नरेन्द्र मोदीले प्रचण्डलाई किन भेटेनन् ?
गणतन्त्र नेपाल समाचारदाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न समय दिएनन् । यो घटनाले राजनीतिक चर्चा तातेको छ । ३ दिने भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले मोदी…

२२ वर्ष बितिसक्दा पनि मुक्त कमैयाको पुनःस्थापना हुन सकेन
गणतन्त्र नेपाल समाचारदाता

कैलालीसहित तराईका चार जिल्लामा अझै मुक्त कमैया पुनःस्थापना हुनसकेका छैनन् । मुक्त भएको २२ वर्ष पुग्दासमेत कैलाली, कञ्चनपुर, बर्दिया र दाङका मुक्त कमैया पुनःस्थापनाको पर्खाइमा रहेका छन् । मुक्त कमैया समाजका अनुसार कैलालीमा नौ सय ५३, कञ्चनपुरमा एक सय २९,…

‘अत्यधिक’ गर्मी, मंगलबारसम्म तापक्रम बढ्ने
गणतन्त्र नेपाल समाचारदाता

पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभरका विभिन्न स्थानमा अत्यधिक गर्मी महसुस गरिएको छ । मनसुन सिजनमा पानी नपर्दा र न्यूनचापीय प्रणाली सरदरभन्दा दक्षिणतर्फ सक्रिय रहेकाले गर्मी बढेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराई,…

काठमाडौंका मजदुर र सडक बालबालिकाको मिर्गौला बेचेको आरोपमा ५ जना पक्राउ
गणतन्त्र नेपाल समाचारदाता

मिर्गौला बेच्न दुईजना युवालाई भारत लान खोजेको आरोपमा प्रहरीले काठमाडौंको कोटेश्वरबाट असार १७ मा २ जनालाई पक्राउ गरेको थियो । अनुसन्धानबाट मानव बेचविखन अनुसन्धान ब्यूरोले थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको तम्घास–२ घर भएका विजय कुँवर…

भारतबाट १६ रूपैयाँ घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?
गणतन्त्र नेपाल समाचारदाता

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो। अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल (१५९ लिटर) कच्चा तेलको मूल्य (ब्रेन्ट क्रुड आयल)…

बाँकेकाे खेतहरुमा सिक्टाकाे सिँचाइ पानी पुगेपछि किसानहरु हर्षित
गणतन्त्र नेपाल समाचारदाता

सिक्टा सिँचाइ आयोजनाको पानी खेतबारीमा पुगेपछि बाँकेको फत्तेपुरका किसान हर्षित भएका छन् । आयोजनाले पूर्वी नहरमार्फत राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरस्थित पुरानो नहरमा पानी छाडेपछि रमाएका हुन् । वर्षात् नभएका कारण सहजरूपमा धान रोप्न नसकेको बेला खेतबारीमा सिक्टाको पानी पुगेपछि किसानलाई…

साउने सङ्क्रान्तिमा तिउरी : सौन्दर्य मात्र होइन, औषधीय पनि
गणतन्त्र नेपाल समाचारदाता

असार–साउन तिउरीको फूल फुल्ने महिना । साउने स‌ंक्रान्तिको दिन लुतो फालेर रातमा हातमा मेहेन्दी र तिउरी लगाउने चलन छ । यस्तो चलन अहिले मात्र हैन, धेरै लामो समय अघिदेखि चल्दै आएको छ । यसरी हातलाई तिउरी र मेहेन्दीले रंगाउँदा विभिन्न…

७ महिनामा एयरपोर्टबाट ४८० किलो सुन बरामद, साढे ४५ करोड राजस्व असुली
गणतन्त्र नेपाल समाचारदाता

त्रिभुवन विमानस्थल भन्सारले ७ महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद गरेको छ । जसबाट विमानस्थल भन्सार कार्यालयले ४५ करोड ५८ लाख राजस्व असुली गरेको छ । झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै हवाई यात्रुले ल्याउने सुनमा कडाइ थालेको ७…

बाँके साक्षर जिल्ला घोषणा
गणतन्त्र नेपाल समाचारदाता

बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन्। साक्षर घोषणा भएकाहरूमध्ये देशभरमा बाँके ६१ औँ जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा ११ औँ नम्बरमा पर्दछ। साक्षर जिल्ला…