
बार्दिया -राजापुर) १७ असार ।घाँसे मैदान तथा सिमसार क्षेत्रमा आश्रित चरा संरक्षणका लागि विद्यालयस्तरीय सचेतना शिक्षा सुरु गरिएको छ । गुलरिया नगरपालिका वडा नम्बर ४ स्थित जनज्योती सेकेण्डरी बोर्डिङ् स्कुल कक्षा नौखमा अध्ययनरत विद्यार्थीहलाई चरा संरक्षणका शिक्षा जानकारी दिइएको वन विज्ञान अध्ययन केन्द्र पोखरामा अध्ययनरत विद्यार्थी सुमित थारुले बताउनुभयो । घाँसे मैदान र सिमसार क्षेत्रमा मात्र पाइने चरा कम हुँदै जान थालेपछि संरक्षणका लागि विद्यालय तहबाटै जनचेतना जगाउन सुरु गरिएको उहाँले बताउनभयो ।
विश्वमै लोपोन्मुख अवस्थामा रहेको खरमजुरलगायतका एक दर्जन चराको संरक्षण गर्न स्थानीयस्तरमा जनचेतनामूलक कार्यव्रmम सुरु गरिएको छ । सुक्खा घाँसे मैदानमा बस्ने खरमजुर विश्व भूगोलबाटै लोप हुँदै जान थालेपछि संरक्षणका लागि यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
घाँसे मैदान र सिमसार क्षेत्रमा पाइने खरमुजुर, गिद्ध, कालिज लगायत चरा संरक्षणमा जुटेका अभियन्ता तथा वन विज्ञान अध्ययन केन्द्र पोखरामा अध्ययनरत विद्यार्थी सुमित थारुले घाँसेमैदान र सिमसार क्षेत्रमा पाइने चराको वासस्थानलाई प्राथमिकतामा राखेर स्थानीयलाई चरा संरक्षणका बारेमा बुझाउन जनचेतनामूलक कार्यव्रmम गर्दै आउनु भएको छ । खेतबारीमा हाल्ने विषादीले गर्दा चराको प्रजनन क्षमता घट्दै गएको बताइन्छ । किसानले खेतबारीमा हालेको विषादीका कारण मरेका किरा फट्याङग्रा खाएर चराको प्रजनन क्षमता कमजोर हँुदै गएको जानकार बताउँछन् ।
घाँसे मैदान घट्दै जाँदा आश्रित चराको वासस्थान संकटमा पर्दै आएको छ । पछिल्ला समय चराको रहनसहन र वासस्थानमा वातावरणीय प्रभाव पर्दा चरा संकटमा परेको हो । गुलरिया नगरपालिका वडा नम्बर ४ स्थित जनज्योती सेकेण्डरी बोर्डिङ् स्कुल कक्षा नौ मा अध्ययनरत ५० जना विद्यार्थीहलाई चराहरुको पहिचान र विभिन्न चराहरुको संरक्षण सम्बन्धी सचेतना प्रदान गरिएको हो ।।




