झापामा एउटै रुखमा झुन्डिएको अवस्थामा तीन किशोरीकाे शव फेला

झापामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन्।

कचनकवल गाउँपालिकास्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानमा झुन्डिएको अवस्थामा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

कचनकवल ५ बस्ने पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना गणेशको झुन्डिएको अवस्थामा शव फेला परेको पाठकले बताए।

एउटै हांगामा दुई जना र अर्को हांगामा एक जना झुन्डिएको अवस्थामा फेला परेको हो।

स्थानीयका अनुसार उनीहरु तीनै जना शनिबार दिउँसोबाट बेपत्ता भएका थिए। सामूहिक आत्महत्याको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *