन्छिन्? यसलाई पनि राम्राेसँग मन छुने गरि देखाइएकाे छ।

फिल्मकाे कथा सरल छ तर कथामा थुप्रै उतारचढाव छन्। फिल्मले एक आमाकाे ममता र सङ्घर्षलाई सन्तुलित ढँगले चित्रण गरेकाे छ। साथै, छाेरीकाे आँलाेकाँचाे चरित्रदेखि लिएर परिपक्व बन्दासम्मकाे उनकाे चरित्रकाे रुपान्तरणलाई पनि राम्राेसँग अभिरेखन गरेकाे छ।

फिल्मकाे कथा मर्मस्पर्शी छ अनि सँवेदनशील र प्रेरणादायी पनि। पटकथाले कथालाई राम्राेसँग ‘एक्सप्लाेर’ गरेकाे छ। यसकाे क्लाइमेक्सले त भावविह्वल बनाइदिन्छ। फिल्मका सहायक चरित्रहरु पनि सुन्दर लाग्छन्। घरमालिक र मालिक्नी, कक्षाकाे टपर छात्र, क्लेक्टर सबैकाे चरित्र असल, मानवीय र प्रगतिशील लाग्छ।

यस फिल्मले गरिबका छाेराछाेरीहरुलाई दिशाहीन वा सपनाहीन भएर नभाैतारिन भन्छ। बरु एक सुन्दर र उपयुुक्त सपना देख्न (जसबाट एक सम्मानजनक जीवन हासिल गर्न सकियोस्) र पढाइ-लेखाइमा मेहनत गरेर अर्थात् शिक्षालाई आफ्नाे बलियाे हतियार बनाइ उक्त सपनालाई साकार पार्नतर्फ लाग्न अभिप्रेरित गर्छ। यस फिल्मले समाजकाे पीँधमा रहेकाे निम्न वर्गलाई अँध्यारोबाट उज्यालोतर्फ निस्कन अभिप्रेरित गर्छ। त्यसका लागि शिक्षा नै उसकाे लागि सबैभन्दा प्रभावकारी हतियार साबित हुन सक्छ भन्छ।

यस फिल्मले घुमाएर शिक्षाकाे महत्त्वमाथि पनि प्रकाश पारेकाे छ। याे शिक्षा नै हाे जसकाे सहयाेगबाट निम्न वर्ग वा समाजकाे पीँधमा रहेकाे वञ्चित वर्गले आफ्नाे भविष्य उज्ज्वल बनाउन सक्छ।

त्यस्तै, ‘नारीकाे जीवनलाई बदल्नकाे लागि समाजमा रहेका मानिसहरुकाे पनि सकरात्मक भूमिका हुनुपर्छ’ भन्ने कुरा विभिन्न सहायक चरित्रहरुकाे माध्यमबाट फिल्मले बाेल्छ।

यस फिल्मलाई नारी सशक्तीकरणसँग पनि जाेडेर हेर्न सकिन्छ। यसमा आमाकाे चरित्र त पहिलेदेखि नै सशक्त र सङ्घर्षशील छँदैछिन, दु:खकष्टहरु झेल्दै जाँदा र सङ्घर्ष गर्दै जाँदा उनी झन् सशक्त बन्दै जान्छिन् भने छाेरी अर्थात् बालिकाकाे चरित्रलाई पनि आमाकाे प्रेरणाले पराजित मानसिकताबाट बाहिर निस्केर उनकाे सपनालाई साकार पार्ने बाटाेतर्फ लम्केकाे देखाइएकाे छ। यी दुवै कुराले नारी सशक्तीकरणलाई दर्शाउँछ।

सपना देख्नु, सङ्घर्ष गर्नु र त्यसलाई साकार पार्नु… मलाई लाग्छ याे जीवनकाे सबैभन्दा सुन्दर र सार्थक कुरा हाे। अनि सपना, सङ्घर्ष र सफलताका कथाहरु याे सँसारकाे सबैभन्दा सुन्दर कथाहरु हुन्। भविष्यप्रति जिम्मेवार र आशावादी हुन सिकाउने, मनभित्र आत्मविश्वास भर्ने, सपना देख्न अनि सपनालाई साकार पार्न सङ्घर्ष वा मेहनत गर्न अभिप्रेरित गर्ने, सही मार्ग पहिल्याएर आफ्नाे भाग्य र भविष्य बदल्न प्रेरित गर्ने कथाहरु याे सँसारका सबैभन्दा सुन्दर कथाहरु हुन्। ‘निल बट्टे सन्नाटा’ यस्तै एक सुन्दर कथा हाे।

जीवन उसैकाे सार्थक हुन्छ जसले सपना देख्छ। अनि, सपना उसैकाे साकार हुन्छ जसले सङ्घर्ष गर्छ। हामीले पनि हाम्रा बालबालिकाहरुलाई सपना देख्न र त्यसलाई साकार पार्न सङ्घर्ष गर्न किन नसिकाउने? उनीहरुलाई सपना देख्न सिकाई त्याे सपनालाई मूर्त रुप प्रदान गर्नका लागि मेहनत गर्न किन नसिकाउने? ‘निल बट्टे सन्नाटा’ ले दिएकाे सन्देश यही हाे।

चितवन २ मा रवि लामिछानेको जित सुनिश्चित

चितवन,१२ वैशाख । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।

लामिछानेले ४५ हजार ८४२ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३२९ मत पाएका छन् ।

रविको जित सुनिश्चित भएपछि कांग्रेस उम्मेदवार श्रेष्ठले मतदाताको दुःखसुखमा विगतको भन्दा अझै सशक्त ढंगले लाग्ने प्रतिबद्धता जनाएका छन् ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा रवि चितवन २ बाटै निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण उनको सांसद पद गुमेपछि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा पनि उनले भारी मतअन्तरले जित दोहोर्याउने निश्चित भएको छ ।