राप्ती गाउँपालिका–५ पहरुवामा कुखुरा फार्ममा मध्यरातमा आगलागी, ८ सय कुखुरा नष्ट

दाङ, ४ मंसिर । राप्ती गाउँपालिका–५ पहरुवामा गए राति एक कुखुरा फार्ममा भीषण आगलागी भएको छ। राति करिब १२ बजेतिर स्थानीय कालीप्रसाद तिवारीको कुखुरा फार्ममा अचानक आगो लाग्दा ठूलो क्षति भएको हो।

आगलागीबाट करिब ८ सय कुखुरा, १० बोरा दाना, फार्मभित्रका पंखा, तार–जडान तथा अन्य भौतिक संरचनाहरू जलेर पूर्ण रूपमा नष्ट भएको पीडित तिवारीले बताएका छन्। उनका अनुसार आगो फैलिनासाथ नियन्त्रण गर्न प्रयास गरिए पनि रातको समयमा सहयोग नपाउँदा क्षति बढेको हो।

आगलागी विद्युत् सर्ट भएर भएको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा स्थानीयवासीले सहयोग गरेर आगो नियन्त्रणमा ल्याएपछि थप ठूलो क्षति हुनबाट बचाइएको थियो।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *