नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक

काठमाडाैँ  । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलतापश्चात् अझ परिस्कृत रुपमा ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ। नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहनाअनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो सुरक्षित जीवन बीमा योजना ल्याएको हो।

१८ देखि ७० वर्ष सम्मको कुनै पनि स्वस्थ व्यक्तिले बीमा गर्न सकिने नौलो सुरक्षित जीवन बीमा योजनामा आम्दानीको आधारमा अधिकतम बीमाङ्क छनोट गर्न सकिने कम्पनीले विज्ञप्तीमा जनाएको छ। यस बीमा योजनाअन्तर्गगत बीमितले बीमालेख चालु रही बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा ‘बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनश’ बीमा अवधि समाप्तिमा एकमुष्ट प्रदान गर्नेछ।

त्यसैगरी, बीमालेख चालु रही बीमा अवधिभित्र जुनसुकै कारणबाट (बीमालेखअन्तर्गत नपर्ने जोखिमहरुबाहेक) बीमितको मृत्यु भएमा ‘बीमाङ्क रकम र आर्जित बोनश’ एकमुष्ट प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ। यदि दुर्घटना मृत्यु लाभ सुविधा एडीबी थप लिएको छ भने चालु बीमालेखअन्तर्गत बीमा अवधिभित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा ‘बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम, दुर्घटना मृत्यु लाभ एडीबी सुविधा वापतको बीमाङ्क रकम र आर्जित बोनश रकम’ एकमुष्ट भुक्तानी पाइनेछ।

त्यसैगरी दुर्घटना मृत्यु लाभ तथा अपाङ्ग अशक्त सुविधा लिएको छ भने बीमालेख चालु रही बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा ‘बाँकी बीमाशुल्क भुक्तानीमा पूर्ण छुट दिइनुका साथै अपाङ्ग अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्ता’ मा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी उपलब्ध गराइने कम्पनीले जनाएको छ। यस नौलो सुरक्षित जीवन बीमा योजनाअन्तर्गत वार्षिकरुपमा बीमाशुल्क भुक्तान गर्दा कम्पनीले १% सम्म छुट प्रदान गर्नेछ।

बीमितको आवश्यकता तथा सुविधालाई मध्यनजर गर्दै यस बीमा योजनामा ३ वर्षको बीमाशुल्क भुक्तान गरी ३ वर्ष पुरा भइसकेपछि समर्पण मूल्य प्राप्त हुने तथा बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९०% सम्म ऋण सुविधा लिन सकिनेछ। समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ।

नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ। ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकताअनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *