बारामा एमाले कार्यकर्ता र जेनजी युवाबीच झडप, विमानस्थलको गेट तोडफोड

गणतन्त्र नेपाल समाचारदाता

बारा, ३ मंसिर।बारामा नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाबीच झडप भएको छ । बाराको परवानीपुरमा आज आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेतसहितको टोली बारा जाने तयारीमा थिए ।

सोही जानकारीपछि जेनजी युवाले बाराको सिमरा विमानस्थलमा धर्ना दिएका थिए । सोही विषयमा जेनजी र एमाले समर्थक युवाबीच झडप भएको हो । झडपपछि सिमरा बजार तनावग्रस्त बनेको छ ।

स्थानीयले विमानस्थलको गेट तोडफोड गर्न थालेका छन् । पोखरेल र बस्नेत भने काठमाडौं विमानस्थलमा छन् ।

प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास असफल भएपछि जिल्ला प्रशासन कार्यालयले राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID