गढवा ६, सर्वाेदय प्राविस्थित मतदान केन्द्रमा अकस्मात आँधीसहित पानी परेका कारण स्थगित भएकाे मतदान कार्य सुचारु भएकाे छ। पूर्व निर्धारित समयअनुसार बेलुका ५ बजेसम्म मतदान कार्य सकिनुपर्ने भए पनि पानीका परेपछि मतदाताहरु तितर बितर भएका कारण मतदान कार्य स्थगित गर्नुपरेकाे हुनाले ५.४५ बजेसम्म आएका मतदाताहरुलाई मतदान स्थलमा प्रवेश गर्न दिइएकाे मतदानस्थलमा खटिएकी प्रहरी इन्सपेक्टर रञ्जु केसीले बताइन्। त्यसपछि आउने मतदाताहरुलाई भने मतदान स्थलमा प्रवेश गर्न नदिइएकाे बताइएकाे छ
गढवामा अहिलेसम्म ४ वटा मतदान केन्द्रकाे मतदान सकिएकाे र अन्यमा जारी रहेकाे बताइएकाे छ ।आँधीका कारण सर्वाेदय प्राविकाे टिनकाे छाना उडाएकाे छ । उडेका टिनले लागेर दुईजना मतदाता घाइते बनेकाे र उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।
Please follow and like us: