दाङ ३ बाट नेकपा एमालेकी नेतृ कोमल वली भारी मतले पराजित भएकी छन् ।
वलीलाई पराजित गर्दै कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् । गिरी ३५ हजार ५ सय ७९ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले अध्यक्ष केपी शर्मा ओलीकी प्रियपात्र कोमल वलीले जम्मा २८ हजार २ सय ६६ मत ल्याइन्।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १४ हजार ५ सय ७४ मत ल्याए । उनी तेस्रो बनेका छन् । दाङमा एमालेका लागि यो निर्वाचन निकै निराशाजनक बनेको छ ।
एमालेका महासचिव शंकर पोखरेल पराजित भैसकेका छन् भने । एमाले नेतृ शान्ता चौधरी पनि पराजय नजिक छन् ।
Please follow and like us: