लमहीमा ९०औँ महाशिवरात्रि विशेष कार्यक्रम सम्पन्न

आलोक भावुक

लमही,२ फागुन । पावन महाशिवरात्रिको अवसरमा “एकता, शान्ति र समृद्धि” विषयक विशेष प्रवचन तथा शिवध्वजारोहण कार्यक्रम ब्रह्माकुमारीज शाखा लमहीमा भक्तिभाव, आध्यात्मिक ऊर्जा र गरिमामय वातावरणबीच सम्पन्न भएको छ।

राजयोगिनी ब्रह्माकुमारी गीता दिदीको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको प्रारम्भमा राजयोगिनी ब्रह्माकुमारी इन्दिरा दिदीद्वारा अतिथिहरूको सम्मान तथा स्वागत गरिएको थियो।

कार्यक्रममा ९०औँ महाशिवरात्रि पर्वको महत्वबारे प्रकाश पार्दै राजयोगी ब्रह्माकुमार शिवलाल महताराले “एकता, शान्ति र समृद्धि” विषयमा विशेष आध्यात्मिक प्रवचन प्रस्तुत गर्नुभयो। कार्यक्रममा लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सव डिभिजन कार्यालयका प्रमुख कमल पुन, विभिन्न विद्यालयका प्रधानाध्यापक, बुद्धिजीवी, समाजसेवी, विभिन्न शाखाका राजयोगी–राजयोगिनी दिदीबहिनी, सेवाधारी आत्माहरू तथा स्थानीयहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत परमात्मा स्मरण, दीप प्रज्वलन, आध्यात्मिक विषय प्रस्तुति, शिवध्वजारोहण, ॐ चिन्ह अनावरण तथा शुभकामना मन्तव्यहरू प्रस्तुत गरिएको थियो। कार्यक्रमको सञ्चालन ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र गढवाकी सञ्चालिका यसोदा भट्टराईले गर्नु भएको थियो।

कार्यक्रमले आध्यात्मिक चेतना, नैतिक मूल्य तथा सामाजिक एकताको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभाव, सेवाधारी तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै सबैको जीवनमा शान्ति, शक्ति र समृद्धि बढिरहोस् भन्ने कामना गरेका छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID