प्रियासनको कविता संग्रह केपी ओलीद्वारा सार्वजनिक 

काठमाडौँ ,२६ मंसिर। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गरिसकेका साहित्यकार सविन प्रियासनले पहिलो कविता संग्रह सार्वजनिक गरेका छन्। ‘केपी शर्मा ओली, समृद्धिका महानायक’ शीर्षकमा तयार गरिएको उक्त कविता संग्रह काठमाडौमा पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलिले बिमोचन गर्न्नु भयको हो ।

प्रियासनका अनुसार संग्रहमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक यात्रा, गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्म उनले बुनेका योजनाहरू, गरेका कामहरू र मुलुकको समृद्धि तथा सुशासनका लागि चालिएका कदमहरू कवितामार्फत प्रस्तुत गरिएको छ। कविता संग्रहमा कुल ५४ वटा कविताहरू समावेश छन्। प्रेस चौतारी नेपालले काठमाडौँमा सम्पादकसङा आयोजनामा विशेष समारोहबीच विमोचन गरिएको हो ।

पत्रकार महासंघका केन्द्रीय सचिव, प्रेस चौतारी नेपालका दुईपटक केन्द्रीय उपाध्यक्ष तथा सामाजिक अभियन्ता रहिसकेका प्रियासन यसअघि पनि अत्यन्तै सक्रिय साहित्यकारका रूपमा परिचित छन्। यसै वर्ष मात्र उनले तीन वटा उपन्यास सार्वजनिक गरेका छन्। हालसम्म उनका १३ उपन्यास, एक कथा संग्रह, एक सम्पादकीय संग्रह तथा थुप्रै गीतहरू प्रकाशित भइसकेका छन्।

प्रियासनका अनुसार नयाँ कविता संग्रहमा देशको समृद्धि, सम्भावना, सुशासन र नेतृत्वका विषयहरू पूर्वप्रधानमन्त्री ओलीसँग जोडेर कवितामार्फत चित्रण गरिएको छ। पुस्तकमा एमाले महासचिव शंकर पोखरेलसहित केही नेता तथा पत्रकारहरूको शुभकामना सन्देश पनि समावेश गरिएको छ।

साहित्यिक क्षेत्रमा चर्चा कमाएको प्रियासनको नयाँ कविता संग्रह प्रकाशनको पर्खाइमा अहिले साहित्यप्रेमीहरूले चासो देखाइरहेका छन्।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *